site stats
बाह्रखरी :: Baahrakhari
देश
हिमानी र हृदयेन्द्रबाट जुम्लामा सुत्केरी सेवा केन्द्रको शिलान्यास
Argakhachi Cement Island Ad

काठमाडौं । जुम्लाको गुठीचौर गाउँपालिकाअन्तर्गत मनिसांघमा हिमानी ट्रस्टले बनाउन लागेको सुत्केरी सेवा केन्द्रको शिलान्यास गरिएको छ । 

पूर्वयुवराज्ञी हिमानी शाह र हृदयेन्द्र शाहले सुत्केरी सेवा केन्द्रको शिलान्यास गरेका हुन् । सुत्केरी सेवा केन्द्रको शिलान्यासका लागि शनिबार पूर्वयुवराज्ञी शाह छोरा हृदयेन्द्रसहित जुम्ला पुगेकी थिइन् । 

जुम्ला विमानस्थलमा उनीहरूलाई स्थानीयवासीले स्वागत गरेका थिए । हिमानी ट्रस्टले सामाजिक सेवाअन्तर्गत सुत्केरी सेवा केन्द्र बनाउन लागेको हो । उक्त क्षेत्रमा मातृ तथा नवजात स्वास्थ्य सेवा सुदृढ बनाउने दिशातर्फ सार्थक बतनाउने विश्वास रहेको छ । 

प्रकाशित मिति: आइतबार, जेठ २५, २०८२  २२:१९
प्रतिक्रिया दिनुहोस्