site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
मान्डलेमा गोर्खाली पौरख 
Sarbottam CementSarbottam Cement

युवराज नयाँघरे 


“साँझ हाम्रो साथमा !”

बिझाएका आँखाले मान्डलेको संसार पढ्न खोज्दै छु । 

Prabhu Bank
Agni Group
NIC Asia

म्यान्मालीले मान्डले भने पनि गोरखालीले मान्ले भनेकै सुनिन्थ्यो ।

देवेन्द्र र प्रकाशले सहर चिनाइरहेका छन् हामीलाई । उनीहरूका औंला, आँखा र इसारा जताजता कुद्छ्न् हामी पनि त्यतात्यता हुत्याउँछौ आँखा, कान र चेतना । 

Global Ime bank

म्यान्मारको दोस्रो ठूलो सहर रहेछ मान्डले । यहाँ पचासौं हजार नेपालीको बसोबास रहेछ । यो सहरले जापानी हमला धेरै खेप भोगेको रहेछ ।

पूर्वोत्तरमा रहेको भव्य सहर छिचोलेर गइरहेका छौं । बाटोमा ठूलो दरबार देखियो । राजा शिवको यो दरबार । सन् १८८५ मा राजालाई झेल गरी भारतको बम्बई पुर्याएका थिए रे । त्यस लगत्तै अङ्ग्रेजको आगमन भएछ यो सहरमा ।

सन् १९४८ मा स्वतन्त्र भएको रहेछ म्यान्मार ।

दरबारमा शत्रुहरू आउन नसकून् भनेर ठूलो नहरले घेरिएको थियो ।

‘थिङयान’ भनिने पानी पर्वको तयारी भइरहेको थियो मान्डलेमा । झिलवरिपरि ठूलठूला काठे मचान बनाएर पानी छ्याप्ने तयारी भइरहेथ्यो ।

गोरखा रेजिमेन्टको ठूलो योगदान रहेछ म्यान्मारमा । म्यान्मारको सुरक्षामा गोरखालीहरूको शूरता, वीरता र पराक्रम अथाह मानिँदो रहेछ । जापानीहरूलाई म्यान्मारबाट खेदाउन धेरैले अदम्य साहस देखाएका रहेछन् । त्यसैले पनि म्यान्मारमा गोरखालीहरूको इज्जत र कदर मनग्गे हुँदो रहेछ ।

म्यान्मारभरि गोरखालीको मान, इज्जत र सम्मान जताततै सुनिन्थ्यो । ‘गोरखा’ भनेर म्यान्मालीले आदर जनाउँथे । लामो समयसम्म सैनिक शासन हुँदा पनि नेपालीको भाषा, धर्म, संस्कृतिका लागि बाधा भएन; उल्टै गोरखालीले बुद्धि पुर्याएर आप्mनोपन, परिचय र इतिहास थेगेछन् ।

गोरखाको त्यही सम्मानकै प्रतिफल म्यान्मारभरि निकै नेपाली मन्दिर, पाठशाला र छात्रावास बनेका रहेछन् । टमू, मान्डले, नाउछो, मचिना र रङ्गुन गरी पाँच ठाउँमा धर्मशाला बनाइएको रहेछ । त्यस्तै मचिना, मान्डले, टाउजी, लोयलिन, कलेम्यो र लास्योमा छात्रावास सन्चालनमा ल्याइएको रहेछ ।
 
२८० वटा मन्दिर बनाएका रहेछन् गोरखालीहरूले म्यान्मारका अनेक ठाउँमा । सबै नेपाली समेटिने गरी अखिल म्यान्मार देशीय गोर्खा हिन्दू सङ्घका ३५ शाखा र २०० उपशाखा रहेछन् ।

मान्डले सहरको उत्तरतिरको ठूलो पहाडतिर गइरहेका छौं ।
“मान्डला पहाडको नामबाटै यसको नाम मान्डले भएको हो !”
देवेन्द्र बोलिरहेका छन् ।

मेन्डौ राजाले शासन गरेकाले उनकै सम्झनामा मान्डले सहर बनेको तर्क पनि निकैको रहेछ । 

एउटा सुन्दर साँझले मान्डले उन्नत लागिरहेको छ । बाटाका दुवै किनारमा पटकपटक झुल्किने चैत्यहरूका नाम चिनिनसक्दा अरू नै दिव्य, कलात्मक र अदभूत चैत्यका ताँतीले हृदय आलोकित हुन पुग्छ ।

कतिपय जातिले गोरखाली समुदायलाई आप्mनो राज्यको प्रतिनिधिमूलक जातिका रूपमा सूचीकृत गरेर सम्मान समेत व्यक्त गरेका रहेछन् ।

“हाम्रा पुर्खाले यो देश जोगाउन बगाएको खुनको कदर हो नि यो !”

प्रकाश बोलिरहेथे ।

उनलाई देवेन्द्र रिजाल सही थाप्थे ।

म म्यान्मारमा गोरखाली गौरव सुन्न पाएर छाती गर्बिलो पारिरहेथेँ ।

सहर निकै छिचोलेपछि एउटा सुन्दर चैत्य टुप्लुक्कियो । त्यसलाई देब्रे पारेर हामी पहाडतिर उकालियौँ । त्यो सेतो रङको चैत्य थियो— सुटौंप्ये म्यास्वा फ्या ।

मान्डले हिलको तेर्पे उकालोमा सलल्ल बगेको नागबेली सडक भएर हामी माथि डाँडामा पुग्यौं ।

डाँडाभरि मान्छेको ताँती थियो । 

“मान्डले आएर यता पुगिएन भने अपूरो भो !”

देवेन्द्रले गाडी थन्काए ।

मान्छेको ताँती थियो । ठूलो पटाङ्गिनीजस्तो ठाउँबाट मैले पूर्वतिर हेरेँ । अथाह फाँट र हरियालीले आँखामा आएर तहतहको रूप उभ्याउँछन् ।

डाँडाभरि अनेक गुम्बा र चैत्यको ताँती छ । पहेँला गजुर र चुचुरा भएका गुम्बाले हृदयमा एउटा अपार उत्साह, अलौकिक आनन्द र अद्भूत शान्तिको तरङ्ग आइजाइ भइरहेको छ ।

“यो वीरतासँग गाँसिएको डाँडो हो !”

रिजाल बोलिरहेका छन् ।

सन् १९४५ मा जापानी सेना यो थाप्लोमा आएर बसेको रहेछ । गोरखाली सेनाले निकै ठूलो बहादुरी, साहसिक र चातुर्यपूर्ण शैलीमा यो ठाउँबाट जापानी सेनालाई लखेटेछन् ।

“खुकुरीले छप्काएर थुप्रै जापानी सेना सकेछन् यसै ठाउँमा !”

प्रकाशले थपे ।

आप्mनो वीर र पराव्रmमी शैलीकै कारण यो डाँडाबाट जापानी सेनालाई धपाएका रहेछन् । रगत बगाएर गोरखालीले यो ठाउँमा म्यान्माली विजय पताका फहराएपछि त्यही सम्झनाका खातिर यहाँ भव्य ठूलो गुम्बा बनेको रहेछ ।

सू टोउङ पाई पगोडा नाउँको यो गुम्बा मान्डले डाँडामा विख्यात भएको रहेछ ।

हामी दक्षिणपट्टि रहेको लिप्mट चढेर पुग्यौँ । मानिसहरू श्रद्धा भावले निकै तलदेखि नै जुत्ताचप्पल खोलेर हातमा धूप, पूmल लिई गइरहेथे । भन्ते, भिक्षु–भिक्षुणीको आँखाले गन्न नसकिने भीडभाड थियो ।

‘रगत बगाएर आएको शान्तिको ठाउँ !’

मनमा कुरा खेलिरहे ।

‘त्यो शान्तिका लागि गोरखालीको पसिना र पौरख जोडिएको छ !’

हृदयमा उम्लेका कुरामा बग्दै पाइला चालिरहेको छु ।

मूल विहार पस्ने ठाउँमा विशाल बुद्धको मूर्ति थियो । 

मूर्तिपट्टि फर्केर ध्यानमग्न देखिन्थे भक्तहरू । घुँडा मारेर बसेका दर्शनार्थीका अनुहारमा सिङ्गो चैत्यको आलोकले स्पर्श गरिरहेको लाग्थ्यो ।

जतासुकै भन्तेहरू, भिक्षु–भिक्षुणीहरूको भीडभाड अपार थियो । 
हुल थपिइरहे पनि आवाज थिएन कत्ति  नि ।

दक्षिणपट्टि ठूलो बार लगाइएको थियो ।

त्यही फलामे बारमा अडेसिएर उत्तर, पश्चिम र दक्षिणको विशाल मान्डले सहर नियालेँ । यहाँबाट देखियो हरियालीमा छपक्कै हराएको मान्डले सहरको अद्भूत सुन्दरता ।

हरियालीको माझमा घर, बाटा र दरबारको चहक अथाह लाग्थ्यो । हरियालीको बीचमा गगनचुम्बी महल, सहरको समृद्धि र गुम्बाहरूको सौन्दर्य अद्भूत लाग्थ्यो ।

मैले डाँडाबाट परपरसम्म हेरेँ । ऐरावतीको फाँटमा चैत्यको उज्यालो झन् लोभलाग्दो देखिन्थ्यो । ऐरावतीवारि मान्डले सहरको झिलिमिलीले साँझ चिर्न खोजिरहेको थियो । ऐरावतीपारि जगाई सहरको झलमल सौन्दर्य सबैलाई मात खुवाउन चम्किरहेको थियो ।

विशाल ऐरावतीको छातीमा पानीजहाजका ताँतीले एक पटक फेरि मन उत्फुल्ल भो ।

मैले पर गएका आँखालाई मान्डले पहाडतिर ल्याएँ ।

सिङ्गो डाँडो सुनौला चैत्यले भरिभराउ थियो । कतै चुचुरा, कतै गजुर, कतै शिखर शैलीका, कतै गुम्बज आकारका चैत्यको ताँतीले आँखा पक्क परे, छातीमा अटेसमटेस भयो, चेतना तृप्तिएझैं भयो ।

सबैको मन तानेको थियो कलेजी रङको चैत्यले । युवायुवती, बूढाबूढी, किशोरकिशोरीका आँखाले यो चैत्यमा डुबुल्की मारिरहेका थिए । अर्को कारण होला— यो चैत्यसँग सिङ्गो मान्डलेको अथाह सौन्दर्य गाँसिएर आउँथ्यो ।

मैले घरी मान्डले, घरी ऐरावती, घरी यही मान्डले पहाडसँग जोडिएका सुनौलो विहारमा आपूmलाई डुबाएँ । आँखाले यिनको चमक, गमक र चहकबाट आपूmलाई हटाउन मनै गरेनन् ।

हामी दक्षिणतिरको मान्डले हेर्दै उत्तरतिर लाग्यौं । त्यहाँ झन् खेतीपाती, फाँटिला खेत र लहलह अन्नबालीले भरिभराउ जमिन देखेर मोहित भएँ म ।

पानी घुट्क्याउँदै हामी उत्तरतिर लाग्यौँ ।

यहाँबाट अझ अर्को अप्रतिम सुन्दर चैत्य देखिन्थ्यो । साँझको अँधेरीमा झिलमिल हुँदै गइरहेको विहार जाने युवायुवतीको भीड आँकिनसक्नुको थियो ।

उमेरदार युवायुवती त्यो चैत्यका सिँढीसिँढीमा बसेर प्रार्थना गरिरहेका थिए । तिनको मुखाकृतिमा काम, व्रmोध, लोभ, मोह जितेको उज्यालो व्रmमशः पैmलेको देखिरहेथेँ म ।

निकै बेर आँखा चिम्लेर यो चैत्यको आभा मेरो ढुकढुकीभित्र राखेँ । कला, अध्यात्म, दर्शन र प्रकृतिको मिहिन आलोकले म हलुकिन चाहन्थेँ ।

सम्भवतः जीवन एउटा तर्क र सिद्धान्तको लेपनले मात्र चहकिन सक्दैन । त्यो एकालापबाट मुक्त हुन मैले परेली मोडेर चैत्यसामु संसार पढ्न खोजेको थिएँ ।

“यो विशाल चैत्यमा गोरखाली खुन बगेको छ ।”

देवेन्द्र अघि सरे ।

हामी पाइला मिलाएर दक्षिणपट्टिको विशाल सेतो बुद्धमूर्तिसामु उभियौं । बुद्धको भीमकाय मूर्तिसामु थियो पैसा, फलपूmल र पूmलको उरुङखात । त्यसलाई पन्छाउन अत्यन्तै रूपवती सेविकाहरु फ¥याकफुरुक गरिरहेका देखिन्थे । 

मूर्तिअगाडि ध्यान गर्नेहरूको झन् ठूलो लस्कर देखिन्थ्यो । त्यो अनुभूति शरीरमा सजाएँ ।

“दाइ, यो हेर्नोस् त !”

देवेन्द्रले मलाई सामुन्ने खम्बामा लेखिएको शिलालेख पढ्न भने । त्यो अङ्ग्रेजीमा लेखिएको थियो— ‘मार्च ८ र ९, १९४५ को रात्रि आक्रमणमा प्रिन्स अफ वेल्स गोरखा राइफल्सले मान्डले हिल कब्जा गरेको थियो ।

भीषण आक्रमणमा आप्mनो ज्यान गुमाएका साहसी गोरखाली सैनिकको स्मृतिमा यो समर्पण गरिएको छ ।’

गोरखाली खुकुरी चिन्ह अङ्कित गरेर त्यो सम्मान पङ्क्तिको अन्त्य भएको थियो ।

यी पङ्क्ति पढेर एक पटक उज्यालिएँ म । मभित्र वीरताको खुन सलबलायो, शूरताको रगत सकपकायो । मभित्र साहसको भाव चलमलायो ।

तर नजिकै रहेका बुद्धका अनुहारले मौन, शान्त र गम्भीर बनाए ।

हामी बाहिर निस्कँदा मान्डले सौन्दर्यमा उन्माद थपिरहेको थियो । त्यो उन्माद मैले मेरा आँखा, कान, ओठ हुँदै छातीमा लगेर सजाउनु थियो ।

“मान्डलेको मादकता चाख्ने होइन ?”

मैले प्रकाशलाई भनेँ ।

“दाइलाई बिटुल्याउन लाँदै छौं ।”

मान्डलेको मूल सहरमा पसिरहेछौं... पसिरहेछौं हामी...। 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ २४, २०७७  ११:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement