site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आशा गरिएको जस्तो गुणात्मक महत्त्वको आएन : बाबुराम भट्टराई

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले नीति तथा कार्यक्रम गुणात्मक महत्त्वको नभएको बताएका छन् । शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम सार्वजनिक गरेपछि संसद् परिसरमा सञ्चारकर्मीहरूसँग बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले नीति तथा कार्यक्रम गुणात्मक महत्त्वको आउँछ भन्ने अपेक्षा गरे पनि त्यसो हुन नसकेको उल्लेख गरे । नीति तथा कार्यक्रममा निरन्तरताकै लागि आएको जस्तो देखिएको बताए ।

पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले नीति तथा कार्यक्रममा केही सुधारात्मक कुराहरू भए पनि अहिलेको लागि त्यो पर्याप्त नभएको जिकिर गरे । जनताको जीवनमा असर पार्ने र मानिसले अपेक्षा गरे अनुसारको ठोस विषयहरू नसमेटिएको बताए ।

“अलि गुणात्मक महत्त्वको आउँछ कि भन्ने अपेक्षा थियो, तर उहाँहरूले निरन्तरतामै ल्याउनुभयो कि जस्तो लाग्यो । आउन त सबै कुरा आएको छ तर त्यो मात्रात्मक, सुधारात्मक तरिकाले आयो । देशको आवश्यकता सबै क्षेत्रमा गुणात्मक महत्त्वको आउँछ कि भन्ने मेरो अपेक्षा थियो । मैले त्यसो पाइन । निरन्तरतामै त्यो आयो । केही सामान्य कुराहरू त छन्, सुधारात्मक छन् । तर, अहिलेको निम्ति त्यति पर्याप्त छैन । जनताको जीवनमा असर पार्ने ठोस कुराहरू, जो मानिसले अपेक्षा गरेको छ त्यो चाहिँ आएन,” उनले भने । 

उनले यो नीति तथा कार्यक्रमले नागरिकमा आशा नजगाउने दाबी गरे ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख १९, २०८२  १८:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro