site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
भन्सार राजस्व लक्ष्य : दैनिक एक अर्ब २५ करोड, संकलन : २५ करोड रुपैयाँ
Sarbottam CementSarbottam Cement

काठमाडौं । कोभिड १९ संक्रमणको जोखिम कम गर्न सरकारले लकडाउन घोषणा गरेयता आर्थिक गतिविधि ठप्प छ । अत्यावश्यकबाहेक अन्य वस्तुको माग नगन्य छ, माग नगन्य हुँदा त्यस्ता वस्तुको आयात पनि ठप्पै छ ।

नेपाल–भारतबीचको भन्सारको अवस्था हेर्दा दुवै देशमा लकडाउन जारी रहँदा भन्सार गतिविधि निकै कम भएको हो । व्यापार घटे पनि खाद्यान्य, इन्धन, औषधिलगायतको आयात नियमति छ । तर, खपत कम भएका कारण अत्यावश्यकबाहेक अन्य सामग्री पैठारी भएका छैनन् । भन्सारमा कैयौं ट्रक र कन्टेनर बेवारिसे छन् ।

भन्सार विभागका महानिर्देशक सुमन दाहालका अनुसार वीरगन्ज भन्सारको यार्डमा क्षमताभन्दा दोब्बर बढी ट्रक कन्टेनर थुप्रिएका छन् । व्यवसायीहरू ढुवानी गरेर आफ्नो भण्डारणसम्म ल्याउनुभन्दा आफ्नो ट्रक कन्टेनर नछुटाइ त्यतै राख्ने गरेका छन् । दाहालका अनुसार सुक्खा बन्दरगाहमा स्टिलजन्य सामग्री ल्याउन ट्रेन केही दिनदेखि रोकिएका छन् । रेलमा ल्याइएका स्टिलजन्य सामग्री अनलोड गरेर फेरि ट्रकमा लोड गर्ने काम नभएका कारण रोकिएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

अर्कातर्फ दैनिक २–३ वटा रेल आउँदा २ सयभन्दा कन्टेनर अहिले त्यहाँ थुप्रिएका छन् । दाहालले भने, “व्यापारीहरू आफ्नो सामान क्लियर गर्न त्यहाँ गएका छैनन् । कारण हो, बजार ठप्प हुनु ।” बजारमा बिक्री नहुने भएका कारण सुख्खा बन्दरगाहमा सामान रोकिएको हुुनसक्ने उनले बताए । अर्कातर्फ, लोड अनलोड गर्ने कर्मचारी पनि व्यापारीहरूसँग अहिले छैनन् ।

यसकारण उनीहरू भाडा तिरेरै भए पनि त्यहाँ राखेका हुन् । दाहालले बाह्रखरीलाई भने, “यसले गर्दा भन्सारको यार्ड भरिएको छ । १५ सय कन्टेनर अट्ने वीरगन्ज भन्सारको यार्डमा शनिबारसम्म ३५ सय कन्टेनर थुप्रिएका थिए ।” उनले यसकारण भन्सार प्रशासनलाई ती ट्रक कन्टेनर ह्यान्डलिङ तथा व्यवस्थापन गर्न गाह्रो भएको सुनाए । अर्कातर्फ भैरहवा भन्सारको यार्डमा पनि २–३ सय ट्रक छन् । 

Global Ime bank

लकडाउनका कारण आर्थिक गतिविधि घट्दा व्यापारीहरू व्यापार गर्न पाएका छैनन् । दाहालले भने, “व्यापार नहुँदा सामान लाने कुरा आएन । ती बिक्री हुने भए पो लैजान्थे ।” लकडाउनयता मेची भन्सार र रसुवागढी भन्सारबाहेक सबै भन्सार सञ्चालनमा छन् । मेची भन्सार भारतको पश्चिम बंगाल राज्य सरकारले एकतर्फी बन्द गरेको कारण सञ्चालनमा छैन । अर्कातर्फ चीन सरकारले तातोपानी र रसुवागढीमध्ये एकमात्र चलाउने भनेपछि रसुवा बन्द गरिएको हो ।

दाहालले भन्सारमा आएका वस्तुहरू सरकारी प्रशासनका कारण रोकिएको भन्ने कुरा सत्य नभएको दाबी गरे । उनले भने, “भारतीय अवरोधका कारण मेची भन्सार बन्द भएकाले त्यहाँका सामान बिराटनगरबाट ल्याउँदै छौं ।” उनका अनुसार विशाखापटनम बन्दरगाहबाट तेस्रो मुलुकबाट सामान नियमित आइरको छ । दाहालले थपे, “त्यसपछि रेलमार्फत् सीधै वीरगन्जपारि सुक्खा बन्दरगाहमा आउँछ ।”

भन्सार राजस्व प्रभावित
आयात प्रभावित हुँदा भन्सार राजस्व संकलनमा ठूलो परिमाणको गिरावट आएको छ । सरकारले दैनिक १ अर्ब २५ करोड रुपैयाँ भन्सार राजस्व संकलन गर्ने लक्ष्य भए पनि लकडाउन सुरु भएयता दैनिक २० देखि २५ करोड रुपैयाँ मात्र भन्सार उठ्ने गरेको छ ।

दाहालले भने, “भन्सार प्रशासनमार्फत् चैतमा ३६ अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य थियो । तर, १२ अर्बमात्र उठ्न सक्यो ।” उनका अनुसार १२ अर्बमध्ये लकडाउन अगाडि अर्थात् चैत १ देखि १० गतेसम्मै १० अर्ब रुपैयाँ उठेको हो । बाँकी २० दिनमा २ अर्ब । “भन्सार राजस्व यतिको मात्रामा गुम्दा राज्यले ठूलो घाटा सहनुपरेको छ,” उनले भने ।

अत्यावश्यक सामग्री आयात नियमित
अन्य वस्तुको आयात रोकिएपनि अत्यावश्यक सामग्री आयात भने नियमित छ । भन्सार विभागका अनुसार लकडाउन सुरु भएयता खाद्यान्य, तरकारी, गेडागुडी, फलफूल, दुधजन्य कच्चा पदार्थ, औषधि तथा कच्चा पदार्थ र पेट्रोलियम पदार्थ आयात मागअनुसारै छ ।

विभागका अनुसार लकडाउन सुरु भएदेखि आइतबार रातिसम्म ३८ हजार १ सय २६ टन ग्यास आयात भएको छ । यो परिमाणको ग्यासले साढे पौने २६ लाख सिलिन्डर ग्यास उत्पादन हुन्छ । ३४ दिनमा आएको यो परिमाणको ग्यास नेपालको माग धान्न पर्याप्त परिमाण हो ।

यस्तै १ करोड ४५ लाख ५६ हजार लिटर डिजेल आयात भएको छ भने ६३ लाख ६८ हजार लिटर पेट्रोल आयात भएको छ । खाद्यान्य, तरकारी, फलफूल, गेडागुडी, दुधजन्य उत्पादनको आयात पनि रोकिएको छैन । लकडाउन अवधिभर १ लाख १ सय ३७ टन खाद्यान्न, ४६ हजार ३ सय ३ टन तरकारी, २८ हजार २ सय ९५ टन गेडागुडी तथा दलहन, १३ हजार ४ सय १० टन फलफूल, ११ सय १ सय ३ टन दुधजन्य पदार्थ आयात भएको छ ।

यसैगरी २७ करोड २२ लाख ९९ हजार रुपैयाँबराबरको औषधिको कच्चा पदार्थ र १ अर्ब १८ करोड ७६ लाख ८६ हजार रुपैयाँबराबरको तयारी औषधि आयात भएको छ । ३४ दिनमा कुल २९ अर्ब ५ करोड ८२ लाख ९६ हजार रुपैयाँबराबरको मात्र आयात भएको छ । तर, पछिल्लो चार दिन आयतको दर बढेको भन्सारको तथ्यांकले देखिाउँछ । पछिल्लो चार दिनमा ३ अर्ब ८६ करोड रुपैयाँबराबरको आयात भएको छ । विभागको तथ्यांकअनुसार वैशाख १ देखि १० गतेसम्म ९ अर्ब ९ करोड, चैत २१ देखि ३० गतेसम्म ८ अर्ब ५२ करोड र चैत ११ देखि २० गतेसम्म ७ अर्ब ५८ करोड रुपैयाँबराबरको आयात भएको थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख १५, २०७७  १०:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !