site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
धार्चुलामा अलपत्र नेपालीका विषयमा परराष्ट्रमन्त्री भन्छन्– ‘भारतसँग प्याकेजमै कुरा भइरहेको छ’

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सीमामा अलपत्र परेका नागरिक नेपाल, भारत दुवै देशको समस्या भएकाले ‘प्याकेज’मै कुरा भइरहेको बताएका छन् ।

दार्चुला सदरमुकाम पारिपट्टि धार्चुला झण्डै सात सय नागरिक अलपत्र परेपछि भारतसँग कुरा गरेर समस्या समाधान गर्न नेपाल सरकारले प्रयत्न गरिरहेको बताएका हुन् ।

“वीरगञ्जमा भारतीय कामदार जान नपाएर अड्किएको भन्ने सूचना आएको छ । धार्चुलामा पनि त्यस्तै समस्या छ । भारतसँग प्याकेजमै कुरा गरेर समाधान गर्ने प्रयत्न भइरहेको छ,” बाह्रखरीसँग सङ्क्षिप्त कुराकानी गर्दै ज्ञवालीले भने ।

उनले नेपालतर्फ अलपत्र परेकालाई नेपालमै र भारततर्फ अलपत्र रहेकालाई उतै व्यवस्थापन गर्ने, सीमाकै विन्दुका क्वारेन्टिन गर्ने विकल्पमा पनि छलफल भइरहेको र कसैलाई अप्ठ्यारोमा नपारिने दोहोर्‍याए ।

“धार्चुलामा रहेका नेपालीली दाजुभाइ दिदीबहिनीहरूलाई पनि हामीले आवश्यक खाद्यन्नको व्यवस्था गर्न, भोको नराख्न प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइसकेका छौै । निर्देशन कार्यान्वयन भइसकेको हुनुपर्छ ” उनले दाबी गरे ।

वीरगञ्जमा रोकिएका भारतीय नागरिकलाई पनि आवश्यक व्यवस्था गर्न निर्देशन दिइसकिएको ज्ञवालीको भनाइ थियो । ज्ञवालीले छिट्टै सीमामा रहेका नागरिकको व्यवस्थापन गरिने भएको धैर्य गर्न आग्रह पनि गरे ।

दार्चुला सदरमुकाम पारिपट्टि धार्चुलाको जवाहरसिंह स्टेडियममा ३ सय २५ जना, बलुवाकोट महाविद्यालयमा ६० जना, जौलजीवीमा १ सय १० जना र काञ्जी हाउसमा १ सय ६५ जनालाई राखिएको छ । त्यहाँ रहेका नेपालीहरूले खानेकुरा र पिउने पानी पनि नपाएको भन्दै देश छिर्न याचना गरिरहेका छन् ।

यो पनि पढ्नुहोस्

नेपाल सरकार हामीलाई गोली हान !


 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत १८, २०७६  ११:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro