site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कलाकारलाई भोट माग्न भ्याई नभ्याई, फेसबुक बन्दैछ प्रचारको माध्यम 

काठमाडौं । २० वर्षपछि स्थानीय तहको निर्वाचन हुँदैछ । लामो समयपछि हुन लागेको निर्वाचनले यति बेला सबैलाई छपक्कै छोपेको छ । केटाकेटी देखि बृद्धबृदा होस या कलाकार देखि जागिरे सबैलाई चुनाव लागेको छ । 

यसैबीच, लामो समय कलाकारिता गरेर पब्लिक सेन्टिमेन्ट कमाएका कलाकारलाई राजनीति कत्तिको लागिरहेको छ ? यो सबैको चासोको विषय हुनसक्छ । यसैक्रममा नायिकाद्वय रेखा थापा र करिष्मा मानन्धरले आफ्नो फेसबुकलाई कत्तिको चुनावी प्रचारको माध्यम बनाइरहेका छन् ?

रेखा थापाले आफ्नो फेसबुक एकाउन्टलाई आजसम्म चुनावका लागि खासै प्रयोग गरेको देखिँदैन । यद्यपी उनले निर्वाचनबारे केही लेख्दै नलेखेकी भने होइनन् । उनले मे ६ मा एउटा स्टाटस पोस्ट गरेकी छन्, जुन यस्तो छ, “वैशाख ३१ गते सम्पन्न हुने स्थानीय निर्वाचनमा निडर भएर मतदान गरौं है !!”

रेखा राप्रपा केन्द्रीय सदस्य हुन् । दुई महिना अगाडि सम्पन्न एकता महाधिवेशनबाट पार्टी केन्द्रीय सदस्यमा निर्वाचित भएकी उनले अहिलेसम्म समाजिक सञ्जालमार्फत आप्नो पार्टीलाई भोट मागेकी छैनन् । कुनै पनि चुनावी सामग्री पनि पोस्ट गरेकी छैनन् । सुरुमा रेखा काठमाडौं महानरपालिकाबाट उपमेयरमा उठ्ने चर्चा समेत थियो ।   

यता, नयाँ शक्ति केन्द्रीय परिषद सदस्य तथा सांस्कृतिक विभाग प्रमुख करिष्मा मानन्धरलाई भने चुनावको रौनकले छोएको मात्रै होइन भ्याइनभ्याई । भोटका लागि घरदैलो अभियानमा रहेकी उनले आफ्नो फेसबुक एकाउन्टलाई पनि राम्रैसँग प्रयोग गरेकी छन् । 
घरदैलो अभियान भन्दै फोटोसमेत पोस्ट गर्दै आएकी छन् । उनले आज मात्रै पनि एउटा स्टेटमेन्टसहित केही फोटो पोस्ट गरेकी छन् । 

उनले लेखेकी छन्, “नयाँ शक्ति नेपाल मेयरका उमेदवार विनोद महर्जन र उपमेयर अन्जना तामाङको साथ गोदावरी नगरपालिकाको कोट डाँडामा घरदैलो कार्यक्रम ।” करिष्मा आफैं भने निर्वाचनमा उठेकी छैनन् ।

सामाजिक सञ्जालमा सबैभन्दा बाक्लो उपस्थिति कोमल ओलीको छ । उनले आफ्नो फेसबुक एकाउन्टमा उनले काठमाडौं देखि जिल्ला सम्मका पार्टीको चुनावी अभियानललाई पोष्ट गरेकी छन् । पछिल्लो पटक मे ४ मा सल्यान सारदा नगरपालिकाका मेयर मनोज प्रधानलाई भोट माग्दै फोटोसहित फेसबुकमा देखा परेकी उनले त्यस अगाडि नै काठमाडौं महानगरपालिकाका उपमेयरका उमेदवार राजाराम श्रेष्ठलाई भोट मागीसकेकी थिइन् ।

ओलीले श्रेष्ठलाई भोट माग्दै लेखेकी छिन्– “काठमाडौंमै जन्मे हुर्केका, काठमाडौंलाई नजिकबाट बुझेका, अत्यन्तै मिलनसार, सक्षम, सबल राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट काठमाडौ महानगरपालिकाको उपप्रमुख पदका उमेरदवार राजाराम श्रेष्ठलाई ‘गाई’ चिन्हमा मतदान गरी विजय गराउन हार्दिक अनुरोध गर्दछु ।”

ओली रेडियो नेपालको जागिर छोडेर राप्रपामा सक्रिय प्रवेश गरेकी हुन् । उनले राप्रपाको पछिल्लो एकता महाधिवेशनमा केन्द्रीय सदस्यमा विजयी भएकी थिइन् । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख २६, २०७४  १५:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro