देश
काठमाडौं । अहिले विश्व नै कोरोना भाइरसको संक्रमणबाट आक्रान्त छ । कोरोना भाइसरबाट जोगिन अहिले विश्वका अधिकांश मुलुकले लकडाउन गरेका छन् । नेपालमा पनि अहिले लकडाउन चलिरहेको छ ।
कोरोना संक्रमणबाट बच्न लकडाउनसँगै विभिन्न गतिविधि भइरहेका छन् । यसै क्रममा काठमाडौंको वीर अस्पतालमा आउने सर्वसाधारणका लागि शरीर नै स्यानिटाइज गर्ने र ज्वरो नाप्ने गरिएको छ । शरीर स्यानिटाइजका लागि छुट्टै बुथसमेत बनाइएको छ ।
कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि मारवाडी युवा मञ्चको सहयोगमा बुथ बनाइएको हो । जहाँ वीर अस्पताल छिर्ने हरेक व्यक्ति यही बुथमा प्रवेश गरी सम्पूर्ण शरीर स्यानिटाइज गर्नुपर्छ । हेरौं थप तस्बिर :
प्रकाशित मिति: सोमबार, वैशाख १, २०७७ १३:३१
प्रतिक्रिया दिनुहोस्