विशेष
काठमाडौं । समाजसेवी एवम् शिक्षाविद् अंगुरबाबा जोशीको निधन भएको छ । ८९ वर्षको उमेरमा काठमाडौंमा उनको शनिबार निधन भएको हो । बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचारकै क्रममा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । १७ वर्षअघि नै उनको घाँटीमा क्यान्सर देखिएको थियो । त्यसको केहीवर्षपछि उनलाई स्तन क्यान्सर भएको थियो ।
उनी नेपालको पहिलो महिला क्याम्पस प्रमुखसमेत रहेकी थिइन् । विसं २०१९ मा बेलायतबाट फर्केपछि उनले पद्मकन्या क्याम्पसको प्रमुख भएकी थिइन् ।
तस्बिरः कनकमणि दीक्षितको ट्विटरबाट
प्रकाशित मिति: शनिबार, असार ६, २०७७ १६:५९
प्रतिक्रिया दिनुहोस्