काठमाडौं । काठमाडौंको पेप्सीकोलामा रहेको सनसिटी अपार्टमेन्टमा रहेका सबैको आज र्यापिड टेस्ट सुरु गरिएको छ । त्यहाँ रहेका सबैको टेस्ट अपार्टमेन्टमै पुगेर गर्न थालिएको हो ।
आज गरिएको र्यापिड टेस्टमा सबैजनाको रिपोर्ट नेगेटिभ आएको छ । बिहान ९ बजेदेखि त्यहाँ स्वास्थ्य मन्त्रायलबाट खटिएको टोलीले परीक्षण गरेको थियो । मंगलबार पीसीआरमार्फत गरिएको परीक्षणमा दुईजनाको पोजेटिभ रिपोर्ट आएको थियो । उनीहरुको घरमा काम गर्ने दुई युवाको रिपोर्ट पनि नेगेटिभ देखिएको बताइएको छ ।
गत चैत ८ गते सनसिटी अपार्टमेन्ट वेलफेयर सोसाइटीको चुनावमा संक्रमित परिवारका एक सदस्यले सहभागिता जनाएकाले अपार्टमेन्टमा रहेका सबैको परीक्षण थालिएको हो । सनसिटी अपार्टमेन्टमा रहेका पाँच ब्लकमा ५ सय परिवारका करिब १५ सयजना बस्दै आएका छन् । यहाँ रहेका सबैको र्यापिड टेस्ट गरी कोरोना संक्रमण रहे/नरहेको पत्ता लगाउनेगरी स्वास्थ्यकर्मीहरुलाई परिचालन गरिएको छ । हेरौं सनसिटी अपार्टमेन्टमा आज गरिएको र्यापिड टेस्टका बेला देखिएको थप दृष्य :