site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चारवटा मात्रै हिट, हाइप बनाएका चलचित्र चलेनन्
SkywellSkywell

काठमाडौं । वर्ष ०७६ चलचित्र निर्माता, निर्देशक तथा कलाकर्मीका लागि सुखद रहेन । बक्स अफिसको कलेक्सन र परिस्थिति दुवैका हिसाबले यो वर्ष नेपाली चलचित्रको यात्रा सुखद् रहन सकेन । वर्षको सुरुका महिना बक्स अफिस कलेक्सन कमजोर हुँदा चलचित्रकर्मीको टाउको दुखाइको विषय बन्यो भने अन्तिममा कोरोनाको कहरले घाँटी निमोठ्यो । 

यो वर्ष दीपेन्द्र लामाको चलचित्र ‘छ माया छपक्कै’ सर्वाधिक ग्रस कलेक्सन गर्ने चलचित्रको सूचीमा अग्रपंक्तिमा रह्यो । दीपेन्द्रले निर्देशन गरेको चलचित्रमा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल र केकी अधिकारी मुख्य भूमिकामा थिए । यो चलचित्र दीपेन्द्रको निर्देशनभन्दा पनि दीपक–दीपाको ‘छक्का पञ्जा’को सिरिजका रूपमा दर्शकले लिएका थिए । 

कलेक्सनका हिसाबले ‘छ माया छपक्कै’ पछि चलचित्र ‘कबड्डी’को तेस्रो सिरिज दोस्रो स्थानमा आइपुग्यो । रामबाबु गुरुङको निर्देशन रहेको चलचित्रले उति धेरै सकारात्मक समीक्षा त बटुल्न सकेन । तर हलमा दर्शक भने बटुल्यो । यो चलचित्रमा रामबाबुले दयाहाङलाई मुख्य पात्र बनाएर चलचित्र निर्माण गरेका थिए । बक्स अफिसमा यसले निर्मातासँगै सिनेमा हल तथा वितरकलाई समेत खुसी दिन सकेको थियो । 

KFC Island Ad
NIC Asia

वर्ष ०७६ धेरैका लागि दुखद् बने पनि निर्देशक प्रदीप भट्टराईका लागि भने सुखद् रह्यो । यो वर्ष उनको तेस्रो निर्देशन चलचित्र ‘जात्रै जात्रा’लाई दर्शकले मन पराए । जात्राको सिक्वेलका रूपमा ल्याएका उनको चलचित्रले समीक्षा पनि राम्रै पायो । पैसा पनि राम्रै कमायो । 

उनले ‘जात्रा’ कै कलाकार लिए । तर त्यसबाहेक उनले अर्का पात्र पनि थपे, दयाहाङ राई । उनको उपस्थितिलाई दर्शकले रुचाएको पाइएको थियो । 

Royal Enfield Island Ad

प्रदीपको चलचित्र त सफल भयो नै उनी यो वर्षबाट सुरु भएको स्ट्यान्डअप कमेडीको रियालिटी सोको निर्णायकमा पनि मजाले जमे । फलतः उनलाई वर्ष ०७६ फाप्यो । 

वर्षको पहिलो महिना रिलिज भएको चलचित्र ‘दाल भात तरकारी’ पनि यो वर्ष बक्स अफिसमा राम्रै दरिएको चलचित्र हो । किरण केसीले निर्माण गरेको चलचित्रमा मह जोडी मात्रै होइन कुनै समयकी सुपरहिट नायिका निरुता सिंह पनि थिइन् । मुख्य भूमिकामा हरिवंश भएपछि चलचित्रको हाइप हुने नै भयो । चलचित्रले गज्जब हाइप बनायो । इनिसियल बक्सअफिस कलेक्सन पनि राम्रो गर्यो । तर यो चलचित्रलाई समीक्षकले भरमार गाली गरे । हरिवंशले दर्शकको गाली खाए । ओभर एक्ट गरेको, नाटकको जस्तो लामो सर्ट राखेको भन्दै उनको चर्को आलोचना भयो । समीक्षा र आम प्रतिक्रियाबाट आफूलाई पनि सिकाइ भएको स्वयं हरिवंशले नै बताए ।

फागुन ९ गते रिलिज भएको चलचित्र ‘आमा’ले यो वर्ष राम्रो समीक्षा मात्रै बटुलेन नाफा पनि कमायो । ‘पशुपतिप्रसाद’का निर्देशक दीपेन्द्र के. खनालले निर्देशन गरेको चलचित्रबाट उनले ‘पशुपतिप्रसाद’बाट कमाएको शाख पुनः बटुले । यो वर्ष राम्रो समीक्षा पाउने एकमात्र चलचित्र उनकै बन्यो । 

विडम्बना उनको चलचित्र प्रदर्शन भइरहेका बेला कोभिड–१९ को महामारी नेपाल छिर्यो । र यसबाट बच्न सरकारले सतर्कता अपनाउँदा सिनेमा हल बन्द भए । चलिरहेको चलचित्र हलबाट उत्रियो । त्यसपछि फागुनको दोस्रो साता अर्को चलचित्र ‘धुलो’ बिना पब्लिसिटी रिलिज भयो । दर्शकले आए–गएको पत्तै नभएको यही चलचित्र नै यो वर्षको अन्तिम चलचित्र बन्न पुग्यो । 

यी चारबाहेक रिलिज भएका ५१ चलचित्रले बक्स अफिसमा आफूलाई अब्बल साबित गर्न सकेनन् । ‘सेन्टिभाइरस’ले बक्सअफिसमा राम्रै उपस्थिति देखाए पनि उच्च लगानीका कारण धेरै नाफा कमाउन सकेन । राम्रो हाइप बनाएर पनि ‘घामड शेरे’, ‘हजार जुनीसम्म’, ‘मारुनी’, ‘रातो टीका निधारमा’, ‘साङ्लो’, ‘सेल्फी किङ’, ‘पासवर्ड’, र ‘आप्पा’ले दर्शकको मन जित्न सकेनन् । गत वर्ष ९६ चलचित्र रिलिज हुँदा यो वर्ष ५५ वटा मात्रै रिलिज भए । रिलिज डेट लिएर पनि चारवटा चलचित्र रिलिज हुन पाएनन् । यी चलचित्र पनि रिलिज भएको भए ०७६ मा प्रदर्शन हुने चलचित्रको संख्या ५९ पुग्थ्यो । 

यो वर्ष स्टारडम भएका भनिएका नायक अनमोल केसी, प्रदीप खड्का, सलिनमान बानियाँका चलचित्र रिलिज भएनन् । तर अभिनयमा अब्बल भनेर चिनिएका दयाहाङ राई र विपिन कार्कीका चलचित्र रिलिज भए । ‘सेल्फी किङ’ र ‘जात्रै जात्रा’मा विपिन देखिए भने ‘जात्रै जात्रा’, ‘कबड्डी कबड्डी कबड्डी’, ‘आप्पा’ र ‘सेन्टी भाइरस’मा दयाहाङ राईले अभिनय गरेका चलचित्र रिलिज भए । यसर्थ यो वर्ष उनीहरूकै रजगज रह्यो । 

कोरोनाका कारण यो वर्ष रिलिज डेट लिएका चलचित्र पनि पछि सर्नुपर्यो । कालो वर्षबाट सुरु भएको यो वर्षको नेपाली चलचित्रको यात्रा कालै भयोभन्दा फरक पर्दैन । 

प्रेम गीत ३, म यस्तो गीत गाउँछु २, चपली हाइट ३, नीरफूल र लक्का जवान यो वर्षको अन्तिममा आउने तयारी गरेर रिलिज डेट लिइसकेका चलचित्र पनि आउन पाएनन् । लक्का जवान र नीरफूलबाहेकका तीनवटै चलचित्र लार्जर देन लाइफको मान्यतामा रहेर बनेका चलचित्र हुन् । बिग बजेटमा बनेका चलचित्रको बैंकको मिटर ब्याज घुमिरहे पनि कोरोनाको कहर कहिले सकिएला र दर्शक हलमा गएर चलचित्र हेर्न थालेपछि रिलिज गरौंला भन्ने झिनो आशमा चलचित्रकर्मी कोरोना संक्रमणको अन्त्य कुरेर बसिरहेका छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत ३०, २०७६  २०:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro