site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
फुकेन सुशान्तको आत्महत्याको गुत्थी
Sarbottam CementSarbottam Cement

काठमाडौं । १४ जुन बलिउड इन्डस्ट्री र दर्शकका लागि कहिले बिर्सिन नसक्ने दिन बनेर आयो । सो दिन इन्डस्ट्रीले एक उत्कृष्ट कलाकार गुमायो भने बलिउडका दर्शकले एक नम्र र सच्चा अभिनेता गुमाए ।

१४ जुन त्यही दिन हो, जुन दिन अभिनेता सुशान्त सिंह राजपुत बान्द्रास्थित आफ्नै घरमा भुण्डिएको अवस्थामा भेटिए । अर्थात् सुशान्तले आत्महत्या गरे । जुन कुरा उनका परिवार र नजिकका व्यक्तिहरूदेखि दर्शकले पनि विश्वास गर्न सकेनन् । 

सधैँ हँसिलो स्वभावको सुशान्तको आत्महत्या आजसम्म पनि दर्शकले स्वीकार्न सकिरहेका छैनन् । 

Prabhu Bank
Agni Group
NIC Asia

सुशान्तको आत्महत्या आजसम्म पनि एक रहस्यकै विषय बनिरहेको छ । प्रहरी यसको अनुसन्धानमा जुटेको छ ।

खबरका अनुसार सुशान्तको केसका लागि प्रहरीले ३ टोली बनाएर अनुसन्धान जारी राखेको छ । अर्थात् अलगअलग एङ्गलबाट सुशान्तको केसको अनुसन्धान गरिरहेको छ ।

Global Ime bank

प्रहरीले सुशान्तले आत्महत्या गरेको घरबाट कुनै सुसाइड नोट भेट्टाएन । जसका कारण प्रहरीलाई यो केस सुल्झाउन झनै गाह्रो भइरहेको छ । 

सुशान्तको आत्महत्याको १० दिनमा प्रहरीले सुशान्तकी पूर्व प्रेमिका, उनकी बहिनी र नजिकका साथीहरु गरी जम्मा १० जनासँग सोधपुछ गरिसकेको छ र सोधपुछ जारी पनि छ ।

कारण रहस्य नै रहे पनि सुशान्त पछिल्लो ६ महिनादेखि डिप्रेसनमा रहेको प्रहरीले पुष्टि गरेको छ ।

सुशान्तको डिप्रेसनको खबर बाहिरिएसँगै कारणबारे विभिन्न अनुमान लगाउन थालिएको छ । भने प्रहरी पनि सुशान्तको डिप्रेसनमा जानुको कारण र आत्महत्याको निर्णयसम्म पुग्नुको कारण खोजिरहेको छ । 

सुशान्तको डिप्रेसनको खबर आएसँगै कंगना रनौटले सुशान्त डिप्रेसनमा जानु र यो कदमसम्म पुग्नु बलिउडमा हाबी ‘नेपोटिजम’ रहेको आरोप लगाएकी छन् । कंगनाका साथै अन्य केही बलिउड सेलिब्रेटी र टिभी स्टारहरूले पनि यसबारेमा आवाज उठाउन थालेका छन् । 

भने दर्शकले सामाजिक सञ्जालमार्फत्  नेपोटिजमलाई बढावा दिएको भन्दै केही बलिउड निर्देशक, कलाकार र स्टार किड्सप्रति आक्रोश पोखिरहेका छन् ।

सुशान्तमो आत्महत्याको विषयले बलिउडलाई नराम्रोसँग हल्लाएको छ । सामाजिक सञ्जाल र भारतीय मिडियाहरूमा नेपोटिजमबारे बलिउड सेलिब्रेटी, टिभी सेलेब्स तथा तामेल कलाकारहरू दिनदिनै बोलिरहेका छन् ।

भने सामाजिक सञ्जालमा सुशान्तका पुराना फोटो तथा भिडियोहरू पोस्ट गर्दै दर्शकले हरेक दिन उनलाई सम्झिरहेका छन् । 

सुशान्तको आत्माहत्यापछि आएका खबर र घटनाहरू :
१४ जुन 

अभिनेता सुशान्त सिंह राजपुत बान्द्रास्थित आफ्नै अपार्टमेन्टमा पासो लगाएर आत्महत्या गरेको अवस्थामा फेला परे । प्रहरीका अनुसार सुशान्तको आत्महत्याबारे उनकै घरमा काम गर्ने कर्मचारीले जानकारी दिएका थिए । 

उनी बान्द्रास्थित आफ्नो अर्पाटमेन्टमा एक्लै बसिरहेका थिए ।

प्रहरीले घटनास्थलबाट कुनै सुसाइड नोट फेला पारेन । पोस्टमार्टम रिर्पोटमा सुशान्तको मृत्यु गलामा पासो लगाएका कारण शास फेर्न नसकेर भएको पुष्टि भयो ।

आत्महत्याको कारण ‘नेपोटिजम’

आत्महत्याको कारण रहस्य नै रहे पनि मुम्बाई प्रहरीले सुशान्त पछिल्लो ६ महिनादेखि डिप्रेसनमा रहेको पुष्टि ग¥यो र अनुसन्धान जारी राख्यो ।

सुशान्तको डिप्रेसनको खबर बाहिरिएसँगै अभिनेत्री कंगना रनौटले यो आत्महत्या नभई ‘प्लान मर्डर’ भएको भन्दै इन्स्टाग्राममा एक भिडियोमार्फत् आक्रोश पोखेकी थिइन् ।

बलिउडका केही व्यक्ति र पत्रकारहरूले सुशान्तलाई इन्डस्ट्रिबाट निकाल्न रचेको योजनामा सुशान्त फसेको भन्दै आक्रोश पोखेकी छन् । 

जसमा सुशान्तले बलिउडमा ६ वर्षको छोटो समयमै धेरै हिट चलचित्र दिन सफल भए पनि उसको कामको कदर नगरको आरोप लगाएकी छन् । 

साथै कंगनाले आफूलाई पनि कुनै समय सुसाइड गर्न उक्साएको रहस्य पनि सार्वजनिक गरिन् ।

कंगनाको यो आक्रोश पश्चात् थुप्रै बलिउड र टिभी सेलिब्रेटीहरू पनि यस बारे आवाज उठाउन थाले । 

जसले बलिउडमा पुनः एकपटक ‘नेपोटिजम’ बारे बहस चर्किन थाल्यो । 

सुशान्तलाई इन्डस्ट्रिबाट बहिष्कार गरेको आरोपमा थुप्रै सेलिब्रेटीहरूमाथि मुद्दा 

‘नेपोटिजम’ लाई बढावा दिएको आरोपमा सलमान खान, आदित्य चोपडा, शाजिद नाडियावाला, सञ्जय लीला भन्साली, एकता कपुर, दिनेश विजया र टी–सिरिजका भूषणकुमारविरुद्ध मुद्दा दर्ता भयो । 

वकिल सुधीरकुमार ओझाले यी सेलिब्रेटीविरुद्ध आईपीसी अन्तर्गत धारा ३०६, १०९, ५०४ र ५०६ मुद्दा दर्ता गरेका छन् । 

आरोपमा लेखिएको छ, सुशान्तलाई अपमान गर्न आरोपीहरूले षड्यन्त्र रचेका थिए । अभिनयका कारण पहिलो नम्बरको कलाकारमा गनिएका सुशान्तलाई यी चलचित्र निर्माता तथा निर्देशकहरूले बहिष्कार गरेका थिए । उनीहरूले सुशान्तको चलचित्र रिलिज हुन दिएनन् । अभियुक्तहरू चाँहदैन थिए कि विहारका यी उदयीमान कलाकारले उनीहरूलाई उछिनेर अघि बढोस् । यस्तै कारणले गर्दा सुशान्तलाई यो आत्मघाती कदम चाल्न बाध्य बनाए ।

विहारका स्थानीय सुशान्तको आत्महत्यापछि विहारका विभिन्न ठाउँमा विरोध गर्दै वंशवाद अन्त्य हुनुपर्ने मुद्दा उठाएका छन् । 

ट्विटरमा सुशान्तको आत्महत्यामा बलिउडप्रति निशाना

सुशान्तको आत्महत्याले भावविभार भएका कैयौं बलिउडसँग नजिक व्यक्तिहरूले सुशान्तलाई बलिउडले वास्ता नगरेको र बारिहको कलाकार भएर बलिउडले कहिले स्वीकार नगरेको आरोप लगाउन थाले ।

सुशान्तको सफल चलिचित्र ‘एमएस धोनीः अ अनटोल्ड स्टोरी’ मा सुशान्तसँग काम गरेकी बलिउडकी हेयरस्टाइलिस सपना भावनानीले पनि बलिउडका सेलिब्रेटीहरूप्रति इङगित गर्दै आफ्नो आक्रोश पोखेकी थिइन् ।

उनले सुशान्त लामो समयदेखि गाह्रो परिस्थितिबाट गुज्रिरहेको र उनलाई कोही पनि बलिउड सेलिब्रेटीहरूले साथ नदिएको आरोप लगाएकी थिइन् । साथै उनले बलिउडमा कोही पनि एक अर्काको साथी नभएको दाबी गरिन् । 

यसबीच बलिउडका चर्चित निर्देशक र निर्माता करण जौहरले सुशान्तले पछिल्लो एक वर्षदेखि आफूसँग सहयोग मागिरहेको तर उसको सहयोग गर्न असफल भएको भन्दै दुःख व्यक्त गरे ।
करणको यो ट्विट पश्चात् दर्शकको निशानामा करण परे र दर्शकले करणप्रति आक्रोश पोख्दै ट्रोल गर्न थाले ।

भने अभिनेता तथा निर्माता निखिल द्विवेदीले पनि बलिउडका ठूला व्यक्तिहरूको देखावटीमात्रै भएको भन्दै, सुशान्तको आत्महत्यामा देखावटी सम्वेदना प्रकट गरिरहेको भन्दै आक्रोश पाखे । 

सामाजिक सञ्जालमा दर्शकको निशानामा स्टारकिड्स

नेपोटिजमको बहस चर्किंदै गएसँगै दर्शकले कयौं स्टारकिड्सप्रति आक्रोश पोखेका छन् । 

जसमा निर्देशक करण जौहर, सलमान खान, आलिया भट्ट, सोनाक्षी सिन्हा, सोनाम कपूर, अनन्या पान्डे लगायत कैयौं स्टारकिडहरूको नाम अगाडि आएको छ । 

सामाजिक सञ्जालमा दर्शकबाट गाली र आक्रोश मिश्रित म्यासेज र कमेन्ट आउन थालेपछि सोनाक्षीले ट्विटर ह्यान्डल निश्क्रिय गरेकी छन् भने इन्स्टाग्राममा कमेन्ट गर्न नमिल्ने बनाएकी छन् । 

साथै अभिनेत्री सोनाम कपुरले पनि आफ्नो र आफ्नो आमाबुबाको सामाजिक सञ्जाल एकाउन्टमा कमेन्ट गर्न नमिल्ने बनाएकी छन् । 

उनले कमेन्ट र म्यासेजमार्फत दर्शकले पठाएको गाली स्क्रिनसट गर्दै ट्विट गरेकी छिन् । 

परिवारले गरे सीबीआई जाँचको माग

मुम्बाईमा अन्तिम संस्कार गरेर पटना फर्केका सुशान्तका बुबा कृष्णकुमार सिंहले छोराले आत्महत्या नगरेको दाबी गरेका थिए । उनले सुशान्तको हत्या गरेको आरोप लगाए । साथै सुशान्तका अन्य परिवार सदस्यले पनि सुशान्तले आत्महत्या गर्न नसक्ने भन्दै सीबीआई जाँचको माग गरेका थिए । 

सुशान्तको आत्महत्यापछि बलिउड कलाकारले खोले आफूमाथि बलिउडले गरेको दुर्व्यवहार  

एकपछि अर्को हिट चलचित्र निर्देशन र अभिनय गरिसकेकी अभिनेत्री कंगना रनौटले बलिउडका केही व्यक्तिहरूले आफूलाई पनि आत्महत्या गर्न उक्साएको आरोप लगाएकी छन् । 
सुशान्तको आत्महत्या एउटा ‘प्लान मर्डर’ रहेको भन्दै कंगनाले सुशान्तको अभिनयको कदर नगरेको र उसलाई मृत्युको मुखमा धकेलेको आरोप लगाएकी छन् । 

यस्तै सुशान्तको अन्तिम संस्कारबाट फर्किएर अभिनेता विवेक ओबेरोयले सायद सुशान्तले यो बाटो नरोजेको भए र उनले आफ्नो यही अनुभव सुशान्तलाई सुनाउन पाएको भए भन्दै दुःख पोखेका थिए । 

विवेकले आफू पनि कुनै बेला सुशान्तले जस्तै बलिउडमा एक्लोपन र अँध्यारो समयको अनुभव गरिसकेको बताएका छन् । 

यस्तै अभिनेत्री रविना टन्डनले पनि ट्विट गर्दै बलिउडमा गु्रपिजम भएको र राजनीति भएको खुलासा गरेकी छन् । हिरो र उनीहरूका प्रेमिका, उनीहरूको समूह र केही चम्चे पत्रकारहरूले गर्दा उनलाई पनि इन्डस्ट्रिबाट निकालेको आरोप रविनाले लगाएकी छन् । 

उनले लगातार ३, ४ वटा ट्विट गर्दै आफ्नो अनुभव र बलिउडका हाबी भएको गुपिजमले कसरी राम्रो अभिनय गर्ने तर कुनै ग्रुपमा नबसी एक्लै संघर्ष गर्ने कलाकारहरूलाई इन्डस्ट्रिबाट भाग्न बाध्य बनाउने बताएकी छन् । 

बलिउडदेखि दक्षिण भारतीय, तमेल र भोजपुरी चलचित्रका कलाकारले नेपोटिजमको सिकार हुनु परेको दाबी गरे ।

भने केही दिग्गज कलकारहरुले सीबीआई जाँचको माग गरेका छन् । 

सुशान्तको आत्महत्याको खबरबाट विछिप्त भाउजूको निधन

अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्याले हर एकलाई गहिरो चोट पुगेको छ । सुशान्तको परिवारसहित उनको जन्मथलो पनि शोकमा डुबेको छ । 

यस्तै सुशान्तको आत्महत्या सहन नसकेर उनकी नातेदार (भाउजू) सुधा देवीको निधन भएको छ । सुधा उनकी काकाको छोरा (दाइ) की श्रीमती हुन् । 

पछिल्लो ५ वर्षदेखि क्यान्सरसँग लडिरहेकी उनको सुशान्तको अचानकको आत्महत्याको खबरले शोकमा डुबेकी उनको भोलिपल्टै निधन भएको हो । 

पटनाबाट आएका उनको परिवारका सदस्यको उपस्थितिमा सोमबार विले पार्लेको शवदाह गृहमा सुशान्तको दाहसंस्कार गरिएको हो । सुशान्तको अन्तिम संस्कारमा बलिउडबाट कृति सेनन, रिया चक्रवर्ती, श्रद्धा कपुर, विवेक ओबरोय लगायतका केही कलाकारमात्रै उपस्थित भएका थिए । 

सुशान्तको नाममा फ्यानहरूले गरे आत्महत्या

सुशान्तको आत्महत्याको खबर उनक दर्शकका लागि अप्रत्याशित घटना बन्यो । उनको आत्महत्याको खबरले शोकमा डुबेका उनका ५ जना फ्यानले पनि सोही बाटो चुनेका छन् । 

सुशान्तका सबैभन्दा कान्छो फ्यानले आमाको सलले पासो लगाएर आत्महत्या गरेका छन् । उत्तर प्रदेशको हापुड जिल्लाका ११ वर्षीय बालकले सुशान्तको नाममा आत्महत्या गरेका हुन् ।

उनका परिवारका अनुसार बालक सुशान्तका निकै ठूला फ्यान थिए र सुशान्तको मृत्युबाट निकै दुखी थिए । 

यसअघि विशाखापट्टनमका २१ वर्षीय महिला र अन्डमानस्थित पोर्टब्लेयरकी १५ वर्षीय किशोरीले पनि पासो लगाएर आत्महत्या गरेका थिए । 

भने योसँगै उत्तर प्रदेशकी एक विद्यार्थी र पटनाकी १७ वर्षीय किशोरीले पनि सुशान्तको आत्महत्याको खबरपछि आत्महत्या गरेका हुन् । 

कलाकारहरूको पुतला जलाएर विरोध

सुशान्तलाई आत्महत्या गर्न बाध्य बनाएको भन्दै पटनामा विरोध प्रदर्शन गरियो । जहाँ बलिउडका केही ठूला वर्गले सुशान्त बलिउडभन्दा बारिहको भएकै कारण उसलाई निकाल्न खोजेको भन्दै सलमान खान, करण जौहर, आलिया भट्ट लगायतका कालकारको पुतला जलाएर चलचित्रबाट बहिष्कार गर्नुपर्ने माग गरेका हुन् । 

आत्महत्यापछि निजी जीवनका केही गोप्य कुरा पनि सार्वजनिक 

सुशान्तका काका छोरा (भाइ) का अनुसार सुशान्तको यही नोभेम्बरमा विवाहको लागि पटना घरमा तयारी चलिरहेको थियो । सुशान्तको अभिनेत्री रिया चक्रवर्तीसँग विवाह हुन लागेको थियो । सुशान्त र रिया पछिल्लो केही वर्षदेखि सम्बन्धमा थिए ।

टेलिभिजन नाटक ‘पवित्र रिश्ता’मा दम्पतीको भूमिका निभाएर नजिक भएकी अंकिता सुशान्तकी पूर्वप्रेमिका थिइन् ।

उनीहरू ६ वर्षको लामो सम्बन्धपछि सन् २०१६ मा अलग्गिएका थिए । तर सुशान्तका केही नजिकका साथीहरूले प्रहरीलाई दिएको बयानअनुसार सुशान्त अंकितालाई बिर्सन सकिरहेका थिएनन् र अंकितासँग ब्रेकअप गरेका कारण  पछुताइरहेका थिए । 

यद्यपि उनी रियासँग विवाह गर्ने तयारी मै थिए । तर आत्महत्याको केही दिनअघिदेखि रिया र सुशान्तबीच झगडा भइरहेको बताइएको छ । 

रिया र सुशान्त लकडाउनको समयमा बान्द्राकै अपार्टमेन्टमा बसिरहेको र घटना हुनु केहीदिन अघिमात्रै रिया सुशान्तसँग झगडा गरेर साथीकोमा बस्न गएको खबर आएको थियो । 

रियाले प्रहरीलाई दिएको बयान अनुसार सुशान्तले डिप्रेसनको औषधि खाइरहेका थिए तर पछिल्लो केही दिनदेखि सुशान्तले औषधि नियमित खान छोडिदिएका थिए । 

त्यसैले सुशान्त केही समयदेखि निकै उदास भएको पनि बताएकी थिइन् । तर सुशान्त उदास हुँदा एक्लै बस्न चाहने भएकाले घटना हुनु केहीदिन अघि पनि सुशान्तले रियालाई एक्लै बस्न चाहेको इच्छा व्यक्त गरेपछि रिया केही दिनका लागि साथीकोमा बस्न गएको स्वीकारिन् ।

अरुबेला पनि त्यस्तै हुने र केही दिनमा ठिक हुने भएकाले त्यो दिन पनि त्यही आशामा सुशान्तलाई एक्लै छोडेर गएको रियाले प्रहरीमा बयानमा भनेकी छन् । 

आज सुशान्तको आत्महत्याको ११ औं दिन । प्रहरीले आफ्नो अनुसन्धान जारी नै राखेको छ । प्रहरीले सोधपुछ पनि जारी नै राखेको छ, भने बलिउडमा नेपोटिजम बारे बहस चर्किंरहेकै छ । यसका साथै सामाजिक सञ्जालमा सुशान्तका संझनाका भिडियोहरूले भरिएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार १०, २०७७  १८:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement