site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
विपत्‌मा पनि भ्रष्टाचार ? 

केदार प्रसाद घिमिरे (माग्ने बुढा) लाई दीपकराज गिरीले वैशाखको पहिलो साता चलचित्र छक्का पञ्जा ४ को स्क्रिप्टको फाइनलमा बसौंला भनेका थिए । त्यही मनोविज्ञानअनुसार केदार सोही समय पर्ने कामलाई अगाडि वा पछाडि सारेर  वैशाख पहिलो साता छक्का पञ्जा ४ को स्क्रिप्टलाई समय मिलाउँदै थिए । जेठको पहिलो साताबाट चलचित्र फ्लोरमा जाने तयारी थियो । 

“वैशाखको पहिलो साता होइन चैतमै बसियो नि,” केदार हाँस्दै भन्छन् । मेला महोत्सवमा बाक्लै हिँड्ने उनका तय भइसकेका कार्यक्रम स्थगित भए । कोरोनाको संक्रमण फैलिन नदिन सरकारले लकडाउन गर्यो । आम नेपाली झैं केदार पनि घरमै बस्नुपर्ने भयो । नागरिककै स्वास्थ्यका लागि सरकारले गरेको आग्रह मान्नै पर्यो । घरमा बस्नुको विकल्प छैन । बिहान ६ बजेभन्दा अगाडि नै केदार घरनजिकै मर्निङङ वाकका लागि निस्किन्छन् । जब अरू पनि उठ्न थाल्छन्, त्यसपछि उनी घर पस्छन् । कारण भीडभाडमा जानु हुँदैन भन्ने उनलाई थाहा छ । त्यसपछिको केही समय केदार आफ्नो घरकै कम्पाउन्डमा केही समय हिँड्छन् । 

त्यसपछि घरमै कैद हुन्छन् उनी । केही दिनअगाडि केदारलाई चेतनामूलक सामग्री निर्माणका लागि नेपाल टेलिभिजन घरमै लिन पुग्यो । नेपाल टेलिभिजन पुगेर आम नागरिकको चेतनाका लागि भिडियो बनाए । अन्यथा घरमै छन् उनी । 

Dabur Nepal

लकडाउन पहिलादेखि नै उनी कमेडीका केही पुस्तक पढिरहेका थिए । तीनै पुस्तक पढिरहेका छन्, केदार । बिहान पनि पढ्ने, दिउँसो पनि पढ्ने अनि बेलुका पढ्ने भएको छ, उनको काम भएको छ । 

कोठाबाट किचन किचनबाट कोठासम्म । छतबाट कम्पाउन्डसम्म कम्पाउन्डबाट छतसम्मको यात्रा मात्रै हो अहिले । “कहिले छतमा बसेर भिडियो बनायो कहिले कम्पाउन्डमा बसेर बनायो यसैगरी बिताइरहेको छु,” केदार सुनाउँछन्, “बाँकी समय कमेडी राइटिङ कोर्सको किताब पढ्छु ।”

केदार भन्छन्, “बिहान पढ्यो, दिउँसो पढ्यो अनि बेलुका पनि पढ्यो, कति पढ्नु ? छिमेकीसँग पर्खालमा घाँटी तन्काएर गफ कति गर्नु, भेटेर गफिन मिल्दैन । घुमफिर गरिरहनेलाई घरमा बसिरहन सजिलो रहेनछ । 

केही चेतनामूलक भिडियो नेपाल टेलिभिजन गएर बनाए, केही घरमै बसेर बनाए । उनी पनि अरूले जस्तै कोरोना भाइरसबाट कसरी बच्ने भन्ने सन्देश सामाजिक सञ्जालमार्फत दिइरहेका छन् । 

आपत् विपत्‌मा सेलिब्रिटीको एक वाक्यले पनि ठूलो अर्थ राख्छ । जसलाई धेरैले आदर्श मान्छ उनीहरूका लागि सेलिब्रिटीको आग्रहको अर्थ रहन्छ । तर यो समय सरकारले सेलिब्रिटीलाई उपयोग गर्न नसकेको केदार बताउँछन् । 

“कलाकार आफैंले गरिहाल्छन् भनेर पनि होला, गरिरहेकै पनि हो । तर यहीबेला सरकारले गरेका विवादास्पद निर्णय र स्वास्थ्य सामग्रीमा भ्रष्टाचार गरिएका समाचार जसरी आए त्यसपछि कलाकारको पनि जाँगर मारेका हुन् कि जस्तो लाग्छ,” केदार भन्छन्, “जाँगर जागोस् पनि कसरी, यस्तो महामारीमा स्वास्थ्य सामग्री जस्तो गम्भीर कुरामा पनि भ्रष्टाचार भएको कुरा बाहिर आउँछन् ।”

हलिउड बलिउडमा जस्तो नेपालमा करोडौं कमाउने कलाकार छैनन्, जति छ, त्यसबाटै गाँस कटाएर सहयोग गर्ने हो । तर सरकारले कलाकारहरूले व्यक्तिगत रूपमा अथवा सामुहिक रूपमै आग्रह गरेरै योजनाबद्ध सहयोग गर्नुपर्यो भन्न सक्नुपथ्र्यो । तर, त्यसमा सरकार चुकेको केदार बताउँछन् ।
० ० ०
लकडाउन, चलचित्र र कलाकारबारे उनी गम्भीर समीक्षा गर्छन् । निर्माता निर्देशकका हातमा चलचित्र छन् । चलचित्र रेडी छन्, तर यो मितिमा रिलिज गर्छु भनेर घोषणा गर्ने अवस्था छैन । पहिलो कुरा, कोरोनाको संक्रमण कहिलेसम्म रहन्छ थाहा छैन । दोस्रो पक्ष संक्रमण रोकिएपछि पनि हलसम्म दर्शक जाने वातावरण कहिले बन्छ थाहा छैन । 

चलचित्र मनोरञ्जन हो । म जीवन सहज भएका बेला लिने चिज हो । त्यसैले संक्रमण सकिएको लोमो समयसम्म यसको असर पर्ने उनी बताउँछन् ।  

चलचित्र उद्योगमा असर पर्नु भनेको कलाकार, चलचित्रकर्मी तथा प्राविधिकमा असर पर्ने केदार बताउँछन् । “राजनीतिक उथलपुथल होस् अथवा प्राकृतिक प्रकोप वा विपत् त्यसको पहिलो असर मनोरञ्जन उद्योगमा पर्छ,” केदार भन्छन्, “चलचित्र विलासिताभित्र पर्ने भएकाले यस्तो अवस्थामा पहिलो असर अर्थतन्त्रसँगै कलाकारमा पर्छ । कलाकार करिब करिब बेरोजगारीको अवस्थामा पुग्ने सम्भावना छ ।”

लकडाउनको असर अहिले नै देखिन थालिसक्यो । चलचित्र प्राविधिकहरूलाई कलाकारहरूले सहयोग गरिरहेका छन् । चलचित्र खिच्ने व्यक्तिले चलचित्र खिच्न पाएन भने उसले के गर्ने ? केदार भन्छन्, बेरोजगार हुनुपर्छ । होइन भने अर्को कुनै पेसा अपनाउनुपर्छ । जुन लगानी सीपका हिसाबले पनि सहज छैन ।  
० ० ०
सामाजिक सञ्जालको घुमाइ पनि केदारलाई दिक्क लाग्छ । सामाजिक सञ्जालमा अधिकांश भिडियो तथा अन्य सामग्री भ्रामक छन् । आम मान्छेले कुन सही हो र कुन गलत छुट्याउन सक्दैन । त्यस्ता व्यक्तिमा यसको प्रभाव कस्तो पर्छ भन्नेमा सचेत नभएको देख्दा उनलाई दिक्क लाग्छ । 

कोरोनाका कारण भन्दै रगत छादेर मरेको भिडियो आउँछ । अत्यासलाग्दा सामग्रीले व्यक्तिको मनोविज्ञानमा ठूलो प्रभाव पार्न सक्नेभन्दै केदार भन्छन्, “यसको असर पछि देखिन सक्छ, अहिले सबै भित्र छन्, अस्पताल कोही गएको छैन, त्यसैले थाहा नभएको पनि हुनसक्छ ।”

केदार कुन न्युज पोर्टल अथवा टेलिभिजनले सत्यतथ्य समाचार दिन्छ, त्यो खुट्याएर मात्रै विश्वास गर्न उनी आम सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गर्छन् ।  
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत २४, २०७६  १२:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro