site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘लकडाउनबाट बाहिर आएपछि फेरि स्क्रिप्ट लेख्न नपरोस्’ 
Sarbottam CementSarbottam Cement

काठमाडौं । कोरोनाका कारण घरमै बसेको समयमा नयाँ स्क्रिप्टमा काम गरिरहेकाे कलाकार, निर्माता तथा निर्देशक दीपकराज गिरीले बताएका छन् । लकडाउनका कारण घरमै फुर्सदमा बसेको समयमा नयाँ स्क्रिप्टमा कलम चलाइरहेको उनले बताए ।  

“लकडाउनबाट बाहिर आउँदा केही नयाँ कन्सेप्ट र विषयमा दुईतीनवटा चलचित्रको स्क्रिप्ट तयार पार्न सके पछि काम गर्न सहज हुन्थ्यो भन्ने सोचले काम गरिरहेको छु,” दीपक भन्छन्, “नयाँसँगै पहिला नै लेख्न सुरु गरेको चलचित्र छक्का पञ्जा ४ को स्क्रिप्ट पनि रिभाइभ गरिरहेको छु ।”

Prabhu Bank
Agni Group
NIC Asia

कोरोना संक्रमणको जोखिम कम भएर अवस्था सामान्य भएपछि पुनः स्क्रिप्टमा बस्नु नपारोस् भन्ने सोचले स्क्रिप्टमा काम गरिरहेको उनी बताउँछन् । 

दीपक आफ्नो चलचित्रको स्क्रिप्ट आफैं लेख्छन् ।

Global Ime bank

यसबाहेक वल्र्ड सिनेमा र त्यसको मेकिङ हेरिरहेको उनी बताउँछन् । “यो समय मेरा लागि सिकाइको समय पनि हो । सिकेर कहिल्यै सकिँदैन । वल्र्ड सिनेमा हाम्रो भन्दा कसरी फरक छ, हामी कहाँनेर पछि छौं भन्ने हेरिरहेको छु,” दीपक भन्छन्, “कसरी पपुलर सिनेमा बनाउने, कहाँ हाम्रो कमजोरी छ भनेर आफ्नै समीक्षा पनि गरिरहेको छु ।”
 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार १०, २०७७  २०:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement