site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
किन टेर्दैनन् सर्वसाधारण ! (फोटो फिचर)
SkywellSkywell

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) ले अहिले विश्व नै प्रभावित बनेको छ । नेपालमा पनि आज लकडाउन भएको ठ्याक्कै महिनादिन पुगेको छ । 

कोरोना संक्रमण फैलिन नदिन सरकारले गत चैत ११ गते देशैभर लकडाउन घोषणा गरेको थियो । सरकारले लकडाउनको समय पटक–पटक थप गरी वैशाख १५ गतेसम्म पु¥याएको छ । लकडाउनमा अत्यावश्यक र पासबाहक सवारीबाहेक अन्य साधन सञ्चालन भएका छैनन् । अत्यावश्यक कामबाहेक बाहिर हिँडडुल गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएर केही समय होल्ड गर्ने नीति लिएको छ ।

KFC Island Ad
NIC Asia

लकडाउन कार्यान्वयन गर्न पूरै मुलुक लागेको अवस्थामा पनि केही सर्वसाधारणले अटेरी गरेको पनि पाउन सकिन्छ । सुरु–सुरुमा त लकडाउन कस्तो हुन्छ भन्दै हिँड्नेहरू पनि भेटिए तथापि अहिले पनि विभिन्न निहुँमा घरबाहिर निस्कने क्रम भने रोकिएको छैन । 

उसो त सरकारले नै अत्यावश्यक सामग्री खरिदका लागि बिहान–बेलुकाको समय छुट्याए पनि पसलअघि सर्वसाधारणको घुइँचो देख्न सकिन्छ । सुरक्षाकर्मीहरूले पनि जाँचमा कडाइ गरेकै छन् । 

Royal Enfield Island Ad

सर्वसाधारणले आफ्नै लागि लकडाउन घोषणा गरेको भन्दै नसम्झनु यसको मूल कारण मान्न सकिन्छ । उपत्यकाका विभिन्न स्थानमा पुग्दा सर्वसाधारणहरू अत्यावश्यक सामान किन्न भन्दै निस्किएको देख्न पाइयो । हामी काठमाडौंको मरु टोल पुग्दा त सर्वसाधारणको भिड देख्न सकिन्थ्यो । लकडाउनको आज एकमहिना पुगेको छ । सर्वसाधारण कहाँ के गरिरहेका छन्, के लकडाउनको पूर्ण पालना भएको छ त ? लकडाउन सबैले पालना गरौं, हेलचेक्र्याइँ कत्ति पनि नगरौं । हेरौं थप तस्बिर :

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ११, २०७७  १९:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro