site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
एकैदिन १ सय ५६ बुलेट एलपी ग्यास भित्रियो, चार दिनमा साढे ६ लाख सिलिन्डर
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली बजारमा आइतबार मात्र १ सय ५६ बुलेट एलपी ग्यास भित्रिएको छ । नेपाल आयल निगमका अनुसार करिब १ लाख ९५ हजार सिलिन्डर ग्यास बजारमा गएको हो ।

निगमले दिएको जानकारीअनुसार साताको पहिलो दिन वीरगन्ज नाकाबाट ९८ बुलेट, नेपालगन्ज नाकाबाट १०, बिराटनगरबाट ३, भैरहवाबाट ३२, चारआलीबाट ६ र सुदूरपश्चिम प्रादेशिक कार्यालयबाट ७ वटा बुलेट नेपाल भित्रिएको छ ।

१ सय ५६ बुलेट ग्यासबाट १ लाख ९५ सिलिन्डर ग्यास तयार पार्न सकिन्छ । एक बुलेटमा १८ हजार किलो र एउटा सिलिन्डरमा १४.२ किलो ग्यासको हिसाबले १ लाख ९५ हजार सिलिन्डर बनाउन सकिन्छ ।

Prabhu Bank
Agni Group
NIC Asia

निगमका अनुसार पछिल्लो चारदिनमा कुल ५ सय ४ बुलेट ग्यास बजारमा पठाइएको छ । जसमध्ये २९ गते बिहीबार १ सय २८ बुलेट, ३० गते शुक्रबार १ सय ७७ बुलेट र चैत १ गते शनिबार ४३ बुलेट बजारमा पठाएको देखिन्छ ।

कुन नाकाबाट कति ?
वीरगन्जबाट चार दिनमा कुल ३ सय ३८ बुलेट नेपाल भित्रिएको नेपाल आयल निगम वीरगन्ज शाखा कार्यालय प्रमुख रामकुमार न्यौपानेले जानकारी दिए । उनका अनुसार फागुन २९ गते ९२, ३० गते १ सय ११८, चैत १ गते ३० र २ गते ९८ सिलिन्डर नेपाल भित्रिएको हो ।

Global Ime bank

नेपालगन्ज नाकाबाट चार दिनमा ३१ सिलिन्डर नेपाल भित्रिएको छ । जसअनुसार २९ गते ६, ३० गते १३, १ गते २ र २ गते १० बुलेट ग्यास भित्रिएको को नेपालगञ्ज इन्धन डिपो प्रमुख नवविनोद पोखरेलले जानकारी दिए । नेपालगन्जबाट भित्रिएकोमध्ये भेरि ग्यासको १७ बुलेट, मनकामनाको ५ र राप्तीको ७ बुलेट ग्यास हुन् ।

यसैगरी विराटनगर हुँदै ३३ बुलेट ग्यास भित्रिएको छ । सो नाकाबाट २९ गते ५ वटा, ३० गते १४, १ गते ११ र २ गते ३ बुलेट सिलिन्डर भित्रिएको छ । बिरानगर नाकाबाट भित्रिएको ग्यासमध्ये १४ बुलेट कोशी ग्यासको, ३ बुलेट रिजालकोको, ८ बुलेट मारुतीको, ३ बुलेट सुगमको र ५ बुलेट प्रिमा कम्पनीको हो ।

भैरहवा नाका हुँदै ४ दिनमा ७३ बुलेट सिलिन्डर भित्रिएको छ । प्रदेश नं. ५ प्रादेशिक कार्यालय लेखा प्रमुख रमेश ज्ञवालीका अनुसार २९ गते १६, ३० गते २५ र २ गते ३२ बुलेट ग्यास नेपाल भित्रिएको हो । 

काँकडभिट्टा चारआली नाका हुँदै चारदिनमा १८ बुलेट सिलिन्डर नेपाल भित्रिएको छ । नाकाबाट २९ गते ९, ३० गते ३ र २ गते ६ बुलेट ग्यास भित्रिएको हो । सो नाकाट मेची ग्यासको ८, पराजुली ग्यासको २, पाथीभरा ग्यासको २ र कन्काई ग्यासको ६ बुलेट भित्रिएको हो ।

यसैगरी सुदूरपश्चिम प्रादेशिक कार्यालय प्रमुखका अनुसार सुदूपश्चिम हुँदै ११ बुलेट सिलिन्ड भित्रिएको हो । प्रदेशको प्रादेशिक कार्यलय प्रमुख सर्पराज शर्माका अनुसार ३० गते ४ बुलेट र २ सगे ७ बुलेट भित्रिएको हो । सबै बुलेट रेडियन्ट ग्यासको हो ।

के भन्छन् निगम प्रमुख ?
सबै कार्यालय प्रमुख तथा प्रतिनिधिले बाह्रखरीसँग कुरा गर्दै ग्यास आयात निर्वाध रूपमा भएको बताएका छन् । वीरगन्जबाट भित्रिएको अधिकांश ग्यासले काठमाडौंको माग धान्नेछ । नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले सो नाकाबाट आयात भएको आधाभन्दा बढी ग्यास काठमाडौं केन्द्रित ग्यास कम्पनीको हो ।

उनका अनुसार आपूर्ति सहज भएपनि माग बढी हुनाले ग्यास नपाइएको हुनसक्छ । तर, केही अवधीमै सबैले माग गरेअनुसार ग्यास पाएपनि सहज उपलब्धता हुने दाबी उनको छ ।

निगमले केही दिनमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दैछ । समायोजन पछि भाउ घट्ने डरले विक्रेताले ग्यास अहिले नकिन्ने पो हुन् कि ? भन्ने बाह्रखरीको प्रश्नमा उनले भने, “ग्यासको हकमा त्यो लागु हुँदैन । किनकि ग्यासको मूल्य लामो समयदेखि स्थिर नै छ । बजारमा अन्य पेट्रोलियम पदार्थमा यस्तो अनुमान गरिएपनि निगमले यस्तो आपत्कालमा बजारमा इन्धन अभाव हुने दिने छैन ।”
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत २, २०७६  २०:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !