-1735822270.jpg)
काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारको नीति तथा कार्यक्रम जनतामा आशा जगाउनेजस्तो नदेखिएको टिप्पणी गरेको छ । शुक्रबार संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै माओवादी प्रवक्ता अग्नि सापकोटाले सरकारको नीति तथा कार्यक्रम परम्परावादीजस्तो रहेकाले यसमा जनतामा आशा जगाउनेजस्तो केही नदेखिएको बताए ।
उनले नीति तथा कार्यक्रममा आगामी मार्गचित्र प्रष्टसँग नआएको जिकिर गरे । त्यस्तै, अनुगमनमाथि पनि अनुगमन गर्ने विषयले सरकारले आफैँले आफैँलाई विश्वास नगरेको संकेत गरेको उनले बताए ।
सापकोटाले नीति तथा कार्यक्रमकै आधारमा बजेट आउने भएकाले सरकारको बजेट पनि कर्मकाण्डजस्तै आउने देखिएको जिकिर गरे । सुशासन, सेवा प्रभाव र भ्रष्टाचार नियन्त्रणका विषयमा समेत सरकारको प्रष्ट दृष्टिकोण आउन नसकेको उनको भनाइ छ ।