
काठमाडौं । जेठ २९ देखि असार १४ गतेसम्म बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा नाटक 'डल्ले खोला' मञ्चन हुने भएको छ । नाटक परशु प्रधानद्वारा लिखित कथा 'डल्ले खोला' मा आधारित रहेर बनेको छ ।
रंगकर्मी वेदना राईको परिकल्पना तथा निर्देशन रहने नाटकलाई एक थिएटर नेपालले प्रस्तुत गरेको छ ।
नाटकमा उमेश सुनम , सरोज खालिङ राई,अमित मगर ,रञ्जना नेपाली , रचना मगर, रेजिना राई, सुहाङ थुलुङ राई , स्वर्णिम चाम्लिङ राई जओसन गुरुङ , पुष्पाञ्जली तिलिङ लिम्बु, रमिता राई, आकाश सुहाङ लिम्बु,अन्जना थुलुङ राई, नुमा राई , प्रिटी चाम्लिङ राई, युगल श्रेष्ठ लगायतका कलाकारको अभिनय हुनेछ ।
उक्त नाटकमा डेभिड सुवेदि र प्रवृति राईको म्युजिक डिजाइन, रुपेश लामाको सेट डिजाइन , मणि के राई र मुस्कान राउतको कोर्योग्राफि र सञ्जीव योगीको लाइट डिजाइन रहने छ ।
डल्ले खोला परशु प्रधानद्वारा रचित कथा हो । यस कथालाई नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रायल अन्तर्गत पाठ्यक्रम विकास केन्द्र, सानोठिमी, भक्तपुरद्वारा प्रकाशित कक्षा ८ को नेपाली विषयको पाठ्यपुस्तकमा समावेश गरिएको छ । यस कथाले विशेष रुपमा समाजमा भइरहेको विकृति र विसंगतिका सन्दर्भमा व्यंग्यात्मक शैलीमा गम्भीर रुपले आवाज उठाउने छ ।
नाटक जेठ २९ देखि असार १४ सम्म हरेक दिन दिउसो ५:१५ बजे र शनिबार अतिरिक्त १ बजे पनि मञ्चन हुनेछ भने मंगलबार भने बिदा रहनेछ ।