देश

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–७, कृष्णभीरबाट त्रिशूली नदीमा मोटरसाइकल खस्दा एकजनाको ज्यान गएको छ ।
वाग्मती प्रदेश ०२–०२४ प ४०५४ नम्बरको मोटरसाइकल आइतबार कृष्णभीरबाट त्रिशूली नदीमा खसेको थियो । दुर्घटनामा सिन्धुलीको तिनपाटन गाउँपालिका–९ का २६ वर्षीय मीनबहादुर तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए ।
उनका अुनसार, मोटरसाइकल सडकबाट करिब ३०० मिटर तल खसेको थियो ।
प्रकाशित मिति: आइतबार, वैशाख ७, २०८२ २०:००
प्रतिक्रिया दिनुहोस्