site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
क्यालिफोर्नियामा छायांकनको काम चाँडै सुरु गर्न अनुमति 
Sarbottam CementSarbottam Cement

एजेन्सी । कोरोना भाइरस महामारीका कारण बन्द रहेको चलचित्र तथा टीभीको छायांकन विस्तारै सुरु हुन थालेको छ । अमेरिकामा करिब दुई महिनाभन्दा लामो समय स्थगित चलचित्र छायांकन पनि अब विस्तारै सुरु हुने भएको छ । 

खबरका अनुसार हलिउडको ठूलो उद्योग रहेको अमेरिकाको प्रान्त क्यालिफोर्नियामा अब चाँडै नै छायांकनको काम सुरु गर्न अनुमति दिइएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

क्यालिफोर्निया जनस्वास्थ्य विभागले २२ पृष्ठ लामो नयाँ मार्गनिर्देशन जारी गर्दै निर्माणको काम पुनः सुरु गर्न अनुमति दिएको हो । उक्त निर्देशनमा यही जुन १२ तारिखदेखि क्यालिफोर्नियाभित्र टिभी, चलचित्र र गीत निर्माण पुनः सुरु गर्न सक्ने अनुमति दिएको छ ।

तर, निर्माण टिमले सम्बन्धित क्षेत्रमा छायांकन अनुमति भने लिनुपर्ने छ । विभागले यही शुक्रबार मार्गनिर्देशन जारी गर्दै अनुमति दिएको हो । छायांकनमा सलंग्‍न हुने हरेक व्यक्तिले संक्रमणको जोखिम कम गर्न निर्देशनमा लेखिएको सुरक्षा प्रोटोकलको कडा रूपमा पालना गर्नुपर्ने र आवश्यक परे प्रोटोकल अझै बढ्न सक्ने पनि उल्लेख गरिएको छ । (सीएनएन)
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ २५, २०७७  १५:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement