site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
वामदेवका लागि एकैवर्ष चार निर्णय
SkywellSkywell

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा वामदेव गौतम निकै ‘भाग्यशाली’सावित भएका छन् । नेकपाका समकालीन नेतामध्ये निकै खरो स्वभावका गौतमलाई पार्टी अध्यक्ष र भावी प्रधानमन्त्रीकै रूपमा हेरिएको हो । बर्दियाका जनताकासँग उनले प्रधानमन्त्री बन्छु नै भनेर भोट मागे । त्यही चाहनाले चुनावी मैदानमा जित निकाल्न दिएन । पराजित भएर घर फर्किए ।

आफूलाई हराइएको भन्दै पार्टी स्थायी कमिटीमा छानबिनको माग गरे ।

अन्ततः त्यही ‘पराजय’ नै वामदेवका लागि वरदान सावित भएको छ । यही वर्ष पार्टीले वामदेवका लागि चारवटा निर्णय गर्‍यो ।

KFC Island Ad
NIC Asia

विधानमै नभएको उपाध्यक्ष

पार्टी एकता भएको वर्षदिन पूरा नहुँदै नेकपाभित्र विवादको वीजारोपण सुरु भइसकेको थियो । विवाद बढ्दै गएपछि त्यसले ध्रुवीकरणको रूप लियो । र, भैंसेपाटी गठबन्धनको जन्म दियो ।

Royal Enfield Island Ad

भैंसेपाटी गठबन्धनले कार्यशैलीमाथि हस्तक्षेप गर्न थालेपछि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले तितरवितर बनाउने उपाय पहिल्याए । वामदेवलाई गुटबाट अलग गर्न विधानमै नभएको उपाध्यक्ष प्रस्ताव गरे ।

गत साउन ३१ गते बसेको पार्टी सचिवालयको बैठकले वामदेव गौतमलाई उपाध्यक्ष बनाउने निर्णय गर्‍यो । 

गत पुस ६ गते सकिएको पार्टी स्थायी कमिटीको चौथो बैठकले अनुमोदन गरेपछि र माघ १९ गते सकिएको केन्द्रीय कमिटी बैठकले विधान संशोधन गरेपछि मात्रै वामदेवको उपाध्यक्ष पद पाको भएको थियो ।

उपाध्यक्ष सिफारिस गरेकै दिन नेता गौतमलाई सचिवालय बैठकले सङ्गठन विभाग प्रमुख बनाउने निर्णय पनि गरेको थियो ।

राष्ट्रियसभामा लैजाने निर्णय बेवारिसे 

बर्दिया-१बाट जित निकाल्न नसके पनि गौतमको प्रतिनिधिसभा जाने चाहना भने जागृत नै थियो । चुनावी मैदानबाट घर फर्किएपछि उनले अनेक कसरत गरे । झलनाथ खनाललाई राष्ट्रपति बनाउन सघाउनेदेखि माधव नेपालसम्मलाई फकाएर प्रतिनिधिसभामा जाने बाटो खोजिरहे । काठमाडौं–७ सम्म १४ ठाउँ चहार्दा पनि प्रतिनिधिसभा छिर्ने ढोका खुलेन ।

काठमाडौं–७ मा लगभग टुङ्गो लागिसकेको थियो, प्रधानमन्त्री ओलीले नै ‘ब्रेक’लगाइदिए । 

यहीबीचमा भैंसेपाटी गठबन्धन पुनः सक्रिय भयो । गठबन्धनका नेताहरूबीचको अनौपचारिक सहमतिकै आधारमा वामदेव राष्ट्रियसभामा जान राजी भए । राष्ट्रियसभाको चुनाव सकिइसकेको थियो । तर, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने कोटा भने बाँकी थियो । तथापि युवराज खतिवडालाई निरन्तरता दिने कि, अर्को पात्र खोज्ने भन्ने अन्योल कायमै थियो ।

त्यही कोटाबाट वामदेवलाई राष्ट्रियसभामा जान नेताहरूले प्रस्ताव गरे । प्रधानमन्त्री बन्‍न संविधान बाधक थियो । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनालसहितका नेताहरूले संविधान संशोधन गरेर बाटो खोलिदिने बताएपछि वामदेव उत्साहित भएका थिए । सचिवालयले माधव नेपालको संयोजकत्वयमा कार्यदल नै बनायो ।

वामदेव गौतमलाई प्रतिनिधिसभामा लैजाने 

नेकपाले ‘गोप्य’ नै राखेको निर्णय सचिवालयका नेताहरूले बाहिर चुहाए । व्यापक आलोचनापछि नेकपा निर्णयबाट पछि हट्यो । कार्यदल विघटन गरेकै दिन, गत फागुन १४ गते उपाध्यक्ष गौतमलाई नेकपाले राष्ट्रियसभामा लैजाने निर्णय गर्‍यो ।

निर्णयको केही घण्टा बित्‍न नपाउँदै प्रधानमन्त्री केपी ओलीले ‘कार्यान्वयन गर्न सक्दिनँ’ भनेपछि वामदेव राष्ट्रियसभामा जान पाएका थिएनन् ।

शनिबार बसेको सचिवालय बैठकले पुनः नेता गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभामा लैजाने निर्णय गरेको छ । ‘उपयुक्त समय’को व्याख्या नेकपाले गरिसकेको छैन । तसर्थ, यो अघिल्लो निर्णयजस्तै बेवारिसे बन्‍ने खतरा छँदैछ ।

पार्टीका वरिष्ठ नेता खनालले त अझ ‘ठाउँ खाली भएपछि’भनेका छन् । प्रतिनिधिसभा सदस्यको मृत्यु भएमा वा निजले राजीनामा दिएको अवस्थामा बाहेक ठाउँ रिक्त हुने अवस्था संविधानमा छैन ।

बन्लान् त प्रधानमन्त्री ?

सचिवालयको निर्णय सुनाउँदै पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले वामदेवलाई प्रधानमन्त्री बनाउनैका लागि प्रतिनिधिसभा सदस्य बनाउन लागिएको बताएका छन् ।

गत बुधबारको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले लकडाउनपछि राजीनामा दिने बताउँदै नेता गौतमलाई प्रधानमन्त्रीमा प्रस्ताव गरेका थिए ।

आजको सचिवालय बैठकले नीतिगत निर्णय नै गरेपछि वामदेव प्रतिनिधिसभा सदस्यको पुनः उमेदवार बन्‍ने बाटो खुलेको छ ।

शनिबारै दिउँसो प्रधानमन्त्री ओलीले वामदेवलाई अहिलेकै क्याबिनेटमा उपप्रधानमन्त्री प्रस्ताव गरेका थिए । प्रतिनिधिसभा सदस्यमा चुनाव हारेकाले मन्त्री बन्‍न पाउने व्यवस्था संविधानमा छैन ।

त्यसैका लागि पुनः प्रतिनिधिसभा  सदस्यमा लैजाने निर्णय गरिएको हो कि प्रधानमन्त्री नै बनाउने नियतले प्रस्ताव आएको हो, कार्यान्वयनले मात्रै पुष्टि गर्न सक्छ । तथापि, एकै वर्ष आफ्ना पक्षमा चार-चारवटा निर्णय गराउने वामदेव नेकपाका भाग्यमानी नेतामा गनिएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख २०, २०७७  २२:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro