देश

वीरगञ्ज (पर्सा) । कार दुर्घटना हुँदा पर्सामा एकजनाको मृत्यु र तीनजना घाइते भएका छन् ।
वीरगञ्ज महानगर–१४, पिपरा रेनुका पेट्रोल पम्पनजिक गण्डकबाट बसपार्कतर्फ जाँदै गरेको बीआर ५५ बी ९१०४ नम्बरको कार अनियन्त्रित भएर दुर्घटना भएको थियो ।
दुर्घटनामा भारतको बेतिया नरकटियागञ्ज स्थायी घर भएका ३० वर्षीय बिटु सर्राफको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब उपरीक्षक सुवास भट्टले दुर्घटनामा चारैजना घाइते भएकामा उपचारका लागि एलएस न्यूरो अस्पताल बारा पठाइएको र एकजनाको मृत्यु भएको जानकारी दिए ।
कार चालक गणेश सर्राफसहित त्यसमा सवार अन्य दुईजनाको सोही अस्पतालमा उपचार भइरहेको छ । रासस
प्रकाशित मिति: आइतबार, जेठ २५, २०८२ २०:०७
प्रतिक्रिया दिनुहोस्