site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
अभिनय गर्दै संगीतकार तथा गायक राजनराज  
Sarbottam CementSarbottam Cement

काठमाडौं । संगीतकार तथा गायक राजनराज शिवकोटीले अभिनयमा पनि झुकाव प्रस्तुत गरेका छन् । उनले पहिलोपटक म्युजिक भिडियोमा अभिनय गरेका छन् । 

केही दिन अगाडि छायांकन गरिएको भिडियोमा राजनराजको अभिनय देख्न सकिने छ । दक्षिणकाली रिसोर्टमा छायांकन गरिएको तिमी यता म उता...’ बोलको गीतमा राजनराजसँगै उनको अपोजिटमा मिलन नेवारलाई देख्न सकिने छ । 

Prabhu Bank
Agni Group
NIC Asia

उनीहरुको बच्चाको रुपमा राजनराजकी छोरीलाई देख्न सकिने छ । “पहिलोपटक अभिनय गरेको छु, दर्शकको कस्तो प्रतिक्रिया आउँछ हेर्न बाँकी छ,” राजनराज भन्छन्, “मेरो गीत संगीतलाई जस्तै भिडियोमा पनि माया पाउने अपेक्षा गरेको छु ।”
प्रेमिल गीतमा राजनराज र मिलनको स्वर छ भने शब्द तथा संगीत पनि उनी स्वयंको छ । 

राजेश पुमा राइले निर्देशन गरेको भिडियो यही असार १५ गते सार्वजनिक हुने छ । गीतमा मिलन अमात्यको लगानी छ । 

Global Ime bank

“मिलन जि सहित उहाँहरुको समूहले अभिनय पनि गायक गायिकाले नै गरौं भन्नुभयो । म अभिनय गरिरहेको व्यक्ति नभएकाले कस्तो भयो त्यो त थाहा छैन, तर यो अवसर र विश्वासका लागि मिलन जिप्रति आभारी छु,” उनी भन्छन् । 

चाहेर पनि भेट हुन नसकेका प्रेमी प्रमिकाको भाव गीतले समेटेको उनले बताए ।   

दर्जनौं चलचित्रका लागि उनले तयार पारेका गीत लोकप्रिय छन् । सुर्के थैली..., पूर्वपश्चिम रेल..., कुटुमा कुटु... लगायत लोकप्रिय गीत उनकै हुन् । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार १२, २०७७  ०६:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement