site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘संघीय सरकारका कर्मचारीले सहयोग गरेनन्’

जनकपुर । प्रदेश २ को सरकार र सदनले प्रदेश प्रमुख तिलक परियारसमक्ष संघीय सरकारका कर्मचारीहरूबाट सहयोग पाउन नसकिरहेको गुनासो गरेका छन् ।

मुख्यमन्त्री लालबाबु राउत, सभामुख सरोजकुमार यादव र मुख्य न्यायाधिवक्ता दिपेन्द्र झाले बिहीबार बिहान प्रदेश प्रमुख परियारलाई निवासमै पुगेर यस्तो गुनासो गरेका हुन् ।

हामीलाई सहयोग गर्न भनेर पठाएका संघीय कर्मचारीहरू जति गरे पनि टेरिरहेका छैनन्,’ मुख्यमन्त्री राउत लगायत टोलीले प्रदेश प्रमुख परियारसमक्ष गरेको गुनासो सुनाउँदै प्रदेश प्रमुखको निजी सचिवालयका एक कर्मचारीले भने, ‘प्रदेश सरकार र प्रदेशसभाबाट भएका निर्णय कार्यान्वयनमा पनि असहयोग गरिरहेका छन् । यस्तो अवस्थामा अगाडि बढ्न निकै समस्या छ ।’

सभामुख यादवले अघिल्लो आवको बाँकी भुक्तानी गर्न सदनबाट भएको निर्णय कार्यान्वयनमा प्रमुख सचिवले अवरोध गरेको गुनासो गरे । ‘संसदीय प्रणालीमा सदनभन्दा ठूलो कुन निकाय हुन्छ ?’ प्रदेश प्रमुख परियारसमक्ष सभामुख यादवको गुनासो थियो, ‘सदनबाट दुई पटक भइसकेको निर्णय कार्यान्वयनमा पनि प्रमुख सचिवले अड्चन ल्याइरहेका छन् यस्ता कर्मचारीलाई कारबाही गर्नुपर्छ ।’

निर्णय कार्यान्वयन गर्न लिखित तोकदा गर्दा पनि नसुन्ने प्रमुख सचिवलाई संसदको अवहेलना गरेको अभियोगमा फिर्ता पठाउनसमेत माग गर्न सक्ने यादवले बताए । 

जवाफमा प्रदेश प्रमुख परियारले मुख्यमन्त्री र सभामुखलगायत टोलीले व्यक्त गरेको गुनासो राष्ट्रपति समक्ष राख्ने बताएका छन् । ‘प्रधानमन्त्रीजी उपचारका क्रममा अस्पतालमा हुनुहुन्छ । उहाँ बाहिर आएपछि भेट हुन्छ तर, तपाईंहरूले राख्नुभएको विषयमा तत्काल काठमाडौं पुगेर राष्ट्रपति समक्ष कुरा गर्छु,’ प्रदेश प्रमुखको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, फागुन २२, २०७६  १२:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro