site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नीति तथा कार्यक्रम सन्तुलित र प्रतिफलमुखी : योगेश भट्टराई

काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रम सन्तुलित भएको बताएका छन् । शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रमका बारेमा पत्रकारहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् ।

उनले नीति तथा कार्यक्रममा शिक्षा र स्वास्थ्यका विषयमा बढी जोड दिइएको बताए । शिक्षालाई व्यावसायिक र प्राविधिक धारको रूपमा विकास गर्ने नीतिमा आएको उल्लेख गरे । १२ कक्षा उत्तीर्ण गरेका विद्यार्थीलाई आत्मनिर्भर हुने गरी स्व:रोजगारको व्यवस्था गर्ने सकारात्मक पक्ष भएको उनको भनाइ छ ।

उनले स्वास्थ्य सेवालाई सहज बनाउन स्वास्थ्य बिमा कार्यक्रममा जोड दिएको उल्लेख गरे । राष्ट्रिय गौरवका आयोजनाहरूको पूर्वाधार विकासलाई प्राथमिकीकरण गरी प्रतिफलमुखी बनाउन नीति तथा कार्यक्रममा जोड दिएको उनको भनाइ छ ।

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख १९, २०८२  १९:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro