काठमाडौं । कोभिड १९ को महामारी विश्वभर । नेपालमा पनि संक्रमणबाट जोगिन लकडाउनको अवस्था । यही क्रममा काठमाडौं महानगरपालिकाले आफ्ना क्षेत्र विशेषगरी भीड हुने क्षेत्रमा हिजो (बुधबार) बाट कीटनाशक औषधि छरेर संक्रमण न्यूनीकरणको प्रयास गरिरहेको छ ।
यसै क्रममा आज (बिहीबार) पनि महानगरपालिकाले काठमाडौंका विभिन्न स्थानमा कीटनाशक औषधि छर्किएको छ । यसैक्रममा काठमाडौंको वसन्तपुर दरबार क्षेत्रमा पनि महानगरपालिकाले औषधि छर्किएको छ ।मानिस धेरै जम्मा हुने क्षेत्रलाई प्राथमिकतामा राखेर कीटनाशक औषधि छर्किएको महानगर प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिए ।
महानगर प्रमुख शाक्यका अनु्सार बाटो सफा गर्ने, कीटनाशक औषधि छर्किनेलगायत कामलाई ३२ वटै वटामा पुर्याइने भएको छ ।