site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सहयोगी बन्दै नेपाली खेलाडी
SkywellSkywell

काठमाडौं । फुटबल र क्रिकेटले थोरै भए पनि नेपाली खेलकुद क्षेत्रमा व्यावसायिक कदम चालेको छ । अरू खेल क्षेत्रको अवस्था भने लगभग शून्यकै अवस्था मान्न सकिन्छ ।

यद्यपि अन्य मुलुकसरह नेपाली फुटबल र क्रिकेटले व्यावसायिक फड्को मार्न सकेको छैन । एक–दुई महिना मात्र व्यावसायिक रूपमा खेल्न पाउने भएकाले पनि क्रिकेट र फुटबलका खेलाडीलाई दैनिकी चलाउन मुस्किलै छ । अरू खेलमा संलग्न खेलाडीको अवस्था झनै अफ्ठयारो छ । 

धेरैजसो खेलाडीले प्रतियोगितामा जितेको पुरस्कार रकमबाटै दैनिक व्यवहार चलाउनुपर्ने अवस्था छ । अझ पुरस्कारबापत पाएको रकम पनि कहिले पाउने भन्ने टुंगो हुँदैन । अझ नेपालको सन्दर्भमा प्रतियोगिता जितेको वर्षौं बित्दा पनि पुरस्कारबापत घोषणा गरिएको रकम नपाएको उदाहरण प्रशस्त छन् । तर पनि खेलाडीले आफ्नो देशको झण्डामुनि बसेर देशका लागि खेल्न छाडेका छैनन् । अझै पनि अधिकांश खेलाडीले अन्तर्राष्ट्रिय खेल खेल्दा आफ्नै रकमले विदेश जानुपर्ने अवस्था छ । 

KFC Island Ad
NIC Asia

यस्तो अवस्थानमा पनि नेपाली खेलाडीले मन सानो बनाएका छैनन् । उनीहरूले आफू मैदानमा मात्र खेलको हिरो नभई सामाजिक अभियानमा समेत हिरो भएको प्रमाणित गरिदिएका छन् । उनीहरूले आफूले प्राप्त पुरस्कार रकमबाटै समस्यामा परेकालाई सहयोग गर्न पछि हटेका छैनन् ।

विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण अहिले मुलुक लकडाउनको अवस्थानमा छ । यस्तो अवस्थामा खेलकुद गतिविधि ठप्प छ । लकडाउनले गर्दा खेल क्षेत्र मात्र नभई दैनिक ज्याला मजदुरी गर्ने व्यक्तिलाई सबैभन्दा धेरै प्रभाव परेको छ । बिहान–बेलुका मजदुरी गरी एकछाक खान बल्ल–बल्ल पुग्नेहरू यतिबेला भोको पेट बस्न बाध्य छन् । तिनै समस्यका परेकाहरूलाई सहयोग गर्न यतिबेला अधिकांश खेलाडी अग्रसर भएका छन् । खेलाडीहरू संकटमा परेकाहरूको सहयोगमा सक्रिय छन् ।

Royal Enfield Island Ad

सहयोगका लागि सागमा दोहारो स्वर्ण पदक विजेता करातेका मन्डेकाजी श्रेष्ठले वृद्धाआश्रम, बालआश्रम र सडकमा हिँडने यात्रुका लागि खान तथा यातायातको व्यवस्थापन मिलाएका छन् ।

आरम्भमा आफ्नै खर्चमा सहयोग गर्न जुटेका श्रेष्ठलाई अहिले जनता क्लब काठमाडौं र रोटरी क्लब काठमाडौंले सहकार्य गरेको छ । क्लबले खाद्यान्नदेखि विभिन्न सामग्री उपलब्ध गराउँदै आएको छ । उनीहरूले लामो दूरीको यात्रामा हिँडेकालाई बाटो खाजाको व्यवस्था पनि मिलाइदिएका छन् । श्रेष्ठले आफ्नै गाडी परिचालन गरी राहत वितरण गरिरहेका छन् । उनले निजी खर्चमा मास्क, स्यानिटाइजरलगायत थुप्रै सामग्रीहरू उपत्यकाबाहिर पठाइसकेका छन् ।

त्यस्तै नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले कोरोनाविरुद्ध लड्न व्यक्तिगत एक लाख रुपैयाँ राहत कोषमा सहयोग गरेका छन् । उसुका किरन साउदले पनि सहयोग गरेका छन् । उनले १३औं सागमा कास्य पदकबापत सरकारले दिएको तीन लाख रुपैयाँबाट ५० हजार मजदुरलाई सहयोग गरेका हुन् ।

टेबलटेनिस खेलाडी एलिना महर्जनले साग प्रतियोगितामा पदक जितेबापत पाएको पुरस्कारको आधा रकम सहयोग गरेकी छन् । उनले समस्यामा परेका दुई सय परिवारलाई खाद्यान्न वितरण गरिन् ।
नेपाल प्रहरी क्लबबाट खेल्दै आएकी उनले एक लाख रुपैयाँबराबरको खाद्यान्न किन्दै प्रत्येक परिवारलाई ५ किलो चामल, १ किलो दाल, १ किलो चिउरा, १ प्याकेट नुन र १ प्याकेट तेलका दरले काठमाडौं महानगरपालिका १७ का दुई सय विपन्न परिवारलाई शुक्रबार राहत बाँडेकी हुन् । 

करातेतर्फ सागमा स्वर्ण विजेता खेलाडी अनु अधिकारीले अशक्तहरूको समूहलाई सहयोग गरेकी छन् । उनले संकटमा परेकाहरूलाई घर–घरै पुगेर सहयोग गरिरहेकी छिन् । 

अन्य थुप्रै खेलाडीले धार्मिकस्थल र अन्य स्थानमा रहेका पशुपक्षी तथा साधुसन्तलाई सहयोग गर्दै आएका छन् । यो अभियानमा सागमा स्वर्ण विजेता तेक्वान्दो खेलाडी संगीता बस्यालले थापाथलीमा रहेका योगिनाथ बाबाहरूलाई र कीर्तिपुरस्थित दृष्टिविहीनलाई सहयोग गरिरहेकी छन् । करातेतर्पm स्वर्ण विजेता कुुसुम खड्काले पनि पशुपति र स्वयम्भूमा रहेका बाँदर र परेवालाई आहारा खुवाएकी थिइन् ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २१, २०७७  १४:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro