site stats
बाह्रखरी :: Baahrakhari
विशेष
काठमाडौंमा दुईजना प्रहरीमा देखियो कोरोना
Argakhachi Cement Island Ad

काठमाडौं । काठमाडौंमा दुईजना प्रहरीमा कोरोना संक्रमण देखिएको छ । कालीमाटी वृत्तमा कार्यरत दुईजना प्रहरीमा कोरोना संक्रमण देखिएको हो । उनीहरुको रिपोर्ट राति अबेर आएपछि अहिले सशस्त्र प्रहरीको कोरोना अस्पताल बलम्बुमा लगेर आइसोलेसनमा राखिएको छ ।
कालीमाटी वृत्तमा करिब ९० जना प्रहरी रहेको र बाँकी प्रहरीको आज पीसीआर टेष्ट गराउने तयारी भइरहेको छ ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी श्याम ज्ञवालीले पनि दुईजना प्रहरीमा कोरोना देखिएको पुष्टि गर्दै आइसोलेसनमा राखिएको बताए ।
 

प्रकाशित मिति: बुधबार, जेठ ७, २०७७  ०८:०५
प्रतिक्रिया दिनुहोस्