site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दुई देशका कलाको मिश्रण 
SkywellSkywell

भनिन्छ कलामा भाषा, जात, वर्ग केही पनि कुराको बन्देज हुँदैन । यस्तै विगत ३ दिनदेखि दुई अलग देशका चित्रकारहरूलाई कलाको एक सुन्दर रुप चित्रकलाले एकै थलोमा उभ्याएको छ । ‘महिलाका लागि महिला’ नामक संस्थाको आयोजनामा काठमाडौंको बबरमहलस्थित ‘आर्ट विथआवट बोडर्स’ शीर्षकमा जापान र नेपालका कलाकारहरूको कला प्रदर्शनीमा राखिएका छन् ।

आयोजक संस्थाका अध्यक्ष आस्था तुलाधरका अनुसार “हामीले छुट्टा छुट्टै भूमिका कलाकारहरूलाई एकै थलोमा ल्याउने प्रयास गरेका छौं । आर्टका लागि भाषा चाहिँदैन,” उनी भप्छिन्, “जापान र नेपाल दुई पूर्ण रुपमा भिन्नता छ त्यही भएर हामीले चित्रकलामार्फत् एकअर्कालाई सिक्ने, सिकाउने का साथै दुई देशबीचका कालाकारमा सम्बन्ध विस्तार गर्न पनि प्रयास गरेका छौं ।”

‘आर्ट विथआउट बोर्डस’ शीर्षकमा आयोजना गरिएको यो चौथौ प्रदर्शनी हो । प्रदर्शनीमा नेपालमा ७ जना र जापनाका ५ जना कलाकारको कला प्रदर्शनीमा राखिएका छन् ।

KFC Island Ad
NIC Asia

अङ्ग्रेजीमा एउटा चर्चित भनाइ छ,  ‘एभरी थिङ इज फेयर इन लभ एन्ड वार’ यही भनाइलाई चित्रकार एन बी गुरुङले रंगको माध्यबाट पुष्टि गर्न खोजेका छन् । उनले क्यानभासमा दुई घोडालाई आमनेसामने उभ्याएका छन् । जसमा एउटालाई रातो र अर्कोलाई निलो रंगले सजाएका छन् । “ यो दुई भनेको एकमदमै विरोधी रंगहरु हुन्, जसको मिलन सम्भव नै छैन । तर आर्टमा त्यो सम्भव छ है भनेर देखाउन खोजेको छु ।” 

Royal Enfield Island Ad

रातो रंगले विद्रोहको संकेत गर्छ भने नीलोले शान्त स्वभावको । यस्तै उनले रातो रंगको घोडाको आँखा केही ठूलो र आक्रमक अवस्थामा चित्रण गरेका छन् भने नीलो घोडाको आँखा केही झुकेको र मायालु, शालिन स्वभावको चित्रण गरेका छन् ।

यो दुई रंग र सोही अनुसारको स्वभाव भएका दुई पक्षमा मायाले मिलन सम्भव हुन्छ भन्ने कुरा देखाउन खोजेको गुरुङले बताए । भने उनले अर्को क्यानभासमा एक तामाङ पोशाक लगाएकी महिलाको पोट्रेट कोरेका छन् । उनले उक्त महिलालाई उभ्याएर समग्र तामाङ जातिलाई प्रतिबिम्बित गर्न खोजेका छन् ।

यस्तै अर्का चित्रकार/कलाकार सविता डंगोलले काँइयोलाई कलात्मक तरिकाले आफ्नो क्यानभासमा उतारेकी छन् ।

काँइयोलाई हामी हाम्रो केश राशिमा भएका लट्टा सुल्झाउन प्रयोग गर्छौँ । तर कलाकार डंगोलले यही काँइयोलाई समाधानको प्रतीकको रूपमा उतारेकी छिन् । उनले ‘कपल’ सिरिजमा आठवटा चित्र प्रदर्शनीमा राखेका छन् ।

“जसरी हामी कपालमा लट्टापर्दा काइँयोले सुल्झाउछौँ, त्यसरी नै जीवनमा समस्या आँउदा सकारात्मक सोचले एकअर्कालाई साथ र भरोस गरेर अगाडि बढ्यौँ भने हरेक कुराको समाधान छ । त्यही भएर मैले काइँयोलाई प्रतीकका रूपमा प्रयोग गरेको छु,” उनले बताए ।

उनले गोलाकार क्यानभासको बीचमा एक प्रेमिल जोडीको अनुहार एकअर्काको आमनेसमाने राखेर उनीहरूलाई काइँयोले जोडेका छन् । पृष्ठभूमिमा उनले आफ्नो नेवारी संस्कृति झल्कने ढुङेधारा, पानस, छेपु आदिलाई आफनो शैलीमा ढालेर नयाँ रुप दिन खोजेकी छिन् ।

यस्तै अर्की कलाकार प्रमिला परियार विके ले भावना शीर्षकमा दुई चित्र कोरेकी छन् । महिलाका भावना, विचार, संघर्ष, कल्पना जोडेर समग्र महिलालाई क्यानभासमा उतार्ने उनले महिलाको पाठेघरभित्र बढ्दै गरेको सुन्दर सृजनालाई प्रस्तुत गरेकी छिन् । भने अर्कोमा कहिलेकाँही आफनो मस्तिष्कमा उथलपुथल हुने खुसी र दुःखको भावनालाई प्रस्तुत गर्न खोजेकी छन् । 

अर्का नेपाली कलाकार इसान परियारले तीन वटा क्यानभासमा गणेश सवार डुंगा कोरेका छन् । पोखरामा जन्मिएका कलाकार परियारले फेवातालमा तैरिरहने डुंगालाई आफनो क्यानभासमा उतारेर पोखरालाई प्रतिनिधित्व गर्न खोजेका छन् । तर उनले क्यानभासमा तैरिरहेको डुंगामा मान्छे नभई भगवान् गणेशका भिन्नभिन्न रुप सवार छन् ।

जसलाई उनले ‘गड इन आवर माइन्ड’ दिएका छन् । “जसरी हामी कुनै पनि नयाँ काम वा भनौं कतै यात्रा पूर्व गणेश भगवानलाई पुज्छौं । ठिक त्यसै गरी हाम्रो जिन्दगी पनि एक यात्रा हो ।” 

कलाकार कृष्ण भक्त डंगोलले सुती भैरव र रक्त गणेशका चित्र कोरेर नेवारी जातिका परम्परागत संस्कृतिलाई प्रस्तुत गरेका छन् ।

पानीलाई कलाकार परियारले करेलाको बाहिरी आवरको छिर्केबिर्के संरचना दिएका छन् । उनले पानीलाई करेलाको जस्तो डिजाइन दिनुको कारण मान्छेको यात्रा पनि तीतो सत्यता हो भनेर चित्रण गर्न खोजेका हुन् ।

यस्तै जापानी कलाकार इशिदा कानसेनले ढुङ्गाको मूर्तिहरू बनाएका छन् । कलाकार कानसेनले ढुङ्गालाई पृथ्वीको आत्माको संज्ञा दिएका छन् । समुद्री तटमा पाइने ढुङ्गालाई सुन्दर मूर्तिमा परिणत गरेका छन् ।
जापानकै अर्की कलाकार नोबुचियो कावामुराले कपडामा रंगिविरंगी उडेका चराहरु चित्रण गरेकी छिन् । 

जापान र नेपालको कला, संस्कृतिलाई एकै थलोमा बुझनका लागि उपयुक्त यस ४ दिने प्रदर्शनीको आज अन्तिम दिन रहेको छ ।

तस्बिर : हरिशजंग क्षेत्री

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन २५, २०७६  १३:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro