देश
काठमाडौं । मुस्लिम समुदायको महान् पर्व रमजानको पहिलो दिन काठमाडौंको घन्टाघरस्थित जामे मस्जिदमा असहायहरुका लाई दिन चामललगायत दैनिक उपभोग्य सामानहरु तयारी अवस्थामा राखिएको छ ।
समुदायको एक महिना लामो वर्त बस्ने पर्व रमजान शनिबारबाट सुरु भएको हो । संसार भरिका मुस्लिमहरुले रमजानको महिनालाई पवित्र महिना मान्छन् । यो महिनामा हरेक मुस्लिम समुदायका व्यक्तिले आफ्नो कमाइको २ दशमलब ५ प्रतिशत दान गर्छन् ।
नेपालमा लकडाउनले गर्दा आर्थिक स्थिति कमजोर भएका र दैनिक काम गरी खानेहरुलाई संकट पर्न थालेको छ । नेपाली मुस्लिम समाजले आर्थिक स्थिति कमजोर भएका र दैनिक काम गरी खानेहरुलाई राहत वितरण गर्न थालेको छ ।
प्रकाशित मिति: शनिबार, वैशाख १३, २०७७ २०:२३
प्रतिक्रिया दिनुहोस्