site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
 कोरोना ‘डिप्रेसन’मा
Sarbottam CementSarbottam Cement

डाक्टरी भाषमा कोरोना भाइरस डिजिज र सन् २०१९ देखापरेकाले सबै मिलाएर यसको न्वारनको नाम राखियो — ‘कोभिड नाइन्टिन’ । यो भाइरस आधा वर्षदेखि कोरोना नामले दुनियाँभर चर्चित छ । हाम्रो आफ्नै छिमेकी चीनको वुहान भन्ने सहर जन्मथलो रहेको यो भाइरस ‘उम्रदैं तीन पात’ भन्ने नेपाली भनाइलाई चरितार्थ गर्दै महिना दिन नपुग्दै विश्व यात्रामा निस्कियो । त्यो पनि नरसंहार यात्रामा ।

एसिया, युरोप अफ्रिका, अमेरिका सबै महादेशका ठूल्ठूला देश, सहरदेखि ससाना गाउँ टोल सबैतिर ताण्डव मच्चाएको कोरोनाले जहाँजहाँ यात्रा गर्‍यो त्यहाँ मानिसलाई आफ्नै घरमा बन्धक बनाइदियो ।

उसको संहार यात्रामा साढे चार लाख बढीको बलि चढिसकेका छन् भने अझै संख्या कति बढ्ने हो कसैलाई थाहा छैन । आफूलाई कसैसँग पराजित नहुने प्राणीको रुपमा व्याख्या गर्ने मानिसको जातलाई यो नदेखिने ‘बोसिय’ तत्त्वले वास्तविक हैसियत पनि देखाइदियो ।

Prabhu Bank
Agni Group
NIC Asia

नेपाल पसेर भने कोरोनाले एउटा गम्भीर गल्ती गर्‍यो । जुन देशका शासकदेखि जनतासम्म हामीलाई कोरोना लाग्दैन भन्ने आत्मविश्वासका साथ बसेका थिए त्यो देशमा आउने उसको दुस्साहस कदापि क्षम्य होइन । तैपनि, कोमल हृदयका नेपाली जनता र शासकले उसको आगमनलाई स्वीकार गरे र अरुलाई नसार्ने सर्तमा रहन दिए । ने भए नि आफ्नै छिमेकमा जन्मे हुर्केको ! 

विश्वका शक्तिशाली मुलुकलाई घुँडा टेकाएको भए पनि कोरोना हाललाई झुठको साहारा लिँदै सियो बनेर छिर्ने र मुसल बनेर निस्कने दाउमा लाग्यो र विस्तारै भुसको आगोझैं आफ्नो सामथ्र्य फैलाइहाल्यो । तर, हामी विश्वमै उदार नेपाली ! नसार्नु सारिहालिस् मार्न चाँहि कसैलाई नमार्नु भनेर फेरि छोडिदियौँ । संहार यात्रामा निक्लेको कोरोनाले केही दिन इमानजमान देखाएजस्तो गर्‍यो तर एकदुई दिनमै आफ्नो असली रुप देखायो र केहीलाई वैकुण्ठ दर्शनमा पठायो ।

Global Ime bank

वीर गोर्खालीको रिस र गोमन सापको विषको ज्ञान नभएको कोरोनालाई अब त नेपालीले माफ गर्ने कुरै रहेन । तीन महिना पाल्दा उल्टै जुन थालमा खानुछ त्यसैमा बिस्ट्याउने कोरोना अब गोर्खालीको फन्दामा पर्‍यो । सक्छस् भने सडकमा आइज भनेर युवा गोर्खालीले सडक तताए, विज्ञहरुले सामाजिक सञ्जाल र मिडिया हल्लाए ।

आज कोरोना रनभुल्लमा छ । विश्व हल्लायो तर नेपाल छिरेपछि आफैँ हल्लन्टट्टु भएको छ । विचराले आफ्नो नाम कोरोना हो कि बोसिय र फ्याटिय तत्त्व हो भनेरसमेत छुट्याउन सकेको छैन । फेसबुक र ट्विटरमा औषधि पत्ता लागेको खबरले दिनहुँ उसको होस उँडेको छ ।

विचरा कोरोना छटपटीमा छ । तराई जाउँ तातो हावाले उडाइदेला भन्ने पीर, हिमाल पहाड जाउँ चिसो हावाले जमाइदेला भन्ने पीर । कतै बेसार दलेर पहेंलपुर बनाइदिने चिन्ता त कतै अदुवा लसुन पिसेझै पिस्देलान् भन्ने त्रास । तातोपानीले खुइल्याइदेलान् वा हाच्छ्युँ गरेर भगाइदेलान् भन्ने डर । घरघरमा जन्मिएका कोरोना विशेषज्ञहरुका कारण आफू मर्छु कि भन्ने डरले अहिले कोरोना डिप्रेसनमा छ ।

विश्वका कति देशका शासकलाई धुरुधुरु रुने बनाएको कोरोनाले नेपालका शासकलाई भने हाँसोको पात्र बनायो । धनीलाई टाट पल्टाएको र गरिबलाई घाट पठाएको कोरोनाले नेपालमा पनि गरिबलाई घाट त पठायो तर कति धनीलाई अझै धनी बनायो र नवधनाढ्य पनि जन्मायो । 

सायद मानव जातिलाई केही सिकाउन पनि आएको थियो होला तर नेपालबाट उल्टै धेरै कुरा सिक्दैछ कोरोना । संकटको घडीमा शक्तिको दुरुपयोग गर्ने कसरी ? मौकाको सदुपयोग गर्ने कसरी ? आदि इत्यादि ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार १२, २०७७  ११:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement