site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कलाकारलाई लाग्यो चुनाव, भन्छन्– राम्रो मान्छे चुनौँ
SkywellSkywell

काठमाडौं । पहिलोपटक हुन लागेको स्थानीय तहको चुनावमा भोट हाल्न नपाउने भएकी छन् गायिका सुनिता दुलालले । भोट हाल्ने दिन उनी अमेरिकामा हुनेछिन् । “अमेरिका जानुपर्ने भएकाले यो पटक मतदान गर्न नपाउने भएँ,” दुलाल भन्छिन्, “देश र जनताका लागि काम गर्ने व्यक्ति हामीलाई चाहिएको छ । त्यसैले हाम्रा भन्दा पनि राम्रा उमेदवारलाई भोट हाल्नुहोला ।”

यसअघि दुईवटै संविधानसभा निर्वाचनमा मतदान गरेकी दुलाललाई राजनीतिक दलहरुप्रति त्यतिधेरै विश्वास भने छैन । “जुन जोगी आए पनि कानै चिरेकोभनेजस्तै भइरहेको छ । अहिलेसम्म हेर्दा त्यति धेरै विश्वास गरिहाल्ने वातावरण छैन । त्यसैले म त्यति धेरै उत्साहित त छैन,” उनले भनिन् । 

दलहरुप्रति विश्वास नभए पनि मताधिकार भने सुरक्षित गर्नुपर्ने उनको धारणा छ । मताधिकार प्रयोग गर्दा आफ्नो मत खेर नजानेगरी दक्ष र योग्य व्यक्तिलाई भोट हाल्न उनको आग्रह छ । 

KFC Island Ad
NIC Asia

चलचित्र ‘नाका’ को छायांकनका लागि सिन्धुपाल्चोकको बाह्रविसेमा सेटमै रहेका विपिन अधिकारी उर्फ ‘भस्मे’लाई स्थानीय तहको निर्वाचन महत्वपूर्ण हो भन्ने राम्रो ज्ञान छ । यो निर्वाचनमा नागरिकको उत्साहपूर्ण सहभागिता हुनुपर्छ भन्ने पनि जानकारी छ । तर, राजनीतिक दल र तिनका नेताहरुको कार्यशैली हेर्दा भने उनलाई निर्वाचनप्रति खासै उत्साह छैन । “ममात्रै होइन,जनतामा पनि उत्साह देखेको छैन मैले,” कार्की भन्छन्, । पछिल्ला केही दशकयता दलहरुका गतिविधि र कार्यशैलीबाट उनलाई पटक्कै चित्त बुझेको छैन । 

“पुरानै दल, पुरानै नेता अनि पुरानै कायैशैली हेर्दा अहिले पनि केही गर्लान् जस्तो लाग्दैन,” सुटिङ सेटबाटै कार्की टेलिफोनमा भने, “अहिले हुन लागेको यो निर्वाचनमा सहभागी भने हुनुपर्छ जस्तो लाग्छ ।” 

Royal Enfield Island Ad

संविधानसभाको दुवै निर्वाचनमा मतदान गर्न नपाएका उनी यो पटक पनि दोस्रो चरणमा निर्वाचन हुने गृह जिल्ला मोरङ जान्छन् या जाँदैनन् टुङ्गो लागिसकेको छैन । 

नायिका करिष्मा मानन्धर यसअघिका निर्वाचनमा स्वतन्त्र नागरिकका रुपमा चुनावमा सहभागी हुन्थिन् । तर, यो पटक भने उनी नयाँ शक्ति पार्टीबाट सहभागी हुँदैछिन् । 

उनको विचार पनि स्पष्ट छ । “जो मान्छे स्थानीय तहमा बसेर काम गरिरहेको छ,उसैलाई छनोट गर्नुपर्छ । स्थानीय तहमा कसले काम गरिरहेको छ र कसले गर्दैन भन्ने त सबैलाई थाहा हुन्छ,” करिष्मा भन्छिन्, “भूकम्पमा कसले कम गर्यो र कसले गरेन भनेर हेर्ने हो भने को जनताका लागि काम गर्छ र कसले गर्दैन भन्ने नियत थाहा हुन्छ ।”

दैनिक भेट हुने र सधैं कामका लागि सहकार्य गरेर अगाडि बढ्नुपर्ने भएकाले जसले काम गर्छ, उसैलाई मतदान गर्नुपर्छ भन्ने उनको धारणा छ । कुनै व्यक्तिको कुरा सुनेर भन्दा पनि आफैं विचार गरेर मतदान गर्न उनको सुझाव छ । 

नायिका वर्षा सिवाकोटी निर्वाचनलाई लिएर निकै उत्साहित देखिन्छन् । उनको घरमा कसलाई भोट हाल्ने भन्ने विषयमा पनि परिवारका सबै सदस्य बसेर छलफल भइसकेको छ । 

“संविधानसभा निर्वाचनमा पनि मैले मतदान गरेकी थिएँ, यो पटक पनि मतदान गर्दैछु,” सिवाकोटी भन्छिन्, “म बस्ने सितापाइला भएकाले यहाँ उठेमध्ये राम्रो उमेदवारलाई मतदान गर्ने कुरा भइसकेको छ ।”

कामभन्दा पनि कुरा बढी गर्नेबाट भने सचेत हुनुपर्ने सबैलाई उनको सुझाव छ । “उमेदवारी दिएका मध्ये सबैभन्दा राम्रो र जिम्मेवार जो छ उसलाई मतदान गर्नुपर्छ,” नायिका सिवाकोटी भन्छिन्, “यहाँ काम भन्दा पनि आश्वासन बाँड्नेहरु धेरै छन्, यस्ता व्यक्तिबाट भनेहामी स्वयम् सचेत हुुनुपर्छ ।”

हास्य कलाकार किरण केसी झण्डा नै बोकेर चुनावमा हिँड्दैनन् तर पनि मतदाताका रुपमा भने उनी सहभागी हुन्छन् । “हुनत जुन जोगी आए पनि कानै चिरेको भन्ने उखान जस्तै भएको छ अहिले हाम्रो अवस्था तर आशावादी भने हुनैपर्छ,” केसी भन्छन्, “म राम्रो उमेदवार छानेर मतदान गर्दैछु र अरुलाई पनि यही आग्रह गर्छु ।” 

क्रान्ति र राजनीतिक लडाइँ सकिसकेको भन्दै अबको राजनीति विकासका लागि हुनुपर्नेमा उनको जोडछ । “पछिल्लो समय दलहरुका घोषणापत्र हेर्दा विकासकै प्रतिस्पर्धा भइरहेको छ । त्यो व्यवाहारमा पनि देखिनुपर्यो । नागरिकका लागि राजनीति हुनुपर्यो ।”

नायक निखिल उप्रेती दल र नेताहरुको नाङ्गो नाच पटक पटक हेरिसकेको भन्दै उचित उमेदवार चयन गर्न मतदातालाई सुझाउँछन् । “दल र नेताहरुको नाङ्गो नाच धेरै देखिसकियो । यसको मतलब सबै दल र सबै नेता खराब छन् भन्ने हैन । केही नेताहरु सही पनि छन्,” नायक उप्रेती भन्छन्, “सबै राम्रो काम गर्ने व्यक्ति यही पार्टीमा छन् भन्ने हुँदैन । काम गर्ने व्यक्तिले जुनसुकै पार्टीमा रहेर पनि काम गर्न सक्छ । त्यस्तो व्यक्तिलाई छान्नुपर्छ ।”

‘भिलेन’ चलचित्रको छायांकनका लागि रौतहटको चन्द्रनिगाहापुर पुगेका उप्रेतीले सेटको हल्लीखल्लीकै बीच आफू पनि निर्वाचनमा सहभागी हुने बताए । सर्लाही स्थायी घर भएका उनको जिल्लामा भने दोस्रो चरणमा निर्वाचन हुँदैछ । 

उप्रेती यो निर्वाचनलाई ऐतिहासिक भन्छन्, “पहिलोपटक जनतालाई अधिकार सुम्पिने निर्वाचन हुँदैछ । स्थानीय तहको पहिलोपटक र स्थानीय निकायमा २० वर्षपछि हुन लागेको निर्वाचनको यो सही समय हो । यो अवसरलाई सबैले सदुपयोग गरौं ।”

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २५, २०७४  १४:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro