site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कालीमाटी वृत्त र ट्राफिक प्रभागका १४५ प्रहरी क्‍वारेन्टाइनमा
Ghorahi CementGhorahi Cement

काठमाडौं । महानगरीय प्रहरी वृत्त कालीमाटी र सोही क्षेत्रभित्र रहेको महानगरीय ट्राफिक प्रभागका १४५ प्रहरीलाई क्‍वारेन्टाइनमा राखिएको छ ।

कालीमाटी वृत्तमा कार्यरत दुई प्रहरीमा कोरोना भाइरसको संक्रण देखिएपछि त्यहाँ कार्यरत सबैलाई क्‍वारेन्टाइनमा राखिएको हो । गएराति मात्रै दुई प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरूको सशस्त्र प्रहरी बलको कोभिड अस्पतालको आइसोलेसनमा उपचार भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्यामलाल ज्ञवालीले बाह्रखरीलाई जानकारी दिए ।

Agni Group

कालीमाटी वृत्तमा डीएसपीको कमान्डमा ९१ जना र ट्राफिक प्रभागमा इन्सपेक्टरको कमान्डमा ५४ जना कार्यरत छन् । महानगरीय ट्राफिक महाशाखाका एसएसपी भीम ढकालले सँगसँगै ड्युटीमा खटिने प्रहरीलाई संक्रमण भएपछि जाँचको रिपोर्ट नआएसम्म ट्राफिक प्रहरी पनि क्‍वारेन्टाइनमै रहने बताए । वृत्त र प्रभागले वहन गर्दै आएको जिम्मेवारी अन्य प्रहरी युनिटले गर्नेछन् । वृत्त र ट्राफिक प्रभागसमेत सिल गरिएको छ ।
फाइल तस्बिर : बाह्रखरी

 

Global Ime bank

काठमाडौंमा दुईजना प्रहरीमा देखियो कोरोना

दुईजना प्रहरीमा कोरोना देखिएपछि कालीमाटी वृत्त सिल

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ ७, २०७७  १०:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC