site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बुल मार्केटमा नेगेटिभ सर्किट किन ? 

काठमाडौं । केही समयदेखि बुलिस ट्रेन्डमा देखिएको सेयर बजारमा यो सातादेखि गिरावट सुरु भएको छ । सोमबार कारोबार सुरु भएको १ घण्टा ४६ मिनेटमा नै ५ प्रतिशतले घट्दा बजारमा ४० मिनेटका लागि नेगेटिभ सर्किट लागेको थियो । 

४० मिनट कारोबार रोकिएपछि पुनः कारोबार सुरु भएको ४ मिनेटमा नै थप १ प्रतिशत अर्थात् ६ प्रतिशतले बजार घट्यो जसले गर्दा दिनभरिका लागि नै कारोबार स्थगित भयो । 

कारोबार सुरु भएको एक घण्टाभित्र नेप्से परिसूचक ४ प्रतिशतले घटेमा २० मिनेट २ घण्टामा ५ प्रतिशतले घटेमा ४० मिनेट र त्यसपछि ६ प्रतिशतले घटेमा दिनभरिका लागि कारोबार स्थगित हुने व्यवस्था रहेको छ । सोही अनुरूप कारोबार समय बाँकी रहँदै आजको कारोबार स्थगित भएको हो । 

किन घट्यो बजार 

नेपाल स्टक एक्चेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद बजार घट्नुपर्ने कुनै प्राविधिक कारण नरहेको बताउँछन् । लगानीकर्ताले नाफा बुक गर्न खोजेको र अल्पकालीन लगानीकर्ता पनि बजार बढेको बेलामा नाफा बुक गरेर बाहिरिन खाजेको हुन सक्ने उनले बताए । 

सेयर विश्लेषक रुक्मागत काफ्ले राजनीतिक अस्थिरता एक ठाउँमा रहेको भन्दै अर्थमन्त्री हट्ने हल्लाले बजार बुलिस ट्रेन्डमा र अहिले निरन्तरता पाउने हल्लाले बजार घटेको बुझाइ कतिपयको रहेको तर वास्तविकता त्यस्तो नरहेको बताउँछन् । 

“कोरोना भाइरसले विश्वव्यापी अर्थतन्त्रलाई असर पारेको र त्यसले नेपालमा असर परेको छ, वैदेशिक लगानीदेखि वैदेशिक सहायतमा सञ्चालित परियोजना र चीनसँग जोडिएको व्यवसाय सबै स्थगित भएको अवस्था छ,” उनले भने,  “आयात निर्यात व्यवसायदेखि लिएर अन्य व्यवसाय सुस्ताएको अवस्थामा जम्मा भएको पैसा लगानी गरौं भन्दा बजारलाई बुल बनाउन सपोर्ट भएको पक्कै हो ।”

आफूले विश्वव्यापी रूपमा अर्थतन्त्रमा आएको सुस्तताले हामी जस्तो रेमिट्यान्समा निर्भर अर्थतन्त्रलाई प्रभाव पर्ने उनले बताए ।

छोटो अवधिमा नै बजार अनपेक्षित रूपमा किन घट्यो भन्ने चासोको विषय रहेको भन्दै, उनले भने, “अल्पकालीन लगानीकर्ता नाफा बुक गरेर बाँहिरिँदा साना र नबुझेका लगानीकर्ता ट्यापमा पर्ने हुन्छ, तर ११०० को बजार छोटो समयमा नै १६०० पुग्दा एक डेढ सयले बजार घट्नु सामान्य कुरा भएकाले यसमा आतिहाल्नुपर्ने अवस्था छैन ।” 

यति छोटो समयमा यति धेरै बजार बढ्जुलाई बुलिस ट्रेन्ड भन्न नमिल्ने काफ्ले बताउँछन् । यसलाई म्यानोपुलेसन नै भन्न नमिले पनि छोटो समयको घटनाक्रमले बजारमा आएको उतारचढाव मात्रै रहेको उनको भनाइ छ ।

इन्डेक्सलाई हेरेर मात्रै बुलिस ट्रेन्ड आयो भन्न नमिल्ने भन्दै यसमा सपोट गर्ने इन्डिकेटर, घटनाक्रम, आर्थिक तथा राजनीतिक परिवर्तन लगायतले बुलिस ट्रेन्ड हो वा होइन भन्नुपर्ने उनको भनाइ छ । गत सातासम्म देखिएको वृद्धिलाई बुलिस ट्रेन्ड भनिहाल्ने अवस्था नरहेको उनले दाबी गरे । अहिले देखिएको चार्ट र बुलिस ट्रेन्डको चार्ट नै फरक हुने भन्दै उनले बुलिस ट्रेन्डको छाँटकाटले अहिलेको इन्डिकेटर नबढेको बताए ।

नेपाल इन्भेष्टर फोरमका अध्यक्ष तथा सेयर लगानीकर्ता छोटेलाल रौनियार ५०० अंकले लगातार बजार बढ्दा करेक्सन नदेखिएकाले आइतबार भएको ४० अंकको करेन्सनलाई सामान्य रुपमा लिएको तर सर्किट लाग्ने गरी सोमबार बजार घट्नुको कुनै कारण नदेखिएको बताउँछन् ।

ह्वातै बढेको बजारमा सामान्य करेक्सन देखिँदा लगानीकर्ता डराएको र मनोबल घटेको उनको भनाइ छ । “कारोनाको कारण व्यापार ठप्प हुँदा बैंकहरुसँग पर्याप्त पैसा छ, बैंकहरुले लगानीकर्तालाई कर्जा लिन बोलाइरहेको अवस्था छ,” उनले भने, “कर्जाको ब्याजदर पनि घटिरहेको छ यस्तो अवस्थामा बजार घट्नुपर्ने कुनै कारण देखिँदैन ।”

नेपाल स्टक ब्रोकर एसोसिएसका अध्यक्ष भरत रानाभाट पनि बजारमा नेगेटिभ सर्किट लाग्‍नुपर्ने कुनै कारण नदेखेको बताउँछन् । “बजार घटबढ हुनु स्वाभाविक भए पनि नेगेटिभ सर्किट नै लाग्नुपर्ने कुनै कारण देखिँदैन,” उनले भने, भोलिको बजारको अवस्था हेरेर मात्रै थप विश्लेषण गर्न सकिन्छ एक दिन घट्दैमा आतिनु पर्दैन ।”

गत साता लगातार रुपमा उछाल देखिएको बजारमा यो साताको पहिलो कारोबार दिन भने केही उतारउढाव देखिए पनि अन्त्यमा बजार ४० अंकले घटेर बन्द भएको थियो भने कीर्तिमानी करिब ५ अर्बको कारोबार भएको थियो 

यस्तै साताको दोस्रो दिन आज नेप्सेमा २ पटक सर्किट लागरेर करिब डेढ घण्टा अगाडि बन्द भएको बजारमा १७३ कम्पनीको १९ हजार ७ वटा कारोबारमा ४९ लाख ८६ हजार ५४४ कित्ता सेयर किनबेच हुुँदा २ अर्ब १५ करोड ४४ लाख २८ हजारको कारोबार भएको छ । 

सोमबार सबै समुह घट्दा जीवन बिमा निर्जीवन बिमा र बैंकिङ समूहको साढे ६ प्रतिशतभन्दा माथिले घटेको छ भने  सबैभन्दा  कम म्युचुअल फण्ड समूह १.७४ प्रतिशतले घटेको छ । बजारमा नेगेटिभ सर्किट लागेर बन्द भएको दिन सबैभन्दा धेरै नेपाल लाइफ इनस्योरेन्सको १५ करोड ६८ लाख माथिको कारोबार भएको छ ।

त्यस्तै एनआइसी एसिया बैकको कारोबार १४ करोड ६१ लाखको भएको छ । अन्य कुनै पनि कम्पनीको कारोबार १० करोड माथि हुन सकेन । 

सोमबार नेप्सेमा १७३ कम्पनीकाे कारोबार भएको छ । जसमा एनआइसी एसिया ब्यालेनस फन्ड १.९४ प्रतिशत, खानिखोला हाइड्रोपावर १.६ छ र श्री इनभेष्टमेन्ट एन्ड फाइनान्सको ०.६० प्रतिशतले मात्रै वृद्धि भएको छ । अन्य सबै कम्पनीकाे कारोबार घटेको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन १९, २०७६  १६:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro