site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सत्तापक्षकै सांसदले मुख्यमन्त्रीको राजीनामा मागेपछि...

जनकपुर । प्रदेश २ सरकारको सत्ता साझेदार दल राजपाका सांसद मनिषकुमार सुमनले मुख्यमन्त्री लालबाबु राउतको राजीनामा मागेका छन् ।
 
शनिबार बसेको प्रदेशसभा बैठकको विशेष समयमा बोल्दै राजपाका सांसद सुमनले प्रदेशलाई अग्रगतिमा डो¥याउन असफल भएको आरोप लगाउँदै मुख्य मन्त्रीको राजीनामा मागेका हुन् ।
 
“पछिल्लो आठ महिनामा प्रदेशसभाको जम्मा चारवटा बैठक बसेको छ । चालु आवको दुई चौमासिक बितिसक्दा गत आवको भुक्तानीमा महिनौं सदन अवरुद्ध हुन्छ” सुमनले भने, “सही ढंगले सरकार सञ्चालन गर्न सक्नुहुन्न भने मुख्य मन्त्री ज्यू राजीनामा गरेर मार्ग प्रशस्त गरिदिनुस् ।”

सत्तापक्षकै सांसद मुख्य मन्त्रीको राजीनामा मागिसकेपछि नेकपाका सांसदद्वय रामचन्द्र मण्डल र किशोरी साहले पनि विशेष समयमा बोल्दै मुख्य मन्त्री राउतलाई नैतिकताको आधारमा राजीनामा गर्न आग्रह गरे । “मुख्यमन्त्री जस्तो प्रदेशको सर्वोच्च आसनमा बसेर कर्मचारीले टेरेन भनेर कहिलेसम्म पन्छिनु हुन्छ ? बरु, राजीनामा गरी सक्षम व्यक्तिलाई उक्त जिम्मेवारी सम्हाल्न मार्ग प्रशस्त गरिदिनुस् ।” सांसद साहले त तत्काल राजीनामा नआए आन्दोलनमै उत्रिने चेतावनी दिए ।

राजपाका सचेतक परमेश्वर साहले भने आफ्नै दलका सांसदसमेतलाई संवैधानिक प्रक्रियामार्फत सरकार ढाल्न चुनौती दिए । उनले भने, “सरकार कसरी गठन हुन्छ र कसरी ढल्छ भन्ने कुरा माननीयजीहरुलाई राम्ररी अवगत हुनुपर्छ । यसरी राजीनामा मागेर केही हुनेवाला छैन । सक्नुहुन्छ भने मुख्य मन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याएर सरकार ढाल्नुस् ।”

कोरोनाभन्दा खतरा ‘भुक्तानी समस्या’ !

प्रदेशसभाको बैठकमा उपस्थित सांसदहरुले विश्वव्यापी महामारीको रुपमा देखिएको कोरोना भाइरस भन्दा प्रदेश २ मा भुक्तानीको समस्याले खतरा देखाइरहेको बताएका छन् ।

विशेष समयमा नौ जनाले बोलेकोमा सबैले गत आवको भुक्तानी ढिलाइ हुँदा क्षेत्रका जनताबीच मुख देखाउन नसक्ने अवस्थाको सामना गरिरहनु परेको दुखेसो पोखेका थिए । उनीहरु सबैले भुक्तानी समस्यालाई कोरोना भाइरससँग तुलना गर्दै आ–आफ्नो तर्क प्रस्तुत गरेका थिए ।
 
“जब जब मुख्यमन्त्रीजीकोमा भुक्तानीको समस्या लिएर पुगें उहाँले एउटै कुरा भनिरहनुभयोः करोना पेमेन्ट होगा, करोना पेमेन्ट होगा (काम गर्नुस् न भुक्तानी हुन्छ)” सांसद मण्डलले भने, “विश्वमा कोरोनाले आतंक मचाइसक्यो तर, मुख्यमन्त्रीजीको ‘करोना’ आश्वासनले केही गर्न सकेको छैन ।”
 
प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता रामसरोज यादवले पनि कोरोना भाइरसभन्दा प्रदेश २ को लागि भुक्तानी समस्याले गाँजेको टिप्पनी गरे । उनले माथि चीन र तल भारतमा प्रवेश भइसकेको कोरोनाबाट जोगिन प्रदेश सरकारलाई पनि भरपर्दो पहलका लागि आग्रह गरे ।

नेकपा सांसद शत्रुधन महतोले गतवर्षको भुक्तानी समस्यालाई कर्मचारीको असहयोग भनिए पनि प्रमुख कारण प्रदेश सरकार नै भएको जिकिर गरे । असारको अन्तिम साता काम गर्न अख्तियारी दिनु नै भ्रष्टाचार भएको उल्लेख गर्दै उनले कर्मचारी माथि औंला तेस्र्याएर धेरै दिनसम्म प्रदेश सरकार भाग्न नसक्ने जिकिर गरे । 
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, चैत १, २०७६  १७:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro