site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विदेशमा रहेका नेपालीको चुनाव चासो
SkywellSkywell

काठमाडौं । रामेछाप मन्थलीका सञ्जय कार्की जापान बसेको छ वर्ष भयो । रत्नराज्यलक्ष्मी क्याम्स (आरआर) बाट पत्रकारितामा स्नातक गरेका उनी राजनीतिप्रति निकै चासो राख्छन् । संविधानसभाका दुबै निर्वाचनमा मतदान गरेका कार्कीलाई अहिले पनि नेपाल आएर मतदानमा सहभागी होऔं भन्ने लाग्छ । उनले नेपाल आउने प्रयास पनि गरे तर विदा मिलेन ।

“निर्वाचनमा सहभागी हुने इच्छा थियो । प्रयास पनि गरेको हो तर स्टुडेन्ट भिसाबाट वर्कपरमिटका लागि प्रयास गरिरहेकाले मिलेन,” जापानको टोकियोस्थित इके बुकुरोमा रहेका कार्कीले फेसबुक म्यासेन्जरमा बाह्रखरीसँग भने, “आफ्नै दिदी मन्थली नगरपालिकामा उपमेयरमा उठ्नु भएको छ । तर, म नै आउन पाइन । मन बाँधेर बसेको छु ।”

नुवाकोट स्थायी घर भएका गोकर्ण अधिकारी ढेड वर्ष पहिले जापान पुगे । जापानमा रहेका उनलाई अहिले नेपाल जाउँजाउँ लागेको छ । “आफ्नै गाउँठाउँको विकास गर्ने नेतालाई छान्ने बेलामा परदेशमा छु । यो पटक दललाई भन्दा पनि व्यक्तिलाई हेरेर मतदान गर्ने मन थियो,” अधिकारीले भने, “जुन बेला लहलहमै लागेर भोट आल्ने उमेर थियो त्यो बेला गाउँमै थिएँ , अहिले कस्ता व्यक्तिलाई मतदान गर्ने भन्ने थाहा भयो तर यही बेला मतदानबाट बञ्चित हुनुपर्यो ।”

KFC Island Ad
NIC Asia

सरकारले तोकेको मितिमा चुनाव हुन्छ कि हुँदैन भन्ने दोधार भएकै कारण कति नेपाली नेपाल जान नपाएको उनले बताए । “चुनाव हुने सुरुमै पक्का भएको भए एक हप्ताका लागि मात्रै भए पनि नेपाल आउन सकिन्थ्यो । यस्ता साथीहरु मैले धेरै भेटेको छु,” अधिकारीले भने, “यहाँ रहेका नेपालीलाई पनि चुनाव लागेको छ । दलमा आबद्ध भएकाहरु पार्टी कालो होस् या निलो मेरै पार्टी र नेता गोरो भनेर लागेका छन् । फेसबुकमा पनि त्यस्तै सामग्री पोष्ट गरिरहेका छन् । बाँकी स्वतन्त्र मौन नै छन् । बुझेकाहरु हाम्रा भन्दा राम्रालाई चुनौं नै भनिरहेका छन् ।”

जापानमा रहेको नेपाली समुदायले पनि नेपालको मतदानमा प्रभावित पार्ने उनको भनाइ छ । “ठूलो समुदायमा रहेका नेपालीले घरमा रहेका आफ्ना आफन्तलाई उमेदवारका बारेमा जानकारी लिएर ‘फलानो’ लाई मतदान गर्नुस् भनेर भनिरहेका छन्,” अधिकारीले भने । 

Royal Enfield Island Ad

पहिलो संविधानसभामा आफ्नो मताधिकार प्रयोग गरेका सिन्धुली भिमान बजार ९ पवन पौडेले अहिले अमेरिका छन् । भियाना, अष्ट्रिया, जर्मनी, पोल्याण्ड लगायत युरोपका विभिन्न राष्ट्र हुँदै अहिले अमेरिकाको क्यालिफोर्नियास्थित सिलिकिन भ्यालिमा रहेका पवनलाई पनि नेपालमा हुन गइरहेको स्थानीय तहको निवार्चनबारे कम चासो छैन । हरेक मिडियामा छाइरहेकी रञ्जु दर्शनादेखि गुमनाम जस्तै बनेका किशोर थापासम्मको जानकारी छ । 

“तपाइँ हामै्र  कति साथी यो पटक चुनावमा उठेका छन् । युवा पुस्ताको सहभागीता राम्रो हो,” उनी भन्छन्, “तर, युवा युवा भन्ने जनताले उनीहरुलाई कत्तिको पत्याउँदा रहेछन् त्यो भने हर्ने बाँकी नै छ ।”

मतदानको रहर भएपनि आउन नपाएको गुनासो गर्दै उनी भन्छन्, “मतदान गर्न मात्रै भए पनि आउने रहर त थियो । तर मतदान गर्न होइन मतदानको परिणाम आइसकेपछि हार्नेलाई सहानुभूती र जित्नेलाई बधाइदिन भने आउँछु होला । बाध्यताबस मतदान गर्न भने आउन नपाउने भएँ ।”  

पाल्पामा जन्मिएकी राधिका विष्ट पनि अहिले अष्ट्रेलियामा नै छन् । सन् २००७ मा अष्ट्रेलिया पुगेकी उनी नेपालको राजनीतिप्रति निकै चासो राख्छिन् । 

अहिलेसम्म मतदान नै नगरेकी उनलाई हरेक शासन व्यवस्थामा एउटै व्यक्ति दोहोरिएको पटक्कै मन परेको रहेनछ । “राजाको शासन व्यवस्थामा पनि कमल थापा नै थिए । अहिले पनि उनै छन् । उनी त प्रतिनिधि पात्र मात्रै हुन् यस्ता थुप्रै व्यक्ति छन्,” गायिका समेत रहेकी राधिका भन्छिन्, “अब भने नयाँ व्यक्तिले केही गर्छन् कि भन्ने आशा हो, विवेकशील र साझा पार्टीले केही गर्छन् कि भन्ने लागेको छ । हेरौं के हुन्छ ।”  

अहिलेको निर्वाचनमा कानुनले नै महिला तथा सीमान्तकृत समुदायलाई अगाडि सारेकोप्रति भने उनले खुसी व्यक्त गरिन् । लामो समयसम्म चुनाव नहुँदा विकासका काममा अवरोध आएको भन्दै त्यो हट्ने र विकासले गति लिने उनको विश्वास छ । “नेपालीहरु जमघट भएका बेला पनि यस्तै विषयमा कुरा हुन्छ,” उनले भनिन्, “यहाँ बसेपनि चासो नेपालकै हुन्छ । प्रत्यक घटनाको पलपलमा अपडेट लियो बस्यो । मन त नेपालमै हुन्छ ।”

उनका अनुसार अष्ट्रेलियामा नेपाली चुनावको रौनक छ । दलहरुका सम्पर्क समिति देखि एनआरएनए सम्मले चुनावका कार्यक्रम गरिरहेका छन् ।  “हामी त चुनावको नतिजा हेर्ने मात्रै हो । यहाँबाट यत्ति भन्न सक्छौं, राम्रो क्यानिडेटलाई मात्रै मतदामन गर्नुस् । निर्णायक त तपाइँहरु नै हो ।” 

काठमाडौंकी सुजता उपाध्याय अष्ट्रेलिया बस्न थालेको एक दशक भयो । पेशाले गायिका उनले नेपालमा अहिलेसम्म मतदान गर्न पाएकी छैनन् । 

“मतदान गर्ने रहरमै सीमित भयो । यो पटक पनि निर्वाचन केही अगाडि नेपाल पुगे पनि एक महिना अगाडि अष्ट्रेलिया फर्किनु पर्यो,” सुजताले भनिन्, “मतदान गर्ने त मेरो रहरै मात्रै भयो ।” सुजतासँग नेपालमा मतदान गरेको अनुभव नभए पनि  अष्ट्रेलियामा भने मतदान गरेको अनुभव छ । 

आफूले मतदान गर्न नपाए पनि राम्रो उमेदवारलाई चयन गर्न उनले अष्ट्रेलियाबाटै सुझाव दिइन् । देश र जनताका लागि काम गर्ने मान्छेलाई चयन गर्नु पर्ने भन्दै सुजता भन्छिन्, “कसैको लहलहैमा लागेर मतदान गर्नेभन्दा पनि आफ्नै तजविजीले राम्रो व्यक्ति चयन गर्नुपर्छ ।”

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख २७, २०७४  १०:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro