site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मध्यराति विराटनगर ल्याइयो उदयपुरका १२ कोरोना संक्रमित

विराटनगर । उदयपुरको मस्जिदमा फेला परेका कोरोना संक्रमितलाई उपचारको लागि प्रदेश १ को राजधानी विराटनगर ल्याइएको छ । 

प्रदेश सरकारले कोरोना संक्रमितको उपचार गर्न बनाएको अस्पतालमा गएराति १२ जना संक्रमितलाई ल्याइएको हो । सामाजिक विकास मन्त्रालयले शुक्रबार राति चारवटा एम्बुलेन्समार्फत उनीहरुलाई उदयपुरबाट विराटनगर ल्याएको हो । 

मध्यराति १२ बजे सबै संक्रमितलाई अस्पताल भर्ना गरिएको छ । कोशी अस्पतालकी मेसु डा. संगीता मिश्रले १२ जनालाई उपचारका लागि अस्पताल भर्ना गरिएको र दुई जनालाई भने नेपाली सेनाको मोरङ टाँडीस्थित क्वारेन्टाइनमा पठाइएको जानकारी दिइन । संक्रमित मध्ये ११ जना भारतीय र एकजना नेपाली हुन् ।

कोशी अस्पतालको ल्याबमा परीक्षण गर्दा उदयपुरको ल्याबमा बसिरहेका भारतीय मुस्लिममा कोरोना भएको देखिको थियो । तर, उनीहरुको स्वाब थप परीक्षणको लागि काठमाडौ पठाइएकोमा उताबाट पनि पोजेटिभ रिर्पोट आएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो । कोशी अस्पताल साबिको नेशल ट्रेडिङको भवनलाई मर्मत गरी कोरोना अस्पतालको रुपमा संचालनमा ल्याइएको हो । यसको क्षमता ५० बेड छ । आईसीयूको समेत प्रबन्ध गरिएको छ । 

भारतबाट आएका मुस्लिमहरु उदयपुरको त्रियुगा ३ भुल्केमा लुकेर बसेका थिए । 
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, वैशाख ६, २०७७  ०८:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro