काठमाडौं । विश्वमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण बढ्दो छ । नेपालमा पनि यसको सन्त्रासले विद्यालय, बजार प्रायः ठप्पको अवस्था छ ।
तर, विद्यार्थी सुरक्षित होऊन् भनेर विद्यालय बिदा दिइए पनि केही अभिभावकहरूले बिदा भन्दै सार्वजनिक स्थलमा घुमाइरहेको देख्न सकिन्छ । सरकारले नै ‘सेल्फ क्वारेन्टाइन’ बस्न सर्वसाधारणलाई आग्रह गरे पनि केही अभिभावकले अटेर गरी आफ्ना बालबालिकामाथि जोखिम उठाइरहेका छन् । काठमाडौंको वसन्तपुरस्थित हनुमान ढोका परिसरमा पनि केही अभिभावक त्यहाँ रहेका परेवासँग आफ्ना बालबालिकालाई खेलाउन ल्याएको देखियो ।
बजार, पसल सबै बन्द हुँदा पनि यसरी बालबालिकालाई जोखिममा मोल्नु उनीहरूको स्वास्थ्यका लागि कदापि उचित होइन् । तसर्थ घरमै सुरक्षित बसुन् भन्ने हेतुले सरकारले बिदा दिएकोमा यसलाई घुम्ने र रमाइलो गर्ने भन्दा पनि स्वास्थ्य रक्षाका लागि हो भनेर आमसर्वसाधारणले बुझ्नु आवश्यक छ । तसर्थ यस्तो अवस्थामा भीडमा होइन कि घरमै सुरक्षित बस्नु वाञ्छिनीय देखिन्छ । वसन्तपुर परिसरमा आफ्ना बालबालिकासँग असुरक्षित तवरले परेवामाझ खेलिरहेका अभिभावकका केही तस्बिर यस्ता ।