काठमाडौं । बिमा समितिले बिमालेख धितोमा प्रदान भएको कर्जाको ब्याजमा छुट दिन निर्देशन दिएको छ । बुधबार समितिले जीवन बिमा कम्पनीहरूलाई एक निर्देशन जारी गर्दै बिमालेख धितो राखी बिमितहरूलाई दिएको कर्जाको ब्याजदरमा लकडाउन समाप्त भएको मितिले १ महिनासम्म ब्याज बुझाउन आएमा ब्याजको १५ प्रतिशत छुट दिन निर्देशन दिएको छ ।
यस्तै समितिले बिमालेख अनलाई बिक्री गर्न दिने भएको छ । बिमकका लागि जारी गरेको ‘बिमकको सूचना प्रविधि मार्गदर्शन २०७६’ को अधिनमा रहेर बिमालेख अनलाई बिक्री गर्ने कार्यविधि तयार गरी बिमा समितिमा पेस गरेरमा त्यसको औचित्यको आधारमा स्वीकृत गर्न सक्ने बिमा समितिले जनाएको छ ।
समितिले लकडाउनमा अनलाइनमार्फत् बिमकले लिने अनलाइन तथा भर्चुअल तालिमको सफ्ट कपी समितिमा पेस गर्न निर्देशन दिएको छ । यस्तै बिमा कम्पनीले व्यवस्थापन खर्च कटौती गर्न समितिमा प्रस्ताव पेस गर्न सक्ने बिमा समितिले जनाएको छ । बिमा कम्पनीले पेस गरेको प्रस्ताव समितिले औचित्यका आधार स्वीकृत गर्ने बिमा समितिले जनाएको छ ।