site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
‘भारतको एकदिने जनता कर्फ्युले पेट्रोलियम पदार्थ आयातमा समस्या पर्दैन’
Sarbottam CementSarbottam Cement

काठमाडौं । भारत आइतबार ‘जनता कर्फ्यु’ नामक सेल्फ क्वारेन्टाइनमा बस्दै छ । विश्वमा महामारीको रुपमा फैलिएको कोभिड–१९ (कोरोना भाइरस)को जोखिम न्यूनीकरण गर्न प्रधानमन्त्रीले देशभर ‘जनता कर्फयु’ लगाउन भारतीयहरुलाई आग्रह गरेका हुन् ।

सार्वजनिक बिदाको अवसर पारेर भारतले जनता कर्फ्यु लगाइरहँदा नेपाल आयात हुने अत्यावश्यक वस्तु सो दिन नेपाल नभित्रिएलान् कि भन्ने प्रश्न उठेको छ । अत्यावश्यक वस्तुमध्ये पनि पेट्रोलियम पदार्थको आयात रोकिए बजारमा अर्को तरंग पैदा हुने डर बढेको हो ।

स्वदेशमा उत्पादन नहुने र भण्डारण पनि कम भएका कारण पेट्रोलियम पदार्थको अभाव खट्किनु स्वभाविक हो । पेट्रोल र डिजेलमा एकदिनले ठूलो समस्या ननिम्त्याए पनि ग्यास आयात एकैदिन मात्र रोकिए उपभोक्ताको माग–आपूर्ति असन्तुलन हुने खतरा छ ।

Prabhu Bank
Agni Group
NIC Asia

किनकि ग्यासको माग ठूलो परिमाणले बढ्दा साबिकको आयात दरले धानेको देखिँदैन । शनिबार बिदाको दिनलाई ग्यास कम्पनीहरुले पुर्याए पनि बिदा झैं गतिविधि ठप्प हुने अर्को दिनले गर्दा ग्यासको आपूर्तिमा प्रभाव पर्ने हो कि भन्ने प्रश्न गर्न सकिन्छ ।

भारतबाट आयात हुने अधिकांश डिजेल मोतिहारी–अम्लेखगञ्ज हुँदै आउँछ । पेट्रोल आयात गर्ने ट्यांकरका चालक सबै नेपाली छन् । तर, ग्यास बुलेट चलाउने चालक भारतीय भएका कारण उनीहरु आफ्नो प्रधानमन्त्री मोदीको आह्वान मानेर सेल्फ क्वारेन्टाइनमा बसे आपूर्ति केही अहसज हुनेछ ।

Global Ime bank

यही विषयलाई ध्यानमा राखेर नेपाल आयल निगम तीब्र छलफलमा जुटेको छ ।

निगम प्रमुख तथा कार्यकारी निर्देशक सुरेन्द्र पौडेल भारतको जनता कर्फ्युले नेपाली आपूर्ति प्रणालीमा केही समस्या नपार्नेमा ढुक्क छन् । भारत सरकारले आफ्ना जनतालाई कर्फ्यु मान्न आग्रह गरेपनि अत्यावश्यक वस्तुको ढुवानीमा त्यो लाग नहुने निगम प्रमुख पौडेलको बुझाइ छ ।

बाह्रखरीसँग उनले भने, “अत्यावश्यक वस्तु ढुवानीमा संसारभर एकै मान्यता हुन्छ । भारतले त्यसलाई मान्नेछ ।” नेपाली चालकका लागि भारत सरकारको आह्वान लागु नहुने उनी बताउँछन् । उनले भने, “ट्यांकरबाट तेल ल्याउन नेपाली चालकले आत्मविश्वासी बनेर गए समस्या पर्दैन ।” अब प्रश्न रह्यो, ग्यास बुलेट चलाउने चालकको । ग्यास उद्योगी व्यवसायीले केही फरक पर्न नदिने विश्वास आफूलाई दिलाएको पौडेलले बताए ।
उत्पादकको आश्वासनलाई उदृत गर्दै उनले भने, “बुलेट आउँछ, कुनै समस्या पर्दैन,” उनले थपे, “तर, लामो रुट भएर आउने हो । केही समस्या आइहाल्न पनि सक्छ ।”

निगम विरगञ्ज शाखा कार्यालय प्रमुख रामकुमार न्यौपानेका अनुसार पेट्रोलियम पदार्थ आयात हुने नाकामा केही समस्या छैन । भारतीय आयल निगमले मागअनुसार नै इन्धन पठाइरहेको छ । आइतबारको कर्फ्युले पनि केही फरक नपार्ने उनले दाबी गरे ।

न्यौपानेका अनुसार शुक्रबारमात्र ३९ बुलेट ग्यास आयात भएको छ । जसमध्ये १५ बुलेट ग्यास काठमाडौं आधारित कम्पनीका हुन् । बिराटनगरबाट भने शुक्रबार ९ बुलेट ग्यास भित्रिए । यसैगरी भैरहवाबाट १० बुलेट ग्यास आयात भएको निगमका शाखा तथा प्रादेशिक कार्यालयले जनाएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत ८, २०७६  १०:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement