देश
काठमाडौं । मुलुक अहिले लकडाउनमा छ । कोरोना संक्रमण फैलन नदिन भन्दै सरकारले गएको चैत ११ गतेदेखि लकडाउन घोषणा गरेको हो । उसो त यो लकडाउन वैशाख १५ गतेसम्मका लागि भनिएको छ । तर लकडाउन अवधि बढ्ने सम्भावना पनि उत्तिकै छ ।
लकडाउनले मजदुर तथा विपन्नवर्गलाई भने निकै समस्या पुर्याएको छ । मजदुर तथा विपन्नवर्गलाई पशुपतिको मृगस्थलीमा रहेको गोरखनाथ मन्दिरको टोलीले हरेक बिहान–साँझ खाना खुवाउने व्यवस्था मिलाएको छ ।
गोरखनाथ मन्दिरको टोलीले काठमाडौंको पुरानो बसपार्क अर्थात् खुलामञ्चमा मजदुर तथा विपन्नवर्गका व्यक्तिलाई खाना खुवाउने व्यवस्था मिलाएको छ । हेरौं खुलामञ्चमा सामाजिक दूरी कायम गरी खाना खुवाउँदै गरेका केही तस्बिर :
प्रकाशित मिति: सोमबार, वैशाख ८, २०७७ १३:५४
प्रतिक्रिया दिनुहोस्