site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कोरोनाको चपेटामा थिएटर
SkywellSkywell

काठमाडौं । अहिले विश्व कोरोना भाइरसको महामारीको कहरमा गुज्रिदै छ । चीनको वुहानबाट सुरु भएको नोभेल कोरोना भाइरस अर्थात कोभिड–१९ को महामारीबाट विश्वभरका सबै क्षेत्रलाई प्रभावित बनाएको छ । स्वास्थ्य, उद्योग, मनोरञ्जन, आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिकलगायतका क्षेत्र कोरोनाबाट बढी प्रभावित भएका छन् । 

विश्वभरी हालसम्म कोरानो भाइरसको संक्रमणबाट १० हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ भने साढे दुई लाख संक्रमित भएका छन् । नेपालमा चीनबाट फर्किएका एकजनालाई संक्रमण भएको र उपचारपछि ठिक भएको बताइएको छ ।

सरकारले पूर्वसावधानी अपनाउँदै हल, जिम, क्लब, रेस्टुरेन्ट, थिएटरहरु बन्द गर्न निर्देशन दिइसकको छ । 

KFC Island Ad
NIC Asia

सरकारले बुधबार थिएटरहरु बन्द गर्न र २५ जनाभन्दा बढी भेला नहुन भनेसँगै यस वर्षको विश्व बाल रंगमञ्‍च दिवसमेत प्रभावित भएको छ । किर्तिपुरस्थित थिएटर मलले विगतका वर्षहरुमा मार्च २० अर्थात आजको दिन विश्व बाल रङ्गमञ्च दिवस विभिन्न कार्यक्रम गरी मनाउने भएपनि यस वर्ष भने कुनै कार्यक्रम भएनन् ।
 
विश्वभर आतंक फैलाइरहेको कोरनो भाइरसको पूर्वसावानी स्वरुप यस वर्षको लागि तय भएका कार्यक्रमहरु स्थगित गरिएका निर्देशक केदार श्रेष्ठले बाह्खरीसँग बताए ।

कहिले नाटक, कहिले छलफल, कहिले चियापानलगायत कार्यक्रम गरेर बालरंगमञ्च दिवस मनाउँदै आइरहे पनि यस वर्ष भने कुनै कार्यक्रम भएनन् । 

Royal Enfield Island Ad

तिहारपछि काठमाडौंका थिएटरहरु प्राय बन्दजस्तै थिए । विगत दुई महिनदेखि खासै नाटक मञ्चन  भइरहेका थिएनन् । उनका अनुसार चैत सुरु भएसँगै नाटकहरु मञ्चन सुरु हुने समय हो । दुई महिना लगभग सुस्ताएको थिएटरमा चहलपहल सुरु हुन लाग पनि फेरि कोरोनाको चपेटामा परेको छ । 

किर्तिपुर थिएटर मलले पनि चैतमा ‘बौलाहाकाजीको सपना’ मञ्चन गर्ने छलफल गरिरहेको थियो । तर कोरोनाको हल्ला फैलिएसँगै नाटकको तयारी पछि सारिएको गरिएको उनले बताए । 
अब सरकारको अर्को निर्देशन नआएसम्म थिएटर बन्द गर्ने उनले जानकारी दिए । 

त्यस्तै अनामनगरस्थित मण्डला थिएटरले पनि सरकारको निर्देशन अनुरुप वैशाख १ गतेसम्मका लागि थिएटर बन्द गरिसकेको छ । मण्डलाको आफनै नाटक नभए पनि बाहिरको दुई–तीनवटा नाटक र पुरस्कार वितरण तथा चियापान र छलफल कार्यक्रमको लागि हल बुक भइसकेको थियो । 

तर, कोरोनाका कारण अब ती सबै कार्यक्रम र नाटकहरु स्थगित गरिएका छन् । यसका साथै अहिले सञ्चालन भइरहेको नाटक प्रशिक्षणको कक्षा पनि स्थगित गरिसकेको छ ।
मण्डलाकी सृजना सुब्बा भन्छन्, “सरकारले बुधबार निर्देशन दिनुअघि नै हामीले आन्तरिक छलफल गरेर थिएटर बन्द गर्ने निर्णय लिइसकेका थियौं । सरकारले पनि निर्देशन दियो नै ।” 

“स्वास्थ्यसँग सम्बन्धित यस्तो गम्भीर कुरामा हेलचक्रयाइँ गर्ने त कुरै भएन नी”, उनले थपिन । 

उनका अनुसार सरकारले स्थिती सामान्य भयो भने पनि केही समय दर्शक थिएटरमा आउँदैनन् । त्यसैले यो असर अहिले बन्द गर्न दिएको निर्देशन अनुसार एक महिनाको मात्रै नभई त्यसको केही महिनासम्म पनि देखिने उनले बताइन् । 

“अवस्था सामान्य भयो भने पनि हामी आफैं पनि जान डराउँछौं । यतिकै कमजोर आर्थिक पाटो भएको थिएटरमा अब यसले झनै कठिन बनाउने देखिन्छ”, उनले चिन्ता व्यक्त गरिन् ।
कालिकास्थानस्थित सर्वनाम थिएटर पनि अनिश्चितकालका लागि बन्द भइसकेको छ । सरकारले बुधबार निर्णय लिए पनि कोरोनाको हल्लाका कारण चैत १ गतेदेखि नै सबै कार्यक्रम स्थगित गर्दै बन्द गरिसकेको सर्वनामका राज शाहले जानकारी दिए ।

योसँगै चैत २, ३ गतेदेखि सुरु हुने भनिएको अन्तर्राष्ट्रिय वर्कसप पनि स्थगित गरिएको शाहले बताए । “अन्तर्राष्ट्रिय वर्कसपका लागि फ्रान्स र जर्मनीबाट रंगकर्मीहरु आइसक्नुभएको थियो । तर, सरकारले अन–अराइभल भिसा रोकेसँगै अरुहरु आउन पाउनु भएन । त्यसकैकारण उहाँहरु पनि फर्किनुभयो ।”

उक्त वर्कसपका लागि फ्रान्स, जर्मनी, हङ्गेरी, भारतलगायतका देशका रंगकर्मीहरु आएर लगभग एक महिना वर्कसप हुने तयारी थियो ।

साथै मञ्चनको लागि भनेर सर्वनाम टिम नाटक रिहर्सल गरिरहेका थिए । अहिले रिहर्सल र नाटक प्रशिक्षणको कक्षा पनि स्थगित भइसकेको छ । 

शाहका अनुसार हेर्दा एकमहिना मात्रै बन्द हुने भनिए पनि यसको असर भने दुईदेखि डेढ महिनासम्म पनि पर्नेछ । “अब थिएटर खुलेपनि अर्को नाटक मञ्चन हुन दुईदेखि डेढ महिना लाग्ला । किनभने नाटक रिहर्सल गर्नुपर्‍यो, रिहर्सल गरेर मञ्चनको लागि तयार भइसकेका नाटक हेर्न पनि दर्शक आउन डराउँछन् ।”

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत ७, २०७६  १६:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro