site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ए कोराना : हामीलाई मार्न तिमी आउनु पर्दैन 
SkywellSkywell

खायो, पियो, खोरमै थुनिएर बस्यो ! ब्रोइलर कुखुराको जिन्दगी कति कष्टकर हुँदोरहेछ भन्ने महसुस गरायो यो लकडाउनले ।

आज एक किलो चामलमा कति गेडा हुन्छ भनेर थाहा पाइयो । भोली के थाहा पाउने होला ?

के म मात्रै हो जस्ले यो लकडाउनमा केही उपयोगी काम गरेको छैन ?

KFC Island Ad
NIC Asia

आफ्टर लकडाउन लुडो प्रतियोगिता भयो भने को बन्ला च्याम्पियन ?

नेपाल सरकारले कोरोना संक्रमण रोकथाममा लकडाउनको घोषणा गरेसँगै फेसबुकको वालभरि यस्तै यस्तै पोस्टहरुदेखिन थाले । 

Royal Enfield Island Ad

चीनको वुहानबाट सुरु भएको कोभिड–१९ अर्थात कोरोना भाइरस विश्वभरी फैलिएसँगै नेपालमा पनि माघ १० गते पहिलो संक्रमित देखियो । 

भने त्यसको २ महिना (चैत १०) दोस्रो संक्रमीत देखिएको भोलिपल्ट चैत ११ गतेदेखि नै सरकारले एक हप्ताको लकडाउन घोषणा गर्यो । 

तर त्यो एक हप्तामा संक्रमितको संख्या पनि बढ्दै गयो र सोही अनुरुप लकडाउनको समायावधि पनि बढ्दै गए । 

यता लकडाउनको समयावधि अनिश्चित हुन थालेसँगै नेपाली जनता झनै आकुलब्याकुल हुन थाले । 

यो लकडाउनमा आफूहरुमा झनै अत्यास बढ्न थालेको मन, दिमागमा अनावश्यक  कुराहरुले डेरा जमाउन थालेको हरेकको फेसबुक वालबाट प्रस्त देखिरहेको थियो । 

यो लकडाउनले हरेकको जनजीवन प्रभावित बनेको थियो र छ ।

बिपिन कुमार आचार्य र उनको टिम पनि चैतदेखि अडिशन सुरु गर्र्ने तयारीमा रहेको उनीहरुको नयाँ रियालिटी शो ‘दि लिदर’को  कामलाई स्थगित गर्नु परेर केही तनावमा थिए । 

‘कौन बनेगा करोडपती’ जस्तो अन्तराष्ट्रिय फ्रेन्चाइज शो लाई नेपालमा सफल रुपमा ‘को बन्छ करोडपती’को नाम बाट भित्राउन सफल एसआरबीएन मिडियाका सस्थापक तथा सीईओ र यस कविता प्रतियोगिताका निर्देशक तथा परियोजना प्रमुख हुन्, बिपिन कुमार आचार्य । 

उनलाई आफनो जस्तै लाखौं नेपाली मनहरु आत्तिरहेको महसुस भयो । 

“लकडाउनको समयमा मानिसहरु चामलको गेडा गनिरहेको अनि पानीको थोपा गनिरहेको थाहा पाउँदा हामी राम्रो बाटोमा गइराखेको छैनौं जस्तो मलाई महसुस भयो ।” उनले थपे “लकडाउन कहिलेसम्म खुल्छ भन्न सक्ने अवस्था थिएन त्यसैल यो समयमा केही सिर्जनात्मक काम गर्नुपर्छ भन्ने लाग्यो ।”

उनले आफ्नो सोच एसआरबीएनका बाँकी सदस्यहरुसँग सेयर गरे । केही सिर्जनात्मक  तर घरघरमै बसेर पनि सञ्चालन गर्न सकिने कस्तो कार्यक्रम गर्ने त भन्ने धेरै छलफलपछि निष्कर्ष निस्कियो ‘कविता प्रतियोगीता’ ।

त्यसको लागि खल्ती एपसँग पनि फोनमै कुराकानी भयो र यो कार्यमा सहकार्य गर्न तयार पनि भयो । 

सबै प्लान रेडी भएपछि फेसबुकबार्फत आधिकारीक रुपमा लकडाउनको दोस्रो साता चैत १९ गते घोेषणा गरियो ‘मझेरी : द लकडाउन पोयट्री शो’ । 

लकडाउनले जीवन लक गर्दा,

देशमा तमाशा बढ्दैगर्दा,

ए कोरोना, तिमीलाई भन्न मन छ,

हामीलाई मार्न तिमी आउनै पर्दैन ।

हामी त भोकमरीले मर्ने मान्छे ।

हामी त सिटामोल नपाएर मर्ने मान्छे । 

यो लकडाउनलाई सिर्जनाशील बनाउनुहोस् ।

यही कवितामयी नाराका साथ सुरु भएको ‘मझेरी : द लकडाउन पोयट्री शो’मा निर्णायकको रुपमा छन्, युवा कवि नवराज पराजुली । 

टिभीमा आधारित रियालिटी शो आयोजना गर्दै आइरहेको आर्चाय सुरुमा केही आत्तिएका थिए । कारण यस्तो प्रतियोगिता अहिलेसम्म नेपालमा भएको छैन । फेरि दर्सकले भाग लिने हुन वा होइनन् यावत प्रश्नहरुले उनको मनलाई गाँजेको थियो । 

तर अहिले उनी निकै खुशी छन् र टिभीमा मात्रै नभई युट्युबमा पनि राम्रो रियालिटी शो हुन्छ भन्ने बाटो देखाउन आफ्नो टिम सफल हुने कुरामा उनी ढुक्क छन् । 

प्रतियोगिता घोषणा गरेको केहीदिनमै दर्सकको दिनप्रतिदिन बढ्दै गएको सहभागीता र प्रतिक्रियाले अहिले आचार्य निकै खुशी छन् । उनका अनुसार शनिबारसम्ममा ५०० भन्दा धेरै सहभागीहरुको भिडियो आइसकेको छ । 

प्रतियोगीहरु देश तथा विदेशबाट पनि उतिकै मात्रामा छन् । र विशेषगरि विदेश गल्फ देशका नेपाली र मोफसलका प्रतियोगीहरु धेरै छन् । 

कुनै कुनै घरबाट त आमा छोरी, दिदीबहिनी दुबै सहभागी भइरहेका छन् । को बच्चा को वृद्धा ६०,६५ वर्षीय प्रतियोगीहरु पनि सहभागी भएको देख्दा आचार्य आफ्नो प्रयास सफल भइरहेको देखेर भित्रभित्रै गद्गद् छन् । 

लकडाउनको दोस्रो सातासम्म मात्रै सञ्चालन गर्ने भनेर सुरु गरिएको यस कविता प्रतियोगिता लकडाउनको समयावधि बढेसँगै बढ्दै छ । 

“कमाउने भन्दा पनि यस्तो कठिन परिस्थितीमा उहाँहरुको मन र माइन्डलाई यता सिर्जनात्मक काममा भुलाउन सकिन्छ की भन्ने मात्रै हाम्रो कोशिस रहेको छ ”आर्चायले यस प्रतियोगीताको उद्देश्य प्रस्त पारे । 

तर टिभीमा प्रत्यक्ष गरिने रियालिटी शो भन्दा यो भर्चुअल प्रतियोगीता आयोजना गर्न केही गाह्रो भएको उनी बताउछन् । 

सबै टिम आ–आफनै घरमा भएकोले आफुसँग जे छ त्यही सामानको प्रयोग गरेर कामगर्नुपर्दा भिडियो र अडियो लगायतका प्राविधिक कुरामा गुणस्तरीय बनाउन भने केही समस्या आयोजक टिमले सामना गरिरहेका छन् । 

युट्युबको भिउजको ५० प्रतिशत र ५० प्रतिशत भने निर्णायक नवराज पराजुली र एसआरबीएन मिडिया टिमको आधारमा उत्कृष्ट तीन छानिने छन् । 

त्यस्तै निर्णायक नवराज पराजुली पनि यो डरलाग्दो अत्यासपूर्ण मानसिकताले गाँजेको समयमा यस लकडाउन कविता प्रतियोगीताले केही राहत मिल्नेमा विश्वस्त छन् । 

उनी यो प्रतियोगीता नयाँ लेखकहरुको लागि राम्रो अवसर भएको मान्छन् । “यस्तो कार्यक्रम अरुबेला पनि भइराख्नुपर्ने थियो । तर पनि अहिलेबाटै भए पनि सुरु भएको छ । यो कार्यक्रमसँग निर्णायकको रुपमा जोडिन पाउँदा म खुशी छु,” उनले भने ।  

सिर्जनालाइक केहीले पनि रोक्न नसक्ने बताउने उनी यो लकडाउन होस या नहोस, पढ्ने, लेख्ने कार्यमै व्यस्त हुन्थे । 

“लेखकलाई कसैले वा भनौं कुनै पनि परिस्थिीतीले रोक्न सक्दैन । तर यती भनिरहँदा म यो पनि नकार्दिन की यो त्रासपूर्ण समयमा एकाग्र भएर मनलाई विचल्लीत बनाउन केही गाह्रो नै हुन्छ ।”

यस्तो कोरोनाको क्रासले भरिएको समयमा आफुले आफैलाई एक्सप्रेस गर्ने मौका लकडाउन कविता प्रतियोगीताले दिएको उनी विश्वास गर्छन् । 

दैनिक जीवनमा धेरै कुरालाई लिएर भागदौडका कारण केही लेख्न र आफैले आफैलाई अनि आफनो वरिपरिको व्यतिm र वातावरणलाई नियाल्न नपाइरहेका कविहरुको लागि यो प्रतियोगीता आफुले आफैलाई नियालेर शब्दमा उतार्ने राम्रो मौका भएको पनि उनी बताउछन् ।

कवि पराजुलीका अनुसार जित्ने र हार्ने भन्दा पनि यस प्रतियोगीतालाई वास्तवमै लेख्नेहरुको लागि एउटा राम्रो स्थान भएको छ । अहिलेसम्म भाग लिएका सबै प्रतियोगीहरु भर्चुअल गु्रपमा जोडिसकेका छन् । 

यस ग्रुपमार्फत अब उनीहरु एकअर्कालाई सहयोगगर्दै, सिक्दै अनि सिकाउँदै अघि बढ्दै जाने हो भने भविष्यमा राम्रो कविहरुको जन्म हुने कुरामा उनी विश्वस्त छन् । 

००० 

प्रतियोगीतामा भाग लिनको लागि विषय, उमेर, शब्द, भाषा, समय केहीमा पनि बन्देज छैन । 

तर कविता आफनै सिर्जना हुनुपर्नेछ । आफैले लेखेको कविता आफैले वाचन गरेको भिडियो majheripoetry@gmail.com मा पठाउनु पर्ने हुन्छ । 

सहभागीहरु मध्ये अन्तिममा उत्कृष्ट तीन विजेता छानिने छन् । पहिलो हुनेले एक लाख, दास्रोले ५० हजार र तेस्रो विजेतालो २५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । प्रतियोगीहरुको भिडियो गुन्द«को युट्युब पेजमार्फत हेर्न सकिन्छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत ३०, २०७६  १९:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro