site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
धापासीको एक घरमा आगलागी

काठमाडौं । टोखा नगरपालिका–६ स्थित धापासीको शिव मन्दिर हाइटस्थित एक घरमा आगलागी भएको छ । भाइकाजी श्रेष्ठको साढे तीन तलाको घरमा आज साँझ ५ बजेतिर आगलागी भएको हो ।

आगलागीबाट घर पूर्णरूपमा जलेर नष्ट भएको टोखा–६ का वडाध्यक्ष शान्ता पौडेलले जानकारी दिए ।

Dabur Nepal
NIC Asia

उनका अनुसार, आज साँझ ५ बजेको समयमा ग्यास लिक हुँदा आगलागी भएको थियो । ठूलो कम्पाउन्डमा घर भएको कारण अन्य घरमा भने क्षति नपुगेको वडाध्यक्ष पौडेलले बताए ।

आगलागी नियन्त्रणका लागि काठमाडौं, भक्तपुर र ललितपुरको दमकल प्रयोग गरिएको थियो । आगलागीबाट भएको क्षतिको विवरण भने आइसकेको छैन । रासस
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस ४, २०८१  २१:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro