site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
विदेश
Global Ime bankGlobal Ime bank
अलिबाबाका ज्याक माले कसरी खर्च गर्छन् आफ्नो अरबौँको सम्पत्ति !
SkywellSkywell

एजेन्सी । ज्याक मा चीनका सबैभन्दा धनी व्यक्ति हुन् जसको कूल सम्पति ३८ अर्ब डलर रहेको छ । ५५ वर्षीय ज्याक प्रख्यात कम्पनी अलिबाबाका सहसंस्थापक हुन् । अलिबाबा चीनको सबैभन्दा ठूलो डिजिटल बजारस्थल मानिन्छ जसमार्फत नै चीनमा ८० प्रतिशत अनलाइन कारोबार हुने गर्दछ । यसरी २० वर्षपछि ज्याकले गत सेप्टेम्बरमा मात्र अलिबाबाबाट रिटायर हुने निर्णय सुनाएका हुन् । तर प्रमुख कार्यकारीको पदबाट हटेपनि उनी व्यवसायीका रुपमा सक्रिय नै छन् । उनको संघर्षपूर्ण जीवनकथा सबैका लागि प्रेरणा मानिन्छ । 

ज्याक मा वास्तवमै ‘सेल्फ–मेड’ अर्बपति हुन् । किनकी उनी शून्यबाट सुरु गरि आफ्नै लगनले आजको स्थानसम्म पुगेका हुन् । उनी सबैभन्दा पहिले एक शिक्षक थिए र महिनामा १२ डलर कमाउने गर्दथे । अमेरिकाको हाभर्ड युनिभर्सिटीले उनलाई १० पटक अस्वीकार गरेको थियो भने ३० भन्दा धेरै कम्पनीले उनलाई लिन मानेका थिएनन् जसमध्ये एउटा केएफसी पनि हो । तर इन्टरनेटको आगमन उनका लागि ठूलो अवसर साबित भयो । टेक्नोलोजी र व्यवसायको कुनै पृष्ठभूमी नभएपनि त्यतिबेला उनल १७ जना साथीहरुको मद्दतमा १९९९ मा अलिबाबाको स्थापना गरेका हुन् ।

सो डिजिटल बजारले चिनियाँ ग्राहकहरुलाई वस्तुका निर्मातासँग प्रत्यक्ष जोड्ने काम गर्यो । तरपनि अलिबाबाका सुरुवाती दिनहरु अत्यन्तै कठिन थिए । २००० मा डट कमको आगमन भएप्छि इ–बे यसको ठूलो प्रतिस्पर्धी बन्न पुग्यो । तर याहुको लगानीबाट प्राप्त सहायताले अलिबाबानलाई आफ्नो खुट्टामा उभिन सक्ने बनायो । यसरी २०१४ मा मात्र अलिबाबा सार्वजानिक भएको थियो जुन अमेरिकी इतिहासकै सबैभन्दा ठूलो आइपीओ थियो । उक्त शेयर कारोबारले नै ज्याकलाई चीनका सर्वाधिक धनी व्यक्ति बनायो । यसपछि अलिबाबाले मनग्य आम्दानी गरेको हो । ज्याककै नेतृत्वमा कम्पनीले चीनको ‘साउथ चाइना मर्निङ पोस्ट” को स्वामित्व पनि लिएको छ ।

KFC Island Ad
NIC Asia

त्यस्तै यसले तीनवटा चर्चित फिल्महरु मिसन इन्पसिबल, रग नेसन र स्टार ट्रेक बियोन्ड मा पनि लगानी गरेको हो । २०१३ मा ज्याक कम्पनीका कार्यकारी अध्यक्ष बनेपछि कम्पनीको आम्दानी १ हजार प्रतिशतले बढेको थियो । र सेप्टेम्बर २०१९ पछि कम्पनीको मूल्य ४६५ अर्ब अमेरिकी डलर रहेको छ जसमा ज्याकको ५.३ प्रतिशत शेयर छ । सो शेयर अहिले २४.६ अर्ब बराबरको रहेको छ । तर ज्याकको आम्दानीको श्रोत अलिबाबा मात्र होइन । २०१० मा ज्याक सहित चार सहकर्मीले नयाँ कम्पनी युनफेङको स्थापना गरेका हुन् । जसले ज्याकको व्यििक्तगत लगानी सम्हाल्ने काम गर्दछ । त्यस्तै माको याहु चाइनामा पनि शेयर रहेको छ । 

तर उनको आम्दानी र सर्वाधिक धनीको शिर्षक हेर्दा उनको खर्च गर्ने शैली भने अनौठो लाग्दछ । किनकी उनी एक साधारण आरएक्स५ एसयुभी गाडीको प्रयोग गर्छन् । जसको मूल्य केबल १५ हजार डलर रहेको छ । यसबाहेक उनले आफ्ना अन्य रुची ः ध्यान गर्ने , पोकर खेल्ने र ताइ चिको अभ्यास गर्नेमा धेरै खर्च गर्ने गरेका छैनन् । ताइ चिप्रतिको रुचीले उनलाई कुङ फू फिल्ममा पनि अभिनय गर्ने मौका दिलाएको थियो । यसका साथै उनी रियल स्टेट अर्थात घरजग्गामा लगानी गर्छन् । २०१५ मा उनले हङकङको सबैभन्दा महङ्गो क्षेत्रमा घर खरिद गरेका थिए । १९ करोड डलर मा खरिद गरेको सो घरले त्यो बेलामा एसियाकै सबैभन्दा महङ्गो घरको रेकर्ड बनाएको थियो । त्यस्तै उनले अर्को ठाउँमा पनि जग्गामा २ करोड ३० लाख डलर लगानी गरेका छन् । त्यसको एक वर्षपछि उनले फ्रान्समा २१० एकडको भाइनयार्ड पनि खरिद गरे भने अलिबाबाको सुरुवात गर्नेबेलाको अपार्टमेन्ट पनि अझै उनकै नाममा रहेको छ । 

यसरी टाढाटाढासम्पति सम्पति फैलिएको हुँदा सहज यात्राका लागि अलिबाबाले ४ करोड ७० लाखमा एक नीजि विमान पनि खरिद गरेको हो । त्यस्तै अलिबाबाले विभिन्न प्रतिभा कार्यक्रमहरु पनि सञ्चालन गर्ने गरेको छ । जसमा कतिपय कार्यक्रममा ज्याकले आफैँ गीत गाउने र प्रस्तुती दिने गरेका छन् । गत सेप्टेम्बरमा मात्र ज्याकले आफू रिटायर भएको उत्सव मनाउन निकै ठूलो पार्टी आयोजना गरेका थिए । यसका लागि अलिबाबाले ओलम्पिकको आकारको स्टेडियम भाँडामा लिएर ६० हजार कर्मचारी सहितको कार्यक्रम सञ्चालन गरेको थियो । 

तर यति ठूलो स्थानमा पुगेपनि ज्याकले वास्तवमा आफू शिक्षक हुँदा नै सबैभन्दा खुसी भएको बताउने गरेका छन् । 

उनका अनुसार अरबौँ सम्पतिको मालिक भएसँगै समाजको हितका लागि जिम्मेवारी पनि ठूलो हुने गर्दछ । यसकारण पनि उनी विभिन्न परोपकारी कार्यमा संलग्न रहँदै आएका छन् । शिक्षा वातावरण र स्वास्थ्यका क्षेत्रमा उनले धेरै योगदान पुर्याइसकेका छन् । उनको नेतृत्व रहुन्जेल अलिबाबाले आफ्नो आम्दानीको ०.३ प्रतिशत दान गर्ने गरेको थियो । त्यस्तै प्राकृतिक प्रकोपका घटनाहरुमा राहत वितरणको कार्यमा पनि उनले लाखौँ डलर दान गरिसकेका छन् । उनले चीनका ग्रामीण शिक्षकहरुका लागि ४ करोड डलरसम्मको आर्थिक सहयोग प्रतिज्ञा गरेका छन् । 

बिजनेस इन्साइडर 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन २५, २०७६  ०५:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
किन नहोस् त देश बर्बाद !
किन नहोस् त देश बर्बाद !
SubisuSubisu
Hamro patroHamro patro