site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
तोकेको खुद्रा पसलमा ग्यास : कुनै अपुग, कुनै दुर्गम, कुनैको ‘रङ नम्बर’, धेरैबाट सहज
Sarbottam CementSarbottam Cement

काठमाडौं । एलपी ग्यास उद्योगीहरूको छाता संगठनले आइतबार १० बजेदेखि नै तोकिएको स्थानबाट सहज ग्यास आपूर्ति गर्ने भनेपनि श्रीमाया ग्यास उद्योगको सतुंगलस्थित डिपोमा साढे १ बजेसम्म ग्यास झरेको थिएन । लोकप्रिय ग्यासले तोकेको नैकापस्थित विक्रेता भाञ्जा ट्रेडर्सले साढे १० देखि ग्यास बेच्न थाले पनि १ बजेसम्म ८० वटै सिलिन्डर बेचिसकेको थियो ।

नैकापमै रहेको ओम ग्यासको विक्रेताकहाँ ८० सिलिन्डर झरे पनि साढे १ बजेसम्म १५ वटा मात्र बिक्री भएका थिए । एलपी ग्यास उद्योगीले खुद्रा बिक्रेता तोकेर उपभोक्तामा सहज परिस्थिति सिर्जना गर्ने बताए पनि बाह्रखरीकर्मी पुगेको ३ वटै विक्रेतामा उपभोक्ताले सहज परिस्थिति अनुभूति गर्ने ठाउँ थिएन ।

सतुंगलमा रहेको श्रीराम ग्यासको डिपोले तोकेको समय १० बजेमा ग्यास उपलब्ध गराएन । नैकापको भान्जा ट्रेडर्समा आएका एकजना डेढ बजे आएका कारण फर्किनुपर्‍यो । नैकापकै ओम ग्यासको विक्रेता भने सडकबाट डेढ किलोमिटर भित्रको दूरीमा थियो । जहाँ पुग्न आम उपभोक्तालाई कठिनै छ ।

Prabhu Bank
Agni Group
NIC Asia

एलपी ग्यास उद्योगीले उपलब्ध गराएको कतिपय विक्रेताको सम्पर्क नम्बर त गलत नै थिए, कुनैको फोन लाग्दा पनि उठेनन् । श्रीराम ग्यासको डिपोको नम्बर नै गलत थियो । जसकारण सूचना र समाचार पढ्ने उपभोक्ता लाभान्वित हुन सकेनन् ।

नेपाल आयल निगम र एलपी ग्यास उद्योगी संघको सूचनामा नेपाल ग्यासको अनामनगर स्थित विक्रेताको सम्पर्क नम्बर पनि गलत थियो ।

Global Ime bank

श्रीरामको सतुंगल डिपोका डिस्ट्रिब्युसन इन्चार्ज रूपक खत्रीका अनुसार २ बजेपछि मात्र बिक्री वितरण खोलियो । डिपोबाट स्थानीय उपभोक्ताको माग सम्बोधन गरिन्छ भने धेरैजसो ग्यास डिलरसम्म ढुवानी गरिन्छ ।

बेनीघाटमा रहेको उद्योगबाट आइतबार डिपोमा ५ सय ५० वटा सिलिन्डर आएको छ जसमध्ये १४ वटा उपभोक्तालाई सीधै बेचिएको भने ४ सय २५ वटा डिलरकहाँ पुर्‍याइएको छ । सतुंगलमा रहेको डिपोमा ग्यास किन्न शंखमूल, रानीवनलगायत क्षेत्रबाट पनि उपभोक्ता आएको जानकारी उनले गराए । उनले विक्रेतालाई ३५, ४०, ५० देखि ७० वटासम्म ग्यास पुर्‍याइएको दाबी गरे ।

यसैगरी नैकापमा रहेको भान्जा ट्रेडर्सले ८० वटा ग्यास ल्याएकोमा १ बजेसम्म सबै बेचिसकेको थियो । विक्रेता रामभक्त श्रेष्ठका अनुसार आइतबार मात्र १ सय ५० वटा ग्यासको माग आएको थियो ।

नैकापभन्दा अलिपर भित्रपट्टि रहेको ओम ग्यासको बिक्रेताकहाँ ग्यास १२ बजेमात्र पुग्यो । विक्रेता मीना अधिकारीका अनुसार डेढ बजेसम्म १५ वटा बिक्री भइसकेको थियो । उनका अनुसार ग्यास माग गर्न आउने स्थानीयदेखि डल्लु, सतुंगलसम्मका छन् ।

तोकेको खुद्रा विक्रेतामार्फत आइतबार दिनभर कुन ग्यास कति बिक्री भए ?

एलपी ग्यास उद्योगी संघका अनुसार आइतबार दिनभर निम्न ग्यासको उल्लेखित संख्या ग्यास सिलिन्डर बिक्री भएका छन् ।

नेपाल ग्यास : ५ सय
सगर ग्यास : ३ सय ५३
चण्डी ग्यास ; १ सय ३
एसटीसी ग्यास : ५४
ओम ग्यास : १ सय १५
बाबा/श्री ग्यास : १ सय ५
लुम्बिनी ग्यासः ५३
एचपी ग्यास : ८०
सिद्धार्थ ग्यास : १ सय ४०
श्रीमाया ग्यास : ४७
लोकप्रिय ग्यास : १ सय २०
राजधानी ग्यास : १ सय १८
सूर्य ग्यास : १ सय २५
गीता ग्यास : २१
हिमाल ग्यास : १ सय ४०
नमस्ते ग्यास : ४०
भानु ग्यास : ८०
एभरेस्ट ग्यास : १ सय ७९
सुगम ग्यास : ८६
श्रीराम ग्यास : ४२
मनोज ग्यास : शून्य
जम्मा : २ हजार ५ सय १

कम्पनीहरूले थप सिलिन्डर विक्रेतालाई पठाएका छन् ।

ग्यास पाइने स्थानहरू
१) नेपाल ग्यास र तारा ग्यास : (क) बीएमसी कर्नर, बालाजु ९८५१०३२२८३  (ख) अनामनगर स्टोर, अनामनगर  ०१४७७०४७८ (ग) एसएन स्टोर, सातदोबाटो ०१५५२७२७९
२) सगर ग्यास र चण्डी ग्यास : बिक्री डिपो, जडीबुटी  
३) एसटीसी : (क) साल्ट ट्रेडिङ कर्पोरेसन, कालीमाटी  (ख) गोदाम, जडीबुटी
४) ओम ग्यास  : (क) आदर्श स्टोस, थली डाँछी ९८५१०२४२७१  (ख) उत्सव खड्का, नैकाप ९८४१२६४०५८
५) बाबा ग्यास, श्री ग्यास र लुम्बिनी ग्यास : (क) भद्रा फ्युल सेन्टर, कपन ९८५१२३१०८२  (ख) इलाइट सिल अगाडि, धुम्बाराही 
६) एचपी ग्यास : असिम किचेन एन्ड ग्यास सप्लायर्स ९५१०६०४३६
७) सिद्धार्थ ग्यास : केसी एलपी ग्यास सप्लायर्स ०१५२०१०३३ 
८) श्रीमाया ग्यास : कम्पनीको डिपो सतुंगल ०१५१०८१६३ 
९) लोकप्रिय ग्यास : भान्जा ट्रेडर्स नैकाप ०१४३१०१५२ 
१०) राजधानी ग्यास : बिक्री डिपो, सीतापाइला ९८४९५६३४३५ 
११) सूर्य ग्यास : जोशी भीमसेन स्टोर, जगाती ९८४१७५३८१६ 
१२) गीता ग्यास : टोयोटा शोरुमको अगाडि, धुम्बाराही ९८४१७४५२६२ 
१३) हिमाल ग्यास : प्रयास ट्रेडर्स एन्ड सप्लायर्स, भगवतीबहाल ९७४१२४७६४५ 
१४) नमस्ते ग्यास : कुमार स्टोर कागेश्वरी मनहरा ९८४१६९३६७२ 
१५) भानु ग्यास : लीला ग्यास डिपो, गोंगबु ९८५१२४६२५४ 
१६) एभरेस्ट ग्यास र सुगम ग्यास : ग्यास एन्ड अक्सिजन ट्रेड सिफल ९८०१०९१२७७ 
१७) श्रीराम ग्यास : सेल्स डिपो, हरिसिद्धि ललितपुर ०१५२५१२२५ 

 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत ९, २०७६  १९:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement