काठमाडौं । विश्वव्यापी महामारीको रूप लिएको कोरोना भाइरसको संक्रमण नेपालमा पनि बढ्दो छ । पछिल्लो दुई सातायता संक्रमणदर बढिरहेको तथ्यांकले देखाएको छ । मंगलबारसम्म नेपालमा दुई संक्रमितको ज्यान गइसकेको छ ।
बुधबार बिहान कालीमाटीका दुईजना प्रहरीमा कोरोना देखिएको छ । पीसीआर विधिबाट कोरोनाभाइरसको पुष्टि भए प्रहरी र स्वास्थ्यकर्मीको टोलीले संक्रमितको ‘ट्राभल हिस्ट्री’ र ‘कन्ट्याक्ट ट्रेसिङ’ गर्दै आएको छ ।
कसरी गरिन्छ त संक्रमितको ‘ट्राभल हिस्ट्री’ र ‘कन्ट्याक्ट ट्रेसिङ’– नेपाल प्रहरीका डीआईजी विश्वराज पोखरेलका अनुसार कसैलाई र्यापिड परीक्षणका क्रममा कोरोना पोजेटिभ देखिए पीसीआर विधिबाट जाँच गरी संक्रमणको अन्तिम पुष्टि गरिन्छ । र्यापिडमा पोजेटिभ देखिँदैमा ‘ट्राभल हिस्ट्री’ र ‘कन्ट्याक्ट ट्रेसिङ’ भने सुरु गरिँदैन ।
तर पीसीआर विधिबाट पनि कोरोना पुष्टि भए त्यसपछि ‘ट्राभल हिस्ट्री’ र ‘कन्ट्याक्ट ट्रेसिङ’ खोज्ने काम सुरु हुन्छ ।
यसमा प्रहरीकै अगुवाइ हुन्छ । जस्तो कि काठमाडौं नयाँ बानेश्वरमा महोत्तरीबाट आएका कसैमा र्यापिडमा कोरोना देखियो । त्यसपछि उनलाई क्वारेन्टाइन वा आइसोलेसनमा राखिन्छ । उनको पीसीआर परीक्षण गरिन्छ ।
कालीमाटी वृत्त र ट्राफिक प्रभागका १४५ प्रहरी क्वारेन्टाइनमा
पीसीआर पनि पोजेटभ देखिए प्रहरी संक्रमितको ‘ट्राभल हिस्ट्री’ र ‘कन्ट्याक्ट ट्रेसिङ’ गर्न सक्रिय हुन्छ ।
पोखरेलका अनुसार त्यसपछि कोरोना संक्रमितलाई नै उनको नजिक रहेका व्यक्ति, जस्तो कि महोत्तरीबाट काठमाडौं आउँदा क–कसलाई भेटे, कता–कता बसे, कोसँग खाना खाए यी कुराहरू प्रहरी खोज्छ । त्यसकै आधारमा संक्रमितले प्रयोग गरेको बाटोमा उनले गरेका कार्य र उनीसँग जोडिएका व्यक्तिलाई स्थानीयस्तरसम्मै प्रहरीले खोजी सुरु गर्छ । यस क्रममा मोबाइल नम्बरबाट पनि सम्भव भएसम्म सम्पर्क गरिन्छ । उनीहरूलाई सम्पर्कमा ल्याएर स्वास्थ्य जाँच सुरु गरिन्छ ।
र्यापिड प्रविधि भरपर्दो नदेखिएकाले पीसीआरको अन्तिम रिपोर्टसम्म कुर्ने गरेको पाइन्छ । यसबाहेक ‘ट्राभल हिस्ट्री’ र ‘कन्ट्याक्ट ट्रेसिङ’ गर्ने अर्को विधि पनि छ । जस्तो कि प्रहरी जाँचका क्रममा धुलिखेलमा उदयपुर भुल्के क्षेत्रबाट आएका कोही व्यक्ति भेटिए ।
दुईजना प्रहरीमा कोरोना देखिएपछि कालीमाटी वृत्त सिल
उदयपुर कोरोनाको उच्च जोखिममा देखिएको हो । यस्तोमा प्रहरीले कहाँबाट आएको, किन आएको, कता जान लागेको ? जस्ता प्रश्न गर्छ । यस्तोमा जोखिम क्षेत्र वा समुदायबाट आएको शंका लागे प्रहरीले स्वास्थकर्मीलाई खबर गर्छ ।
प्रहरीकै खबरका आधारमा उनको प्रारम्भमा र्यापिड टेस्ट गर्छ । त्यसमा पोजेटिभ पाइए पीसीआर जाँच गरिन्छ । तर ¥यापिट पोजेटिभ आए सकेसम्म ती व्यक्तिलाई सरकारी क्वारेन्टाइन वा आइसोलेसनमा राख्ने गरिन्छ । यसबाहेक नागरिकस्तरबाट आएका सूचनालाई पनि आधार बनाइने गरेको डीआईजी पोखरेल बताउँछन् ।
तर नागरिकस्तरबाट भने पर्याप्त सूचना नआएको उनको अनुभव छ । कतिपयले सूचना नदिने, आफ्नो सही विवरण नदिने गरेको पोखरेल बताउँछन् । उनी भन्छन, “सही सूचना दिने भनेको आफू, परिवार समाजकै सुरक्षाका लागि हो भनेर बुझिदिनुपर्छ । यो जीवन बचाउने कुरा हो । हाम्रो एक झुटको सजाय सिंगो राष्ट्रले भोग्नुपर्ने हुनसक्छ ।”