राजनीति

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले सरकारको नीति तथा कार्यक्रममा सम्बोधन नहुने खतरा भएको बताएका छन् ।
शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रमबारे संक्षिप्त प्रतिक्रिया दिँदै सापकोटाले नीति राम्रो राखे पनि कार्यक्रम नभएको बताए ।
सरकारले गलत नियत राखेमा नीति तथा कार्यक्रम कार्यान्वन हुन नसक्ने उनको भनाइ छ । सांसद सापकोटाले युवा पलायनलाई रोक्न सरकारले युवालक्षित कार्यक्रम ल्याउन नसकेको बताए ।
प्रकाशित मिति: शुक्रबार, वैशाख १९, २०८२ १८:१३
प्रतिक्रिया दिनुहोस्