site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सचिवालय बैठक बोलाउन नेकपामा चर्को दबाब, झलनाथ भन्छन्– आजै बोलाउनुस्
SkywellSkywell

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र अन्तरकलह चुलिएको छ । चिकित्सा सामग्री खरिद् प्रकरणमा अनियमिता भएको र उपकरण किन्न सेनालाई जिम्मा लगाउने सरकारको तयारीपछि नेकपाभित्रको विवाद चरमउत्कर्षमा पुगेको छ ।

नेकपामा सचिवालय सदस्यहरूले तुरुन्तै बैठक डाकेर समाधान खोज्न नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।

पार्टीका वरिष्ठ नेता झलनाथ खनालले आइतबारै बैठक बोलाउन माग गरेका छन् । बाह्रखरीसँगको सङ्क्षिप्त कुराकानीमा पूर्वउपप्रधानमन्त्रीसमेत रहेका खनालले भने, “हामी बैठकको माग गरिरहेका छौं । कहिले राख्नुहुन्छ अध्यक्षहरूले, हामीले उहाँहरूलाई सोधिरहेका छौं ।”

KFC Island Ad
NIC Asia

उनले दुवै अध्यक्षलाई बैठक किन नबसेको भनेर सोधेको जानकारी दिए । “बैठक त के भयो र आज बोलाए पनि हुन्छ, हामी सबैले माग गरिरहेका छौं कहिले बोलाउँछन्, हामी पर्खंदै छौं,” उनको भनाइ थियो ।

चौथो वरीयताको नेता माधवकुमार नेपालले पनि बैठकको बाटो हेरिरहेको टिप्पणी गरे । बाह्रखरीसँग छोटो कुरा गर्दै नेता नेपालले भने “बैठकको बाटो म पनि पर्खिइरहेको छु ।”

Royal Enfield Island Ad

सञ्चारमाध्यमले झैं आज–भोलि बस्ला भनेर अनुमान गर्न बाध्य भएको उनको भनाइ थियो । “सञ्चारमाध्यमलेझैं मैले पनि अनुमान गरिरहेको छु । यसै भन्न सक्दिनँ,” उनले थप टिप्पणी गरे ।

पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपालले चिकित्सा सामग्री खरिद् गर्न सेनालाई जिम्मा लगाउने र चिकित्सा सामग्री खरिदमा भएको अनियमितताबारे भने कुनै टिप्पणी गर्न रुचाएनन् । “अनियमितता बारे सार्वजनिकरूपमा नबोलौं । बैठकमै बोल्छु । अरू नेताजस्तै त हुनु भएन नि !,” उनको भनाइ थियो ।

पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि यथाशीघ्र बैठक डाक्न नेतृत्वको ध्यानाकर्षण गराएको बताए । “बैठक अहिलेसम्म आह्वान भएको खबर आएको छैन ।अलिअलि अप्ठ्यारो भए पनि लकडाउन (बन्दाबन्दी)को कारणले मात्रै बैठक प्रभावित हुनुपर्ने म देख्दिनँ,” उनी भन्छन् ।

लकडाउनको कारणले मन्त्रिपरिषद् बैठक, कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक नरोकिएको बताउँदै सचिवालय सदस्य तथा प्रवक्ता श्रेष्ठले थपे, “सरकारका बैठकहरू रोकिएका छैनन् ।क्याबिनेट, समन्वय समितिको बैठक पनि बसिराखेकै छ । त्यसैले लकडाउनको कारणले नबस्ने भन्ने नहोला । बस्न सकिन्छ भन्ने लाग्छ ।”

उनले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई बैठक डाक्न भने पनि आह्वान नभएको बताए । “के कारणले हो बैठक बोलाउनुभएको छैन । मैले बैठक माग गरिरहेको छु । अध्यक्षहरूलाई भनेको छु ।”

उनका अनुसार अध्यक्षले शनिबारै बैठक डाक्ने भने पनि बस्न नसकेको बताए । “अध्यक्षहरूले एकपटक बस्ने भन्नुभएको थियो । हिजो नै बस्ने कुरा पनि थियो । पछाडि त्यस्तो भएन ।”

सचिवालयका नेताहरूले सामुहिक पहल गरेर बैठक डाक्न नेतृत्वको ध्यानकर्षण गराउनुपर्ने प्रवक्ता श्रेष्ठको भनाइ थियो । पार्टी उपाध्यक्ष वामदेव गौतमले पनि निरन्तर बैठक डाक्न अध्यक्षहरूलाई घच्घच्याएका छन् । तर, सुनुवाइ नभएको भन्दै रुष्ट रहेको उनीनिकट स्रोतले बाह्रखरीलाई जानकारी दियो ।


 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत २३, २०७६  ११:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro