site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सवारीसाधन दुर्घटनामा चारजनाको मृत्यु
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । सप्तरी, भक्तपुर, सिराहा र सुर्खेतका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी चारजनाको मृत्यु भएको छ ।

सप्तरी, छिन्नमस्ता गाउँपालिका ४, ललापटीस्थित सडकमा प्रदेश नम्बर–२–००–१ त ०१०२४० नम्बरको ट्र्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा ट्र्याक्टर चालक २८ वर्षीय राम उदगार यादवको मृत्यु भएको हो । दुर्घटनामा सख्त घाइते भएका यादवको उपचारका लागि गजेन्द्र नारायणसिंह अस्पताल राजविराजतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

भक्तपुर, भक्तपुर नगरपालिका १०, कमलविनायक भत्केको पाटीस्थित सडकमा बा.९५प १४५५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकको नालीमा खसेर दुर्घटना हुँदा मोटरसाइकल चालक कमलविनायक बस्ने १७ वर्षीय रञ्जित माहाजूको मृत्यु भएको छ । दुर्घटनामा सख्त घाइते भएका माहाजूको भक्तपुर अस्पताल हुँदै वीर अस्पताल ट्रमा सेन्टरमा थप उपचारको क्रममा मृत्यु भएको हो ।

सिराहा, कर्जन्हा नगरपालिका ४ स्थित सडकमा प्रदेश नम्बर–२–०२–००२ प ३०४४ नम्बरको गुडिरहेको मोटरसाइकलबाट लडेर मोटरसाइकल पछाडि सवार महोत्तरी जलेश्वर नगरपालिका फुलहट्टा बस्ने ४० वर्षीया सुधीरा चौधरीको मृत्यु भएको छ । लडेर सख्त घाइते भएकी चौधरीको फूलकुमारी मेमोरियल अस्पताल हुँदै विराटनगर न्युरो अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको हो ।

Royal Enfield Island Ad

यस्तै सुर्खेत, वीरेन्द्रनगर नगरपालिका १२ एयरपोर्टनजिक सडकमा बा.६४प ६०४७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पोलमा ठोक्किएर दुर्घटना हुँदा सख्त घाइते भएका मोटरसाइकलमा सवार ३० वर्षीय अजय आचार्यको प्रदेश अस्पताल सुर्खेतमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक सोही स्थान बस्ने २६ वर्षीय सम्राट दाहालको सोही अस्पतालमा उपचार भइरहेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार १, २०७७  १५:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro