site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ललितकला कल्याणकारी कोष स्थापना
SkywellSkywell

काठमाडौं । ०७२ सालको विनाशकारी भूकम्पले छोटो समयमात्रै समस्यामा पारे पनि कोरोना भाइरस महामारीले ललितकलालाई लामो समय थलाउने सम्भावना बढिरहेको छ । 

जसका कारण कलाकारिता नै पेसा बनाएर यो लकडाउनको समयमा पनि आफ्नो सृजनाको ढुकुटी मात्रै भरिरहन बाध्य कलाकारका लागि ‘ललितकला कल्याणकारी कोष’ को स्थापना हुने भएको छ । 

‘कलाकार कलाकारकै लागि’ भन्ने मूल नाराका साथ नेपाल ललितकला क्षेत्रका कलाकारहरू अक्षयकोष स्थापना गर्ने कार्यमा जुटेका हुन् ।

KFC Island Ad
NIC Asia

नेपाली कलाको विकासमा लामोसमयदेखि काम गर्दै आइरहेको अन्तर्राष्ट्रिय जलरङ समाज नेपालको अगुवाईमा यस ‘ललितकला कल्याणकारी कोष’ को स्थापना गर्न लागिएको हो ।

शुक्रबार औपचारिक रूपमा घोषणा गरिएको यस कोष स्थापनाका लागि छोटो समयमै धेरै कलाकारहरूबाट सकारात्मक प्रतिक्रिया आएकोमा जलरङ समाजका अध्यक्ष एनबी गुरुङले खुसी व्यक्त गरे । 

Royal Enfield Island Ad

“यो दुईदिन भित्रै जम्मा ४९ कलाकारहरूबाट करिब १ लाखको सहयोग प्रतिबद्धता आइसकेको छ । कलाकारहरू आफै समस्यामा भए पनि स्वतस्फूर्तरूपमा आफूले सक्नेजति रकम कोषका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ जुन एकदमै राम्रो र खुसीको कुरा हो,” गुरुङले बताए । 

अहिलेका लागि जम्मा १० लाख बराबरको अक्षय कोष जम्मा गर्ने योजनाका साथ अघि बढेको यस अभिनयानमा पहिलो चरणमा कलाकारहरूबाटै ३ लाखको रकम जम्मा गर्ने योजना रहेको छ ।

दोस्रो चरणमा कला प्रदर्शनीमार्फत संकलित रकम र सरकार, निजी तथा अन्य सहयोगीहरूसामु गएर सहयोगका लागि आग्रह गरिने योजना रहेको पनि अध्यक्ष गुरुङले बताए । 

समस्यामा परिरहेका कलाकारहरूका लागि फेरि कलाकारहरूबाटै रकम संकलनको कार्य भन्ने प्रश्नमा गुरुङ भन्छन्, “यो कलाकारहरूको साझा अक्षय कोष बन्नुपर्छ भन्ने हाम्रो सोच हो ।

यदि कलाकारहरू आफैं यसमा आबद्ध भएपछि आफूलाई पर्दा हेर्छ है भन्ने ढुक्क हुन्छ भने आफ्नो पनि केही रकम भए स्वामित्व पनि बहन गर्न सक्ने हुन्छ त्यसैले हामीले यो कलाकारहरूबाटै सुरु गरेका हौं । कलाकारले स्वइच्छाले आफूले सकेजति रकम हाल्ने हो, यति नै हाल्नुपर्छ भन्ने जबरजस्ती पनि छैन नि ।”

यसका साथै कोषमा आर्थिक सहयोग गर्ने निजी तथा बाह्य व्यक्तिहरूले पनि स्वामित्व बहन गर्न सकोस् भन्ने हेतुले कसरी कानुनी रूपमा यसलाई जलरङ समाजको मात्रै नभई हरेक सहयोगी मनहरूको पनि साझा बनाउने भन्ने पक्षमा बहस भइरहेको पनि गुरुङले जानकारी दिए । 

नेपाली कला र कलाकारका साथै मानवीय सेवामा पनि जुटिरहेको जलरङ समाजले आपतविपतमा मानवीय सेवा गर्नुका साथै कलाकारहरू बिरामी पर्दा पनि सहयोगको पहल गरिनै रहेको छ ।

तर, आफूसँग संकलित रकम अथवा कुनै कोष नभएका कारण हरेकपटक कलाकारलाई समस्या पर्दा हतारहतार अभियान सुरु गर्नुभन्दा दिगो कोष भए ढुक्क हुन सकिने हिसाबले पनि यो कल्याणकारी कोषको सुुरुवात गर्न लागिएको अध्यक्ष तथा कलाकार गुरुङले प्रष्ट पारे । 

कति कलाकारले उनीसँग व्यक्तिगत रूपमै आएर यसप्रकारको कोषको आवश्यकताबारे कुरा गरेको र यो महामारीले कलाकारलाई पछिसम्म असर गर्ने देखेपछि जलरङ समाजका बाँकी साथीहरूसम्म यो कुरा पुर्‍याउँदै सबै उत्साहित भएर अभियान सुरु गर्न अग्रसर भएको गुरुङ बताउँछन् । 

कैयौं वर्षअघिदेखि नै यसप्रकारको कोषको आवश्यकतालाई मध्यनजर गर्दै यो भन्दाअघि पनि धेरै कलाकारहरूले यो अभिनयानको सुरुवात गर्न खोजे पनि असफल भएको तर यो पटकको जलरङ समाजको अभियान भने खेर नजाने कुरामा ढुक्क हुन उनले बताए । 

अहिले कलाकारहरूबाट प्रतिबद्धता मात्रै संकलन गरिरहेको र आवश्यक प्रक्रिया पूराभएपछि अर्को महिनाबाट रकम जम्मा गर्ने तयारी यस अभियानको रहेको छ ।

अन्तमा गुरुङ भन्छन्, “हामी पारदर्शिताको विषयलाई विशेष ध्यान दिने छौं । ता कि कोही कलाकार र सहयोगी मनहरूलाई आफ्नो सहयोग गलत ठाउँमा नगएको र दुरुपयोग पनि नभएको कुरामा विश्वास होस् ।”
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार १४, २०७७  १६:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro